आत्म हत्या तथा आत्मदाहको डरलाग्दो अवस्था

“भाग्यमानी अरुको परेर चेत्छ, अभागी आफै परेर चेत्छ ।” आपूmलाई नपरुन्जेल सामान्य जस्तो लाग्ने आत्महत्या तथा आत्म दाह पछिल्लो अवस्थामा आउदासम्म समाजमा दिनप्रतिदिन बढिरहेको छ । आत्मदाह र आत्महत्या नित्तान्त फरक शब्द हुन् । “कु” भनेको नराम्रो भन्ने हुन्छ । अतः नेपालमा आत्मदाह र आत्महत्याको कुसंस्कार बढ्दै गइरहेको देख्दा मलाई अचम्म लागिरहेको छ । आपूmलाई कुनै माध्यमबाट जीवनलीला समाप्त पार्नुलाई आत्महत्या भनिन्छ । त्यसैगरी आप्mनो शरीरमा मट्टीतेल, पेट्रोल, डिजेल जस्ता अति प्रज्ज्वलनशील पदार्थ खन्याएर स्वयम्ले आगो लगाएर क्रुर तवरबाट जीवनलीला समाप्त पार्नुलाई आत्मदाह भनिन्छ ।
एक पटक पाउने जीवनको महत्वलाई नवुझी किन गर्छन् त मानिसले आत्महत्या ? यसका धेरै कारणहरु छन् । पछिल्लो समयमा आएर मानिसहरुमा धेरै कारणले गर्दा उदासीनता हुन थालेको देखिन्छ । सामाजिक सञ्जालका कारण विभिन्न अवस्थाहरुको अध्ययन गर्नु हो । जस्तै सोचे जस्तो आर्थिक उन्नति गर्न नसक्नु, आपूmले चिताएको जीवन साथी नपाउनु, अध्ययन गर्दा पनि सोचेजस्तो नतिजा नआउनु, अनेकन् प्रयत्न गर्दा पनि रोजगारीको अवसर नपाउनु, घरपरिवारबाट साथसहयोग नपाउनु, उल्टै गालीगलौज गर्नु, भावना नबुभ्mनु, नकारात्मक सोच राख्नु, कमजोर मानसिकता हुनु, जीवनमा उत्तरदायित्व बोध नहुनु, आदि कारणले मनमा उदासीनता उब्जन्छ । त्यही उदासीनता नै आत्महत्याको मुख्य कारण बन्न पुग्दछ ।


त्यसैगरी रक्सी र अन्य लागूऔषधको दुरुपयोग आत्महत्याको अर्को कारण हो । केही मानिसहरु नयाँ अनुभव लिन, उदासीनता, निराशापन, नकारात्मक भावनालाई हटाउनका लागि भन्दै मद्यपान, धूमपान वा अन्य लागूऔषधको प्रयोग गर्दछन् । यसले कार्य शिथिलता ल्याउने तथा उदासीनता बढाउने गर्छ । साथै यसको प्रयोगले धेरै प्रकारका शारीरिक समस्या निम्त्याउनुको साथै आर्थिक रुपमा कमजोर बनाउँछ र विस्तारै बाँच्ने रहरमा कमी हुदै जाँदा आत्महत्या बढ्ने गरेको पाइन्छ । त्यसैगरी अवैध रुपमा सम्बन्ध राखी कुमारी आमा हुनु, हाडनाता करणी, जघन्य अपराज, समाजमा अपहेलित हुनु, बोक्सी भनि गलत व्यवहार गर्नु, विभिन्न कारण भैmझगडा हुँदा रीसको आवेगमा आएर पनि आत्महत्या गर्दछन् ।


