सम्झनामा बाल्यकालको दशैँ

प्रा.डा सुमन कर्माचार्य
आमाले जब बोलाउनुहुन्थ्यो, लुगा छान्न, खुसीको सीमा रहने थिएन । जीवनमा एउटा ठुलो कुरा प्राप्त भए जस्तो सन्तोष । लुगा लिएर ठुलो शम्भु अजाको टेलरिंग दोकानमा ल्याएर नापजाँच गरेपछि अर्को युद्ध जिते जस्तो । अव अर्को पिर पनि सुरु हुन्थ्यो, दशमीको दिन सम्म सिउनु भ्याइने होकि होइन । उहाँको दोकानमा सिउनु पर्ने कपडाहरूको पालो अनुसार चाङ मिलाएर राखिएको हुन्थ्यो ।
जब दशैका दिनहरू आउँछन्, बालककालका दशैका दिनहरू सम्झन्छु । त्यो दिन सम्झँदा लोभ लाग्दछ, फेरि पनि मिल्ने भए, बालककालमा फर्कनु पाए पनि हुन्थ्यो भन्ने तर त्यो अव सम्भव छैन ।
मेरो गाउँ साँघुटार बजार, नेपालमा प्रजातन्त्र आउनु भन्दा पहिले देखि नै सांस्कृतिक, सामाजिक र राजनीतिक चहल पहल भएको तत्कालीन पूर्व २ नं र ३ नंको संगम स्थल हो । यहाँ २००७ सालमा यति क्लव स्थापित भएको थियो, २००८ सालमा हिम नाटक मण्डल, २०१३ सालमा हिमगंगा पुस्तकालय नामको नेपालको अग्रणी पुस्तकालय र २०११ सालमा हिमगंगा मिडिल स्कुल हुदै २०१८ सालमा हिमगंगा हाइ स्कुल स्थापित भएको थियो । यस बस्तीमा अधिकांश भक्तपुर, चिसापानी, ओखल्ढुंगातिरबाट आएका नेवारहरुको बस्ती भएकाले सबैजसो चाडपर्वहरु त्यही शैलीमा मनाउने चलन छ ।
म सम्झन्छु, कलकत्ताबाट नाटकका पर्दाहरू र थिएटरको ज्ञान लिएर आउनु भएको हाम्रो नाताले हजुर बुबा (हामी ठुलो शम्भु अजा भन्थ्यौ) पर्ने शम्भुदास श्रेष्ठ रङ्गमञ्च बनाउन, नाटक खेल्न पोख्त साथै राम्रो लुगा सिलाउने सिप सिकेर आउनु भएको । लुगा उहाँका सिलाउनु पर्ने । उहाँको घर हाम्रो घरको ठिक अगाडि थियो । हाम्रो बुवा आमाको किराना र भाँडा पसल मात्रै भएकाले दशैको लुगा सिउन हामीले बद्रीदास मामा (बद्री दास भौँकाजी)को कपडा पसलमा कपडा किन्न जानु पर्दथ्यो । वर्षमा एक जोर दशैको लुगा र एक जोर स्कुलको कपडा सिलाइन्थ्यो । कहिलेकाहीँ स्कुलको कपडा नै दशैँमा सिलाइन्थ्यो । जब घटस्थापना नजिक आउँदथ्यो, स्कुल बिदा हुने सँगै नयाँ लुगा सिउने कहिले होला भन्ने चिन्ताले सताउँथ्यो ।
हाम्री आमा धेरै व्यस्त हुने । बिहान ४ बजे उठेर काम गर्न सुरु गर्नुहुन्थ्यो, उहाँ हात खाली कहिल्यै नदेखिने। भान्सा, पसल, या खेत मध्ये एक स्थानमा उहाँ सधैँ व्यस्त रहने । आमाको फुर्सद नभए लुगा छान्न जान नपाइने । आमाको कति बेला फुर्सद होला र हामीलाई लुगा छान्न जाऊँ भन्नु होला भनेर व्यग्र प्रतीक्षामा हामी। घटस्थापनाको दिनबाट धेरै छटपटी सुरु हुन्थ्यो ।
