Trending

गोकुलगंगा रनिङ शिल्ड शारदा र गाकुलगंगा मावि ४/४ स्वर्णले अग्र स्थानमा

रामेछाप । गोकुलगंगा गाउँपालिकास्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो दिन (हिजो) सम्मको विभिन्न पदक जित्नेमा गोकुलगंगा मा.वि शारदा मावि ठोसे ४/ ४ स्वर्णले अग्र स्थानमा छन् । सम्पन्न खेलहरुमा श्री शारदा मा.वि., ठोसले ४ स्वर्ण ४ रजक ४ कास्य, श्री गोकुलगंगा मा.वि., रस्नालुले ४ स्वर्ण ३ रजक ५ कास्य, श्री जट्टेश्वरी मा.वि., चुचुरेले १ स्वर्ण २ रजक २ कास्य पदक, श्री जनजागृत मा.वि., वेतालीले ३ स्वर्ण ६ रजक ४ कास्य, श्री कमलादेवी मा.वि., नामाडीले २ स्वर्ण १ रजक १ कास्य, श्री सेतिदेवी मा.वि., चुचुरेले २ स्वर्ण , र श्री मा.वि., फर्पुले १ स्वर्ण १ रजक २ कास्य जित्न सफल भएका छन् । आज हुने फाईनल खेलले शिल्ड कसले लाने भन्न निश्चित हुने छ ।
प्रतियोगीताको दोस्रो दिन ३००० मिटर दौड छात्र/छात्रा, १०० मिटर दौड छात्र / छात्रा, लमजम्प छात्र / छात्र, ४४४ ०० रिले छात्रछात्रा, १५०० मिटर दौड छात्र/छात्रा, ४०० मिटर दौड छात्र/छात्रा, हाइजम्प छात्र / छात्रा, सटपट छात्र / छात्रा, कवडि छात्राको खेलहरु सम्पन्न भएका छन् । बाकँी खेलहरु आज सम्पन्न भई शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिने गरिने आयोजकले जनाएको छ ।
“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नारासहित गोकुलगंगा गाउँपालिकामा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा शुक्रबार बाट शुभारम्भ भएको थियो । खेलकुद विकास समितिको आयोजनामा तथा कमलादेवी माध्यमिक विद्यालय र वडा नं. ५ को व्यवस्थापनमा सुरु गरिएको थियो । प्रतियोगीतामा ७ वटा माध्यमिक तहका विद्यार्थी खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button