गत वर्ष नयाँ बानेश्वर स्थित संसद भवन अगाडि इलामका प्रेम आचार्यले आत्मदाह गरेको घटना हाम्रो मानसपटलबाट हटेको छैन । प्रेम आचार्यले किन गरे आत्मदाह ? सबैले आ–आप्mनै ढंगले व्याख्या विश्लेषण गरे । कसैले भने उच्च महत्वकांक्षी भएका कारण आत्मदाह गरे । कसैले भने राज्य सञ्चालनको असफलताको पराकाष्ठा हो भने । उनेले धेरै प्रयत्न गर्दा पनि व्यवसाय असफल भएपछि, राज्यबाट पाउने सेवा सुविधा नपाएपछि, राज्यतहबाट आम नागरिकले पाउने सेवा सुविधा, साथ सहयोग केही पनि नपाएपछि जीवन जिउनुको कुनै अर्थ नभेटेर उने आत्मदाह रोजे । यदि राज्य सफल हुँदो हो त उनले चरम आर्थिक अभाव झेल्नु पर्ने थिएन । आर्थिक उन्नतिको लागि चारैतिर भौतारिएर हिड्न् पर्ने थिएन । सधै मन मस्तिष्कमा अर्थले दपेट्ने थिएन । जसको कारण उने सबैलाई चेतना दिनकै लागि भएपछि संसद भवन अगाडि आत्मदाह गरे ।


त्यसैगरी दीर्घ रोग पनि आत्महत्याको एउटा कारण हो । कुनै पनि शारीरिक रोगबाट लामो समयसम्म ग्रसित भइरहेर बाँच्नुको अर्थ नदेखेर कतिपय मानिसले आत्महत्या गर्छन् । जस्तै– द्वन्द्वले धेरैको अंगभंग भएको छ । शारीरिक रुपमा अस्वस्थ्य छन्, जसले गर्दा पनि आत्महत्याको दर बढेको छ । जटिल मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरु जस्तै– साइकोसिस, सिजोफ्रोनिया जस्ता समस्या भएको ब्यक्तिमा पनि आत्महत्याको दर बढ्दो छ ।


सामाजिक सञ्जालको अध्याधिक प्रयोग बढिरहेको छ । प्रेममा जातभातको कुरा हुँदैन । धन दौलतसँग प्रेमलाई तुलना गरिदैन भन्दै यौवनावस्थामा भावनामा डुबेर बैवाहिक बन्धनमा बाँधिन पुग्छन् । पछि घरपरिवारले सहर्ष स्वीकार गर्दैनन् । जसको कारण उनीहरुका मानसिक पीडा हुन पुग्दछ र जीवनमा उदासीनता पैदा हुन्छ । जसको कारण उनीहरुले आत्महत्याको बाटो रोज्न पुग्छन् । हतारमा बिवाह गर्छन् र फुर्सदमा पछुताउछन् ।


विश्वमा आत्महत्या गर्ने देशहरु मध्ये नेपाल सातौं स्थानमा पर्दछ । यो डरलाग्दो अवस्था हो । विश्व स्वास्थ्य संगठनले गरेको सर्भे अनुसार वार्षिक सात लाख मानिसहरु आत्महत्या गर्दछन् । प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्दछन् । नेपालको परिवेशमा पनि वार्षिक ७ हजार जतिले आत्महत्या गर्ने गरेको तथ्याङ्क देखिन्छ । त्यसैगरी दैनिक १९ जनाले आत्महत्या गर्ने गरेको देखिन्छ । यस्तो तथ्याङ्कलाई समयमा नै विश्लेषण गरी कारण पत्ता लगाई न्यूनिकरण तर्फ सरकारको ध्यान पुगेन भने पछिल्लो समय झन् डरलाग्दो अवस्था नआउला भन्न सकिन्न ।


रामेछाप जिल्लामा भएको आत्महत्या गर्ने तथ्याङ्क हेर्दा जिल्ला प्रहरी कार्यालय रामेछापको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८÷७९ मा ४३ जनाले आत्महत्या गरेकोमा उक्त घटनामा वृद्धि भई आर्थिक वर्ष २०७९÷८० मा ५१ जनाले आत्महत्या गरेका छन् । जसमा आर्थिक वर्ष २०७८÷७९ मा २९ जनाले झुन्डिएर र १४ जनाले विष सेवन गरी आत्महत्या गरेका थिए । त्यस्तै, आर्थिक वर्ष २०७९÷८० मा ४३ जनाले झुन्डिएर र ८ जनाले विषसेवन गरी आत्महत्या गरेका हुन् ।