आमाले जब बोलाउनुहुन्थ्यो, लुगा छान्न, खुसीको सीमा रहने थिएन । जीवनमा एउटा ठुलो कुरा प्राप्त भए जस्तो सन्तोष । लुगा लिएर ठुलो शम्भु अजाको टेलरिंग दोकानमा ल्याएर नापजाँच गरेपछि अर्को युद्ध जिते जस्तो । अव अर्को पिर पनि सुरु हुन्थ्यो, दशमीको दिन सम्म सिउनु भ्याइने होकि होइन । उहाँको दोकानमा सिउनु पर्ने कपडाहरूको पालो अनुसार चाङ मिलाएर राखिएको हुन्थ्यो । हरेक दिन बिहान, दिउँसो, बेलुकी, आफ्नो कपडाको पालो कहाँ पुग्यो होला भनेर नहेरी चित्त नबुझ्ने । कहिलेकाहीँ अष्टमीको दिनसम्म पनि आफ्नो कपडाको पालो नआएको देखे पछि निद्रा नै राम्रो नआउने ।
ती क्याम्पस पढ्न गएका हाम्रा काका, मामा, दिदी, दाजु सबै मिलेर नाटक खेल्ने तयारी गर्दथे । काठमाडौँमा नाटक तयारी गरेर आउँदथे । मेरो घरमा बुवाआमा ,लगायत सबै परिवार गाना बजानामा पोख्त थिए। मेरो बुबा तबला राम्रो बजाउनु हुन्थ्यो । चिसापानीमा केटाकेटीमै मेरा हजुरबा काशीनारायण कर्माचार्यले भक्तपुरबाट सिकाउने उस्ताद ल्याएर सिकाउनु भएकोरे । मेरो घरमा तबला, मादल, हार्मोनियम, पश्चिमा, ढोलक आदि थिए तर गितार भने काठमाडौँबाटै ल्याएपछि देख्न पाइन्थ्यो ।
ती क्याम्पस पढ्न गएका हाम्रा काका, मामा, दिदी, दाजु सबै मिलेर नाटक खेल्ने तयारी गर्दथे । काठमाडौँमा नाटक तयारी गरेर आउँदथे । मेरो घरमा बुवाआमा ,लगायत सबै परिवार गाना बजानामा पोख्त थिए। मेरो बुबा तबला राम्रो बजाउनु हुन्थ्यो । चिसापानीमा केटाकेटीमै मेरा हजुरबा काशीनारायण कर्माचार्यले भक्तपुरबाट सिकाउने उस्ताद ल्याएर सिकाउनु भएकोरे । मेरो घरमा तबला, मादल, हार्मोनियम, पश्चिमा, ढोलक आदि थिए तर गितार भने काठमाडौँबाटै ल्याएपछि देख्न पाइन्थ्यो ।
जब आमाले सबै परिवारका कपडाहरू सिइसकेर घरमा ल्याउनु हुन्थ्यो, त्यसपछि पटक पटक त्यो कपडा हेर्न र छुन मन लाग्ने । दशमीको बिहान कहिले होला जस्तो व्यग्र प्रतीक्षा । लुगा लगाएपछि त भुँइमा खुट्टै नहुने । तर अर्को पिरलो थपिन्थ्यो, मेरो भन्दा मेरा समकालीन र सानाहरूको लुगा मेरो भन्दा राम्रो छन् कि भनेर । सकेसम्म अरूका लुगा मेरो भन्दा राम्रो नदेखिए हुन्थ्यो भन्ने कामना राखेर अर्कोको लुगासँग दाँजिन्थ्यो ।
मासुमा भने मलाइ खासै रुचि थिएन। फूलपातीको दिन बिहान राँगो काटिन्थ्यो तर मलाइ हेर्न डर लाग्दथ्यो । त्यस्तै कहिलेकाहीँ घरमै पालेका खसी, बोका हुन्थे, कुनै बेला अष्टमीमा र कुनै बेला नवमीमा काटिन्थे । घरको भैँसीको थलासँगै बाँधेर हुर्किएको हुनाले ती काटिदा नरमाइलो लाग्दथ्यो । हजुरआमाले हुर्काएका भालेहरू नवमीमा लिखु किनारमा लगेर भोग दिइन्थ्यो । कुखुराहरू धेरै हुने भएको र त्यसमध्येको एउटा काटिदा खासै नराम्रो लाग्दैनथ्यो किनभने बथानका अरू पनि हुन्थे र खासै चिनिएको हुन्नथ्यो । घरमा ल्याएको मासुको बास्ना खासै मन पर्दैनथ्यो । किनभने १६ वर्षको उमेरसम्म मैले खासै मन लगाएर मासु खाइन ।मेरो आमाले माछा खान कर गर्नुहुन्थ्यो तर म काँडा र छाला छुटयाएर छाला चाहिँ घरमा पालेको लामकाने खसिलाई भनेर राख्थे । सबै घरका मान्छे हाँस्थे ।
