बहुउपयोगी मोरिंगा खेती

मोरिंगा के हो ?
मानव शरिरलाई आवश्यक पर्ने ९० भन्दा बढि किसिमको पोषण तत्व र ४६ किसीमका एन्टी अक्सिडेन्ट पाइने ,तराई तथा मध्य पहाडमा लिची र आँप हुने ठाउँमा सजिलै लगाउन सकिने र छिटो बाली लिन सकिने यो खाद्य पदार्थ ,औषधी ,रंग ,घाँस तथा पानी शुद्धिकरणमा प्रयोग हुने अत्यन्त अपहेलित (नेपालको सन्र्दभमा ) बाली हो । यसको उत्पति हिमालयको दक्षिणी भेगमा खास गरि भारतमा भएको मानिन्छ । यसलाई विभिन्न क्षत्रमा विभिन्न नामले चिनिन्छ ।
तराई तिर यसलाई सोहिजन , सैजन, सजिउन , मुनका आदि नामले चिनिन्छ भने मध्य पहाडी भेगमा सितल चिनीको नामले प्रख्यात छ । यसको अग्रेजि नाम मोरिंगा ओलिफेरा हो भने यसको कोसा ड्रम पिट्ने लट्ठी लट्ठी जस्तो भएकोले अंग्रेजिमा मचगm कतष्अप पनि भनिन्छ तथा जराको गन्ध मूलाको जस्तो हुने हुदाँ कतेै कतै जयचकभ चबमष्कज पनि भनिन्छ । स्मरणरहोस ,यो बायो डिजल निकाल्न प्रयोग गरिने सोइजन होइन , बायो डिजल निकालीने बालीलाई अण्डी (वबतचयउजब) भनिन्छ । कृषि बिकास मन्त्रालयले उपलव्ध गराएको तथ्याङक अनुसार तराईका १३ जिल्लामा ६७ हेक्टरमा भएको मोरिंगाको जम्मा वार्षिक उत्पादन ५५४ मेट्रिक टन रहेको छ ।
नेपालमा मोरिंगा खेतीको अवस्था
मोरिंगाको कलिलो कोसाहरु बजारमा राम्ररी बिक्री भएको पाइएता पनि यसको अन्य भागहरुको उपयोगिता बारे आम उपभोक्ता र कृषकहरु अझै पनि अनभिज्ञ छन् । तराईमा सामान्य रुपमा हरेक घरको वरिपरि २–४ वटा मोरिङ्गाका बोटहरु देख्न पाइने भएता पनि यसले अझै पनि हाम्रो देशमा व्यावसायिक महत्व पाउन सकेको छैन ।
केहि वर्षयता यसको कोसा तरकारीको रुपमा १५० देखी २०० रुपैँया प्रति के.जी सम्मका दरले विक्री हुन थालेको छ । तर पनि यसको व्यवसायिक खेतीको विषयमा साधारण किसान वा उद्यमीह्ररुको ध्यान पुग्न सकेको छैन । विगत ४ वर्ष देख ओष्ट्रच नेपाल प्रा.लीले सेनेगलबाट बीउ ल्याएर यसको व्यावसायिक उत्पादन शुरु गरेको छ । यसको पातमा पाइने प्रोटिन लगायत अन्य विभिन्न किसीमका पोषणतत्वका कारण अष्ट्रिचको लागि पूरक पोषणको रुपमा मोरिङ्गाको पातको प्रयोग हुदै आएको फार्मका सञ्चालक सि.पी शर्माले जानकारी दिए ।
यसको खेतीका विषयमा कृषि मन्त्रालय अन्तर्गतका निकायहरुमा खासै तथ्यांक छैन । यो फल मानिस,पशु र बालीका लागि समेत पोषणयुक्त रहेको र रोग किरा पनि खासै नलाग्ने भएकाले व्यवसायिक उत्पादनका लागि धेरै संभावना रहेको न्याप एस पि प्रोजेक्ट जनसंख्या तथा बातावरण मन्त्रालयका कृषि खाद्य सुरक्षा तथा पोषणका विज्ञ श्रीभगवान ठाकुर बताउँछन् । हालै मात्र यसको विरुवा उत्पादनका लागि जेनरल एग्रो फरेष्टिले थाइल्याण्डबाट १० किलो बिउ ल्याई गुणस्तरिय विरुवा उत्पादन शुरु गरेको छ ।
