डढेलोले जङ्गल सखाप, कहाँबाट ल्याउँछिन् ज्ञानुकाले पात ?

रामेछाप । बोगती र टपरी बनाउने सानो उद्योग खोलेकी ज्ञानुका कार्की यति बेला डढेलोको कारणले चिन्तित छिन् । रामेछाप नगरपालिका वडा नं. ७ मा व्यावसायिक बोगती र टपरी बनाउन सुरु गरेकी ज्ञानुकालाई सालको पात पाउनै मुस्किल छ ।
रामेछाप नगरपालिकाले सालको पातको बोगती र टपरी बनाउने तालिम दिए पछि त्यसैलाई व्यवसाय बनाउने सोचका साथ काम सुरु गरेकी ज्ञानुकाले पात टिपेर ल्याउने वन आगलागीले सखाप बनायो । बोगती र टपरीको व्यवसाय गरेर दैनिक घरखर्च धान्ने ज्ञानुकाको सपना डढेलोले सखाप बनाइदियो ।
आफूले व्यवसाय सुरु गरेसँगै ज्ञानुकाले आफ्ना वरिपरिका दिदिबहिनिलाई समेत समेटेकी थिइन् । उनले २० जनाको समूह समेत बनाइसकेकी थिइन । ती सबै महिला दिदिबहिनिहरूलाई समेत काम सिकाएर व्यवसायी बनाउने, आत्म निर्भर बनाउने उनको सोच थियो । जिल्लामा विकराल रूपमा फैलिएको डढेलोको चपेटामा सालको पात पाउने जङ्गल सखाप परे पछि ज्ञानुकाको उद्यमी बन्ने र गाउँका दिदिबहिनिलाई समेत उद्यमी बनाउने सपना खरानी भएको छ ।
जङ्गलमा खेर गइरहेको सालको पातबाट बोगती र टपरी बनाएर उद्यम गर्छु भन्ने ज्ञानुकाको सोचलाई रामेछाप नगरपालिका सँगै सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, हेटौँडाले समेत सहयोग गरेको छ । मन्त्रालयले उनलाई मेसिन खरिदका लागी २ लाख दिएको छ ।
वनमा लागेको डढेलोले गर्दा आफूहरूले बोगती र टपरी बनाउन नपाएको सिर्जना कार्की बताउँछिन् । बोगती र टपरी बनाएर कमाएको पैसाले घर खर्चमा केही हद सम्म भए पनि सहयोग गर्ने सिर्जनाको इच्छा थियो । तर सिर्जनाको यो इच्छा पनि इच्छामै समिति रह्यो ।
घरको कामकाज भ्याएर कमाउने मेसो मिलेकोमा बिन्दा बस्नेत पनि खुसी थिइन् । तर वनमा लागेको डढेलोका कारण बिन्दाको कमाउने मेसो पनि सेलाएको छ ।
ज्ञानुकाले सालको पात प्रतिकेजी रु ३० मा किन्ने गरेकी थिई, । अहिले डढेलोले जङ्गल सखाप पा¥यो’, उनले भनिन्, सालको पातले एक जनाको दैनिक घर खर्च र छोराछोरीको पढाइ खर्च टर्ने गरेको थियो । डढेलोले जङ्गल सखाप भएपछि सालको पात बेच्नेको रोजीरोटी समेत खोसिएको छ ।