कृषि
उत्कृष्ट १० जना कृषक तथा उद्यमी सम्मानित
रामेछाप ।स्थानीय उत्पादनको प्रवद्र्धन, किसान र उद्यमीको मनोबल अभिवृद्धि तथा आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माण गर्ने उद्देश्यसहित मन्थली नगरपालिकाले आयोजना गरेको दुईदिने नगरस्तरीय कृषि तथा लघु उद्यम विकास प्रदर्शनी मेला २०८२ आइतबार भव्य रूपमा सम्पन्न भएको छ । मेलाको समापनसँगै कृषि, पशुपन्छी तथा लघु उद्यमका विभिन्न विधामा उल्लेखनीय योगदान दिएका १० जना कृषक तथा उद्यमीलाई सम्मान गरिनु यस कार्यक्रमको मुख्य आकर्षण…
Read More »मन्थलीमा स्थानीय उत्पादनको बजारीकरण
रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा स्थानीय कृषक र लघु उद्यमीका उत्पादनले बजार पाएकाछन् । खेतबारीमा पसिना बगाएर उब्जाइएका तरकारी, फलफूलदेखि सीप र मेहनतबाट तयार गरिएका लघु उद्यमका सामग्रीलाई उपभोक्तासम्म प्रत्यक्ष पु¥याउने उद्देश्यसहित मन्थली नगरपालिकाले नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु गरेको हो । मन्थली–१ स्थित हाटे चौरमा शनिबारदेखि सुरु भएको मेला आइतबारसम्म सञ्चालन हुँदैछ ।ग्रामीण कृषि अर्थतन्त्रको मेरुदण्ड…
Read More »रामेछाप नगरको पहिलो चौमासिक खर्च १४ प्रतिशत
रामेछाप । जिल्लाको रामेछाप नगरपालिकाको चालू आव २०८२/८३ को पहिलो चौमसिक अवधिसम्म जम्मा बजेटको १४ प्रतिशत बजेट खर्च भएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईंले सार्वजनिक सुनुवाई कार्यक्रममा हालसम्म भएको काम र बजेट खर्चको अवस्था बारेमा जानकारी गराए। उहाँका अनुसार चालू तर्फ ११ करोड ३३ लाख ९५ हजार ३४ रुपैयाँ अर्थात २१.८७ प्रतिशत र पूँजीगत तर्फ ५७…
Read More »जुनार बगैँचा पहेंलपुर—किसानमा उत्साह, बजारमा माग बढ्दो
रामेछाप । जुनार बगैँचा यतिबेला सुनौलो रौनकले चम्किएका छन् । हिउँदको आगमनसँगै यहाँका पहाडी बस्ती–बस्तीका बगैँचामा जुनार पाकेर पहेंलपुर बनेपछि किसानहरू भित्र्याउन, छान्न र बजार पठाउन अत्यन्त व्यस्त देखिन्छन् । वर्षभरिको मेहनतले फल दिएपछि किसानको अनुहारमा खुशी थपिँदै गएको छ ।रामेछापका सुकाजोर, गाईटार, ओख्रेनी, भालुखोप, हिमगंगा, फूलासीलगायत क्षेत्रका किसानका अनुसार यस वर्ष समयमै वर्षा हुनु र रोग–कीराको प्रकोप न्यून हुनु…
Read More »रामेछापमा बढ्दै नगदे खेतीको आकर्षण
रामेछाप । परम्परागत खेतीमा दिनानुदिन घट्दो उत्पादन, बढ्दो श्रम लागत र जंगली जनावरको बढ़्दो विघ्नका कारण रामेछाप जिल्लाका कृषकहरू पछिल्ला वर्षहरूमा नगदे खेतीतर्फ तीव्र रूपमा आकर्षित भएका छन्। मकै, गहुँ, कोदो जस्ता परम्परागत बालीले नाफा दिन छाडेपछि जिल्लाका धेरै किसानहरूले कागती, अकबरे खुर्सानी, ड्रायागन फललगायत उच्च मूल्यका नगदे बालीतर्फ मोडिएको देखिन्छ। बजारमा ती बालीको माग उच्च, मूल्य स्थिर र उत्पादन…
Read More »शैलुङमा फिँजिँदै समृद्धिको हरियो सपना