खेती प्रविधि
मोरिंगा ५–१२ मिटर अग्लो छाताको जस्तो आकार भएको बोट हो । यसको जरालाई कम पानी भए पुग्छ । त्यसैले पनि थोरै पानी पर्ने ठाउँमा समेत यसलाई लगाउन सकिन्छ । यो विरुवा समुद्री सतह देखी ६ सय मिटर सम्मको उचाईमा धेरै राम्रो सप्रन्छ । तर पनि कतिपय अफ्रिकि मुलुकमा २ हजार मिटरको उचाईमा पनि यसको प्रजातीको खेती भएको पाइएको छ । २५ – ३५ डिग्री से. तापक्रम यसको लागि उपर्यक्त भएतापनि सो भन्दा केहि कम वा उच्च तापक्रममा पनि यसको उत्पादन लिन सकिन्छ । आँप, लिच्चि जस्ता फलफूल हुने हावापानीमा यो धेरै राम्रो सँग फैलन्छ । यसको खेतीका लागि पानीको राम्रो निकास भएको बलौटे दोमट माटो राम्रो हुन्छ । यसलाई सिधै बीउ रोपण,बेर्ना सार्ने वा कडा डाँठको कलमीबाट प्रसारण गर्न सकिन्छ ।
रोप्ने विधि

बेर्ना रोप्ने
नर्सरीमा पोली ब्याग, पानीको बोतल, वा ट्रेमा उमारिएको ६०–९० से.मी उचाई भएको विरुवालाई तयार गरिउको खाल्डोमा रोप्नु पर्दछ । पोली व्यागमा नर्सरी तयार गर्दा ३ भाग माटो र १ भाग बालुवा मिसाई पोली व्याग भर्नुपर्दछ । प्रत्येक व्यागमा २–३ गोटा बिउ १–२ से.मी गहिरो गरि रोप्नुपर्दछ ।
कलबी वा कटिंगबाट रोप्ने
परिपक्क बोटको हाँगा ४५ से.मी देखी १.५ मिटर लामो र १० सेमी गोलो लिने र एक तिहाई भाग माटो मुनि पर्ने गरि काटी हल्का छड्के पारेर रोप्ने । काटेको अन्तिम माथिल्लो भागमा आलो गोबरले छोप्नु पर्दछ । धेरै पानी नहाल्ने र जराको राम्रो विकासको लागि फोस्फोरस हाल्ने । व्यवस्थापनमा सहजताको लागि पंक्तिमा लगाउनु पर्दछ ।
लगाउने दुरी
सघन खेती गर्ने हो भने २ ह २.५ मिटरको दुरीमा विरुवा लगाउनु पर्छ । अन्तरबालीको रुपमा लगाउने हो भने आवश्यकता अनुसार दुरी मिलाउन सकिन्छ ।
मलखाद
विरुवा रोप्न खाल्डो तयार गर्दाको समयमा बोहेक प्रेत्यक पटक उत्पादन लिइसकेपछि प्रतिबोट १ किलो डि.ए.पी र आधा किलो युरिया मल राख्दा राम्रो उत्पादन लिन सकिन्छ ।
सिँचाई
उन्नत किसीमको व्यावसायिक खेती गर्दा सुख्खा याममा १,२ पटक आवश्यकता अनुसार सिँचाई गर्नु पर्दछ ।
काँटछाट तथा तालिम
यो विरुवा रोपेको डेढ वर्षमा ३ फिट भन्दा अग्लो भएपछि काँटछाँट गरेर २ फिट भन्दा माथि मात्रै हाँगा राख्दा राम्रो हुन्छ ।
रोग किरा व्यवस्थापन
