अमेरिकी कारबाहीले भेनेजुएला सङ्कट गहिरिँदै, ईयूद्वारा संयम अपनाउन आग्रह
गन्तब्य
ब्रसेल्स, २१ पुस (रासस/सिन्ह्वा) : युरोपेली सङ्घ (ईयू) ले भेनेजुएलामा थप तनाव नबढोस् भन्नका लागि सबै पक्षलाई ‘शान्ति र संयम’ अपनाउन आग्रह गरेको छ । यो अपिल संयुक्त राज्य अमेरिकाले भेनेजुएलाविरुद्ध सैन्य कारबाही गरेपछि आएको हो ।ईयूका उच्च प्रतिनिधिद्वारा जारी वक्तव्यमा अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घको बडापत्र ‘सबै अवस्थामा पालना हुनुपर्ने’ उल्लेख गरिएको छ । साथै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का…
Read More »बङ्गलादेशमा हसिना शासनकालमा २८७ जनाको मृत्यु, मानवअधिकार उल्लङ्घनको आशङ्का
गन्तब्य
ढाका, २१ पुस (रासस/एएफपी) बङ्गलादेशमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालमा भएका जबर्जस्ती अपहरणका घटनामा कम्तीमा २८७ जनाको मृत्यु भएको आशङ्का गरिएको छ । सरकारद्वारा गठित एक अनुसन्धान आयोगले एक हजार ५६९ अपहरण घटनाको छानबिन गर्दा तीमध्ये २८७ जना मृत मानिएको जनाएको हो । आयोगका अनुसार मृतकहरूको शव ढाकाको बुरिगङ्गा नदीलगायत विभिन्न नदीमा फ्याँकिएको तथा सामूहिक चिहानमा गाडिएको हुन सक्ने अनुमान…
Read More »वीरगञ्ज महानगरमा निषेधाज्ञा जारी
गन्तब्य
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रभित्र आज दिउँसोदेखि निषेधाज्ञा लागू गरेको छ। महानगर क्षेत्रमा दुई समुदायबीच सम्भावित झडप हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। पछिल्लो समय यहाँ विभिन्न विरोध प्रदर्शनका कार्यक्रमहरू भइरहेकाले शान्ति सुरक्षा कायम राख्न यो कदम चालिएको हो। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार जिल्ला सुरक्षा समितिको…
Read More »बेथानको स्मृतिले फेरि जगायो जनयुद्धकालीन इतिहास
गन्तब्य
रामेछाप । जनयुद्धकालीन एक महत्वपूर्ण घटनास्थलका रूपमा चिनिने सुनापती गाउँपालिका–४ बेथानमा ३० औँ वीरता दिवस भव्य रूपमा मनाइँदा सहिदप्रति सम्मान र राजनीतिक परिवर्तनको स्मृति पुनः उजागर भएको छ । पानीघाट क्षेत्रमा आयोजित कार्यक्रममा जनयुद्धका प्रारम्भिक दिनको इतिहास, बलिदान र त्यसले ल्याएको परिवर्तनको स्मरण गरिएको छ । चण्डेश्वर चौलागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य देवशंकर पौडेलले…
Read More »उमाकुण्डमा बाल विकास शिक्षकका लागि पाँचदिने आवासीय तालिम सुरु
गन्तब्य
रामेछाप । उमाकुण्ड गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पाँचदिने आवासीय तालिम सुरु गरेको छ। सिद्धेश्वर माध्यमिक विद्यालय बाम्तीको सभाहलमा सुरु भएको तालिम पुस १९ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने उमाकुण्ड गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ङवा शेर्पाले जानकारी दिएका छन्। सञ्चालन भएको तालिमलाई औपचारिक उद्घाटन सिद्धेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मलप्रसाद त्रिपाठीको…
Read More »आवासीय क्षेत्रमा अमेरिकाले बम आक्रमण गरेको भेनेजुएलाका रक्षामन्त्रीको भनाइ
गन्तब्य