रामेछाप । रामेछाप र दोलखाको उत्तरी भेगमा फैलिएको शैलुङको पहाडका डिलदेखि खेतका आली, घरअगाडिका आँगनदेखि सडक छेउसम्म स–साना बारीहरूमा लहलहाएका तरकारीका बोटहरूले गाउँलाई झकिझकाउ बनाइदिएको छ। अघिल्लो पुस्ताले धान, कोदो, आलुजस्ता परम्परागत बालीमा भर परेका यी पहाडी गाउँका किसान अहिले व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन्। मौसमसँग जुध्दै, बजारसँग जोडिँदै, उनीहरू अब आफ्नै गाउँमै समृद्धिको बीउ रोपिरहेका छन्।रामेछापको दोरम्बा शैलुङ…
Read More »स्वरोजगारतर्फको यात्रामा महिला समूहको सामूहिक पाइला
रामेछाप । ‘पहिले हामीलाई बाहिरको सहयोग कुर्नु पथ्र्यो, अब भने हामी आफैँ समस्याको समाधान खोज्छौं,’ मन्थली नगरपालिका–८ चिसापानीकी रुद्रमाया सारुमगर भन्छिन् । उनीजस्तै यहाँका सयौँ महिलाहरू आजकल बाख्रा र भैँसी पालन, टनेलमा गोलभेँडा खेती जस्ता पेसामा लागेका छन्। उनीहरू अब निर्भर होइनन्, आत्मनिर्भर छन्।चिसापानी र पुरानागाउँका महिलाहरूले स्वावलम्बी महिला समूहमार्फत आफ्नो यात्रा सुरु गरेका हुन् । दुई वडामा हाल ९…
Read More »मन्थलीमा २५ सयभन्दा बढी फलफूलका विरुवा निःशुल्क वितरण
रामेछाप । फलफूल खेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले डिभिजन वन कार्यालय रामेछापले चालु आर्थिक वर्ष २०८१÷८२ मा विभिन्न जातका फलफूलका विरुवा निःशुल्क वितरण थालेको छ।हालसम्म रामेछाप नगरपालिका र मन्थली नगरपालिकामा वितरण कार्य सम्पन्न भइसकेको छ भने खाँडादेवी र दोरम्बा शैलुङ गाउँपालिकामा वितरणको तयारी भइरहेको डिभिजन वन कार्यालयका वन अधिकृत भरत कुमार श्रेष्ठले जानकारी दिए ।यसैक्रममा बिहीबार मन्थलीमा मात्र २ हजार ५…
Read More »आपाङ्ग भएका व्यक्तिहरुलाई बाख्रा वितरण
रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं. ५ सुनारपानीमा बस्ने २० जना आपाङ्ग भएका व्यक्तिहरुलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । फाल्गुण ६ गते मंगलवार उहाँहरुलाई मन्थली नगर उप प्रमुख ईश्वरी वस्नेत द्धारा बाख्रा वितरण गरिएको हो ।आपाङ्गताका कारण आर्थिक तथा सामाजीक रुपमा पिछडिएकाहरुलाई आर्थिक हैसियत उठाउनका लागी बाख्रा पालन मार्फत आय आर्जनमा टेवा पुगोस भन्ने उद्देश्यले उन्नत जातका…
Read More »गाई किन्नेदेखि गोठ सुधारसम्म मेलुङको अनुदान
जिल्लाको मेलुङ गाउँपालिकामा एक घर, एक गाईपालन अभियान सुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष सुरु भएयता कृषकहरूलाई गाईपालनमा व्यावसायिक बनाउने उद्देश्यसहित आर्थिक अवस्थालाई अझै मजवुत बनाउन यो अभियान थालनी गरेको हो ।किसानलाई पशुपालनमार्फत आत्मनिर्भर बनाउन पालिकाले जर्सी गाई किन्न ५० हजार सम्म अनुदान दिने गरेको मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार थोकरले बताए । उनले भने, ‘एक घर, एक गाईपालन अभियानमा हामीले कृषकलाई…
Read More »