जाडोयाममा थामी विद्यार्थीलाई न्यानो कपडा

रामेछाप। दोरम्बा शैलुङ गाउँपालिका–१ स्थित डडुवा र गडिगाउँ थामी बस्तीका ४२ जना विद्यार्थीले न्यानो कपडा पाए । जिल्लाको उच्च पहाडी भेगमा पर्ने यस क्षेत्रका बालबालिकाका लागि जाडोको मौसम चुनौतीपूर्ण हुन्छ । विद्यालयमा नियमित पढाइका क्रममा बालबालिकाहरू चिसो मौसमका कारण शारीरिक असुविधामा पर्ने गरेका थिए ।
आइतबार (हिजो) रोजगारको शिलशिलामा बाहिरि देश रहेका गोरखाका राजकुमार तामाङको पहलमा गोरखाका युवा नेतृ तथा सामाजिक अभियन्ता रेखा तामाङ लोप्चनले न्यानो कपडा वितरण गरेकी थिइन्। अभियानमा आदिवासी जनजाति युवा महासङ्घका केन्द्रीय महासचिव मिलन तामाङ (घम्बा) पनि सक्रिय बनेका थिए । उनको पहलमा समाजसेवी भरत खत्री (बिपिन पराजुली) संगको सहकार्यले न्यानो कपडा वितरणलाई व्यवस्थित बनाएको थियो ।
वितरण कार्यक्रममा दोरम्बा शैलुङ गाउँपालिका वडा नं. १ का अध्यक्ष प्रेम कुमार लामाले बालबालिकाहरूको आवश्यकता पूरा गर्न यस किसिमका पहलहरू निरन्तर भइरहनुपर्ने बताए । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक र स्थानीय समाजसेवीहरूको पनि उपस्थिती रहेको थियो ।