काराकस, १९ पुस (रासस/एएफपी/एपी) : भेनेजुएलाले शनिबार बिहानै अमेरिकाले आवासीय क्षेत्रमा आक्रमण गरेको आरोप लगाउँदै ठूलो मात्रामा सैन्य स्रोतहरू परिचालन गर्ने घोषणा गरेको छ । आक्रमणपछि अमेरिकी सेनाले भेनेजुयलाका राष्ट्रपति र उहाँकी पत्नीलाई नियन्त्रणमा लिई देशबाहिर लगिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका थिए । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, “मदुरोलाई उहाँकी पत्नीसहित पक्राउ गरिएको छ र देश बाहिर लगिएको…
Read More »एआई प्रविधिले पत्रकारितालाई सशक्त बनाउने उद्देश्यसहित मन्थलीमा तालिम सम्पन्न
गन्तब्य
रामेछाप । पत्रकारितामा प्रविधिको प्रयोग बढाउँदै स्थानीय सञ्चारकर्मीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ मन्थलीमा तीन दिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी तालिम सम्पन्न भएको छ । बागमती प्रदेश सञ्चार रजिष्ट्रारको आयोजनामा तथा नेपाल पत्रकार महासङ्घ रामेछापको सहकार्यमा आयोजित तालिममा जिल्लाका २७ भन्दा बढी पत्रकार सहभागी थिए । तालिममार्फत पत्रकारितामा एआईको प्रयोगले समाचार उत्पादनलाई कसरी प्रभावकारी, छरितो र विश्वसनीय बनाउन सकिन्छ भन्ने…
Read More »श्री बाल मा.वि. भिरकोटको स्वर्ण जयन्ती (golden Jubilee) विशेष कार्यक्रम आयोजना हुँदै
गन्तब्य
रामेछाप । सुनापति गाउँपालिका–५ भिरकोटस्थित श्री बाल माध्यमिक विद्यालयले स्थापना भएको ५० वर्ष पूरा गरेको उपलक्ष्यमा “Golden Jubilee” अर्थात् स्वर्ण जयन्ती विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।विद्यालयको शैक्षिक इतिहास, योगदान र उपलब्धिलाई स्मरण गर्दै भव्य रूपमा स्वर्ण जयन्ती मनाउने तयारी गरिएको विद्यालयले जनाएको छ । उक्त अवसरमा विद्यालयबाट अध्ययन गरी हाल विभिन्न राजनीतिक क्षेत्र, देशका उच्च ओहदा, निजामती सेवा,…
Read More »रामेछाप एमाले सचिवालय गठन विवादको केन्द्रबिन्दुमाः “विधानमाथि आसेपासेको कब्जा”
गन्तब्य
रामेछाप । रामेछापको नेकपा (एमाले) जिल्ला कमिटिको पदाधिकारी बैठकले २७ सदस्यको नयाँ जिल्ला सचिवालय गठन गरेसँगै पार्टीभित्र चौतर्फी विरोध सुरु भएको छ। बैठकले ८ जना आमन्त्रित सदस्य मनोनित गरेको छ भने १०२ सदस्यको सल्लाहकार परिषद् गठन गरेको छ। तर, यी निर्णयले पार्टीको आन्तरिक विधान र लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको आरोप छ।जिल्ला कमिटी सदस्य तथा युवा नेता अमित कार्कीले सचिवालय गठन…
Read More »सुनापति अध्यक्ष तामाङको स्पष्ट सन्देश– ‘वाचा होइन, परिणाम देखिन्छ’
गन्तब्य
रामेछाप । सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले जनप्रतिनिधिहरूले चुनावी प्रतिबद्धतालाई भाषणमा सीमित नराखी व्यवहारमा उतारिरहेको दाबी गरेका छन् । चालु आर्थिक वर्षको पहिलो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै उनले ‘गफ कम, काम धेरै’ नै सुनापति गाउँपालिकाको कार्यशैली भएको बताए । बिहीबार वडा नं. ५ खनियापानीमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय नागरिकले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष तामाङले विकासका काम परिणाममुखी…
Read More »