यो बोटलाई खासगरी पौष माघको समयमा झुसिलकिराले सम्पूर्ण पातहरु खाइदिइ डाँठ मात्र राख्दिने भएकाले उत्पादनमा कमी आउँछ । यसको नियन्त्रणका लागि निमको विषादी ४ एम.एल. प्रतिलिटर पानीमा मिसाइ्र्र स्प्रे गर्न सकिन्छ । जाडो मौसममा डढुवा लाग्ने सम्भावना रहने हुँदा आवश्यकता अनुसार ढुसीनाशक विषादीहरु प्रयोग गर्न सकिन्छ ।
उत्पादन ः
मोरिंगाको पात,रुख, १.५ देखी २ मिटर अग्लो अवस्थामा ३–६ महिनाको उमेरमा टिपिन्छ । यसको पात डाँठ हाँगाबाट तानेर टिपिन्छ । पुराना पातहरुलाई कडा डाँठबाट नङ्ग्याउनु पर्दछ । सुकेको पात धुलो अथवा पाउडर बनाउन प्रयोग गरिन्छ । ताजा तरकारीको लागि कलिलो हरिया पातहरु विहाने टिपेर बजारमा उही दिन लान सकिन्छ । कोसाहरु टिप्दा कलिलो र हरियो टिप्नुपर्दछ । मोरिंगाको जात र बोट अनुसार एउटा बोटबाट २० किलो देखी २ सय किलो सम्म कोसाहरुको उत्पादन लिन सकिन्छ । हाल नेपाली बजारमा थोक मुल्यमा ७० देखी ८० रुपैँया प्रति के.जी र खुद्रा मुल्यमा १५० देखी २ सय सम्ममा यसको विक्री वितरण हुने गरेको पाइन्छ । यसको सघन रुपमा खेती गरिएको अवस्थामा प्रति विगाह १२ देखी १५ टन कोसा उत्पादन लिन सकिन्छ । यसलाई सिमान्त ( अर्ध खाली) जग्गामा लगाएर बढी मुनाफा दिन पनि सकिन्छ ।
नेपाली समाजमा अपहेलीत बालीको विषयमा केहि वर्ष अघि देखी अध्ययन अनुसन्धान गर्दै आएका कृषि विज्ञ श्री भगवान ठाकुर मोरिंगा नेपालको सन्दर्भमा अपहेलीत बालीको रुपमा रहेको बताउँछन् । यसको महत्वको विषयमा थाहा नपाएर अपहेलीत रहेको उनको भनाइ छ ।
नेपालको तराई क्षेत्रमा धेरै वर्ष अघि देखी घरवरिपरि यसको रुख हुने गरेको भएतापनि मोरिंगाको कोसा र पात खानाको रुपमा प्रयोग गर्न सकिन्छ र यसबाट फाइदा हुन्छ, भन्ने जानकारी नभएकाले यसको व्यावसायिक उत्पादन हुन नसकेको ठाकुरको बुझाइ छ ।
उनको अनुभवमा तराई क्षेत्रमा आर्थिक रुपमा विपन्न र गरिब समुदायले कतै तरकारी नपाउने समयमा मोरिंगालाई बाध्यात्मक रुपमा तरकारीको रुपमा प्रयोग गर्ने बाहेक अन्य उपयोग भएको थिएन । तर केहि वर्षदेखी नेपाली बजारमा उपभोक्ताको रोजाई मोरिंगा (शितल चिनी, सजिवन ) पर्न थालेपछि यसको बजारमुल्य १५० देखी २ सय रुपैँया प्रतिकिलो रहेको छ ।
ठाकुरले आफ्नै पहलमा मोरिंगाको प्रयोग र उत्पादनको विषयमा जनचेतना फैलाउन बैशाख २ गते मोरिंगा दिवसको रुपमा मनाएको पनि जानकारी दिए । उनका अनुसार नेपालमा यो बालिको व्यावसायिक उत्पादन गर्न सके खाद्य तथा पोषण सुरक्षाका लागि यसले धेरै ठुलो योगदान दिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button