साँघुटार बजारको बाल्यकालको रोचक प्रसङ्ग के हो भने हरेक वर्ष कृष्णाष्टमी, हिले जात्रा र दशैँमा गरिने नाटक र सांस्कृतिक कार्यक्रम । १६ वर्षका उमेरसम्म बजारका सबै बच्चाहरू श्री हिमगंगा माविमा पढ्दथे । १७ वर्षको उमेर भएपछि सबै काठमाडौँमा क्याम्पस पढ्न जान्थे । ती क्याम्पस पढ्न गएका हाम्रा काका, मामा, दिदी, दाजु सबै मिलेर नाटक खेल्ने तयारी गर्दथे । काठमाडौँमा नाटक तयारी गरेर आउँदथे । मेरो घरमा बुवाआमा ,लगायत सबै परिवार गाना बजानामा पोख्त थिए। मेरो बुबा तबला राम्रो बजाउनु हुन्थ्यो । चिसापानीमा केटाकेटीमै मेरा हजुरबा काशीनारायण कर्माचार्यले भक्तपुरबाट सिकाउने उस्ताद ल्याएर सिकाउनु भएकोरे । मेरो घरमा तबला, मादल, हार्मोनियम, पश्चिमा, ढोलक आदि थिए तर गितार भने काठमाडौँबाटै ल्याएपछि देख्न पाइन्थ्यो ।
घटस्थापनाका दिन काठमाडौँ हुने सबैजना, पहिले पहिले धुलिखेल सम्म बसमा आएर रोशी खोलाको बाटो ३ दिन हिँडेपछि साँघुटार आइपुग्थे । पछि चरिकोट, किरातीछापबाट हिँडेर आउन थाले । त्यो बेला फोन हुन्छ भन्ने थाहा पनि थिएन । तर सायद सबैले घरमा पहिलेनै चिठी पठाउँथे होलान् र बा आमाले भनेको सुनेर उहाँहरू आउने दिन हामीलाई थाहा हुन्थ्यो । चिठी धेरै कसरी आउँथ्यो भने तत्कालीन समयमा भरिया दाइहरूले पेरुङ्गोमा कुखुरा र घ्यु लगेर महाबौद्धमा बेच्नु हुन्थ्यो र इन्द्रचोकको जुजुसाहुको घरमा बास बसेर त्यहाँबाट पसलमा बेचिने दशैँलाइ चाहिने सामानहरू बोकेर आउँदा खबर पनि पठाइन्थ्यो होला । भरियादाइहरुलाई ७ दिन लाग्दथ्यो । हामी ब्यग्रतासाथ त्यो दिनको पर्खाइमा हुन्थ्यौ, आधा घण्टा हिँडेर थाक्ले गाउँसम्म स्वागत गर्न हामी जान्थ्यौँ । सर्वप्रथम गिटार हेर्ने शौख हुन्थ्यो ।
यस्तै नाटक धेरै गरे । त्यो दुखान्त नाटकको कथा विषयवस्तु गाउँको साहुले छोरीको विवाहका लागि ऋण दिएर तिर्न नसकेर मुगलान भासिन परेको । मेरो त्यो कलिलो मनलाई त्यसले धेरै नै छोयो ।
त्यसको गीत , कर्म योन्जनको स्वर र सङ्गीतको
ए फूल चुँडेर लाने हो, यहाँ माली रोएको देखेउकी,
खुसी मिलन मनाउने हो, यहाँ बिछोड भएको देखेउकी, यसले मन छोएको थियो ।
यस्तै नाटक धेरै गरे । त्यो दुखान्त नाटकको कथा विषयवस्तु गाउँको साहुले छोरीको विवाहका लागि ऋण दिएर तिर्न नसकेर मुगलान भासिन परेको । मेरो त्यो कलिलो मनलाई त्यसले धेरै नै छोयो ।
त्यसको गीत , कर्म योन्जनको स्वर र सङ्गीतको
ए फूल चुँडेर लाने हो, यहाँ माली रोएको देखेउकी,
खुसी मिलन मनाउने हो, यहाँ बिछोड भएको देखेउकी, यसले मन छोएको थियो ।
हाम्रा काका दाजुहरू काठमाडौँमा गिटार सिक्ने रैछन् । पहिलो गीत चाहिँ दीप श्रेष्ठको
बितेका कुराले केही चोट लाग्दा