परिवारका सदस्यमध्ये कुनै एक सदस्य अचानक परिवारको सदस्यबाट अलग्गिनु भनेको परिवारका सम्पूर्ण सदस्यलाई कति तनाव हुन्छ सायद पीडामा परेकाहरुलाई थाहा हुन्छ । जुन सदस्यको आर्थिक कमाईमा आश्रित हुनेहरु छन् भने झन् कमाई गर्ने व्यक्ति नै यसरी आत्म हत्या गरेर देह लीला समाप्त गरेमा आश्रित परिवारका अन्य सदस्यहरुको प्रगति पथमा कहिल्यै नउघ्रिने तगारो लाग्न सक्दछ । त्यसैले परिवारका सदस्यहरुले पनि बुभ्mनु पर्दछ कि परिवारका सदस्यहरुको मानसिक अवस्था कस्तो छ ? अनावश्यक रुपमा तनाव दिनु हुँदैन भनेर । परिवारका सदस्यहरु मध्ये कोही कसैको मानसिक रुपमा केही विचलन आएको हो भने त्यस्ता कुराहरु समयमा नै विचार पु¥याउनु पर्ने हुन्छ । पारिवारिक वातावरणमा खलल पुग्ने खालका कुमार्गमा लाग्दै छन् कि विचार पु¥याउनु पर्ने हुन्छ । अनावश्यक लान्छनाहरु लगाउनु हुँदैन । सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन् कि ? समय समयमा विचार पु¥याउनु पर्दछ । अनावश्यक तनावमा परेमा, मानमर्यादा, इज्यत, शान गुम्ने खालका अनैतिक गतिविधिमा लाग्दैछन् भने त्यसबाट छुटकारा पाउने खालका व्यवहारमा लाग्नु पर्दछ ।


राज्य तहबाट पनि समय समयमा जनचेतनामूलक भिडियो, सेमिनार, गोष्ठी सञ्चालन गर्नु पर्दछ । किन गर्दछन् मानिसहरुले आत्महत्या वा आत्मदाह भन्ने कारणहरुको खोजी गरी यसबाट कसरी छुटकारा पाउन सकिन्छ । परिवारका सदस्यहरुको जिम्मेवारी के हो ? समाजले के कस्ता खालका गतिविधिहरु गर्नु पर्दछ । मानिसमा के के कारणले तनाव सृजना हुन्छ । ती कारणहरुको खोजी गरी तनाव न्यूनिकरणका उपायहरु अपनाउने खालको बनाउनु पर्दछ ।


जन्मदै नेपालीले लगभग ८१ हजार राज्यको ऋणको भार लिएर जन्मन्छन् । यसबाट थाहा हुन्छ कि देशमा आर्थिक उन्नति छैन । रोजगारीको लागि विश्वका ११० राष्ट्रमा भौतारिनु पर्ने अवस्था छ । विश्वका धेरै मुलुकमा बसाई सर्न मरिहत्ते गर्दैैछन् नेपालीहरु । यसबाट स्पष्ट हुन्छ कि मानिसलाई राज्य व्यवस्था विधिमा चल्नु पर्नेहुन्छ । रोजगारीको ग्यारेन्टी हुनु पर्दछ । शिक्षा, स्वास्थ्य तथा रोजगार राज्यले अनिवार्य रुपमा दिनु पर्ने हुन्छ । योग्यता, क्षमता तथा रुचीको आधारमा विश्व बजारमा रहेको जस्तो मासिक तलब भत्ता हुने गरी रोजगारी दिनु पर्दछ । जसरी नेपालीहरु विश्वका विकसित मुलुकतिर आकृष्ट भए झै विकसित मुलुकका नागरिकहरु नेपालमा बसाई सराई गरेर आउने खालको विधिको शासन कहिले होला नेपालमा ?


सबैतिरबाट समयमा नै विचार पु¥याइएन भने आत्महत्या वा आत्मदाह गर्नेको सङ्ख्या दिनानुदिन बढ्ने क्रम रोकिने छैन । त्यसको चक्करमा कतै तपाईकै परिवारको सदस्य त पर्दैन ? विचार पु¥याउनु जरुरी छ । भाग्यमानी बन्नु पर्दछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button