तिमी टाढा हुँदा धेरै दुख लाग्छ । यो गीत त्यो बेलाका गिटार प्रेमीका लागि प्रख्यात थियो ।
उहाँहरु आएपछि नाटकको तयारी हुन्थ्यो । त्यसबेलाको मनबहादुर मुखियाको अनि देउराली रुन्छ नामक नाटक धेरै मेहनतका साथ हाम्रा अग्रजहरूले प्रदर्शन गरेका थिए । यस्तै नाटक धेरै गरे । त्यो दुखान्त नाटकको कथा विषयवस्तु गाउँको साहुले छोरीको विवाहका लागि ऋण दिएर तिर्न नसकेर मुगलान भासिन परेको । मेरो त्यो कलिलो मनलाई त्यसले धेरै नै छोयो ।
त्यसको गीत , कर्म योन्जनको स्वर र सङ्गीतको
ए फूल चुँडेर लाने हो, यहाँ माली रोएको देखेउकी,
खुसी मिलन मनाउने हो, यहाँ बिछोड भएको देखेउकी, यसले मन छोएको थियो ।
यिनको प्रभावले होला, ८ कक्षामा नै मैले एउटा कविता लेखेको थिए, मलाइ मेरो पसिनाको कमाइ खाने त्यही गरिब हुन मन पर्छ भनेर । सायद प्रजातान्त्रिक समाजवाद अहिले मन पर्नुको कारण पनि त्यही थियो ।
त्यसैबेला मामा विनोद भौकाजीले गाउनु भएको गीत ।त्यो, अहिले पनि ताजा छ,
मेरो सानो मुरलीमा मेरो देश नअटला
तर मेरो मुरलीले देश ढाकूँ भन्छ । मैले नबुझ्दै बेलामा मन पराएको अर्को गीत ।
दशैको अर्को रोचक प्रसङ्ग टिका लगाएपछि दक्षिणा कसको कति हुन्छ भन्ने । मेरो मामा घर पनि त्यही भएको र मेरो बुबाको मामाहरू पनि त्यही हुनु भएकोले २ दिन हामीलाई टिका लगाउने दक्षिणा थाप्नेको भ्याइ नभ्याई हुन्थ्यो । पैसा पाएकोमा खुशी पनि हुइन्थ्यो तर अर्को चिन्ता थियो, आफ्नो भन्दा दाजु, भाइ, दिदीको पैसा बढी होला भन्ने । स्वभावैले छोरीलाई अलि बढी दक्षिणा दिने चलन थियो ,त्यसैले दिदीको हाम्रो भन्दा अलि बढीनै हुन्थ्यो र डाह लाग्दथ्यो । नयाँ नोटहरू यसरी जतन सँग राखिन्थ्यो कि, पसलमा भएका गत्ताहरु प्रयोग गरेर पर्स बनाइन्थ्यो र धेरै समयसम्म त्यसलाई जोगाएर राखिन्थ्यो, दिनको एक पटक गनिन्थ्यो । पहिले पहिले आमालाई राख्न दिइन्थ्यो, पछि आफै राख्ने भइयो । भाइटिकामा दिदिलाई दिन कहिलेकाहीँ प्रयोग गरिन्थ्यो । चकलेट, बिस्कुट किनेर खानु पर्दैनथ्यो किनभने आफ्नै पसलमा हुन्थे।
रोगटे पिङ बनाएको हुन्थ्यो । कहिलेकाहीँ लिङ्गे पिङ । पहिले पहिले धेरै डर लाग्दथ्यो । अरूसँग सँगै बसेर चढ्ने । माथिबाट तल झर्दा साह्रै मन आत्तिन्थ्यो ।
घटस्थापनाको दिन देखि रेडियो नेपालमा बज्ने मालश्री धुन सुन्दा अहिले पनि ती बाल्यकालका सम्झनाहरू टेलिभिजनका पर्दा जस्तै मानसपटलमा छाउँछन् ।
यसरी बाल्यकालको दशैँ जीवन बुझ्ने एउटा मेलो थियो । त्यसबेलाका दशैका क्रियाकलापहरूले अहिलेको जीवनको आदर्श निर्माण गर्ने विषयवस्तु थियो । साहित्य, सङ्गीत कला र संस्कृतिप्रति माया जगाउने उत्प्रेरक पनि थियो । समग्रमा परिवारजनहरू प्रति देखाइने अगाध मायाको प्रतिबिम्ब थियो ।
२०८२ असोज १०, चतुर्थी
मन्थली,रामेछाप ।



