विदेश
हमासले इजरायललाई बुझायो विपिन जोशीको भनिएकाे शव
काठमाडौँ । हमासको कब्जामै मृत्यु भएकाे दाबी गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शव हमासले इजरायललाई सुम्पेको छ। सोमबार अबेर हमासले रेड क्रसमार्फत विपिनसहित चार जनाको शव इजरायललाई हस्तान्तरण गरेको हो। टाइम्स अफ इजरायलका अनुसार इजरायली सेनाले रेडक्रसमार्फत विपिनसहित चार जनाको शव प्राप्त भएको पुष्टि गरेको हो। विपिनसहित गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेजको शव प्राप्त भएको इजरायली सेनाले जनाएको…
Read More »गाजामा इजरायली हमलामा ९१ जनाको मृत्यु, तेल अभिवमा युद्धविरामको माग
गाजा सिटी, ५ असोज । इजरायली सेनाको तीव्र हवाई र स्थल आक्रमणले शनिबार गाजामा एकै दिन ९१ जना प्यालेस्टिनीको ज्यान लिएको अल जजिराले जनाएको छ । मृतकहरूमा एक प्रमुख चिकित्सकका आफन्त र उत्तरी गाजाबाट भागिरहेका नागरिकहरू पनि परेका छन् । आक्रमणले आवासीय घर, विस्थापितका शिविर र नागरिक बोकेको ट्रकलाई निशाना बनाएको थियो । यसै क्रममा गाजाको सबैभन्दा ठूलो अस्पताल अल–सिफाका…
Read More »पाकिस्तानमा सडक दुर्घटना हुँदा पाँचजनाको मृत्यु
शिकारपुर । दक्षिण पाकिस्तानमा सडक दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको शिकारपुर जिल्लामा कार खाडलमा खस्दा पाँचजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक एकै परिवारका सदस्य भएको बताइएको छ। बाक्लो कुहिरोको कारण, चालकले मोडको आँकलन गर्न नसक्दा गाडी सडकबाट खाल्डोमा खसेको हो। दुर्घटनामा परेकाहरू दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको राजधानी क्वेटाबाट घर फर्किँदै गरेकोजानकारी दिइएको छ।
Read More »युद्धविराम सकिएसँगै दक्षिणी गाजामा हवाई आक्रमण शुरु
काठमाडौँ । इजरायलले सात दिने युद्धविराम अन्त्य गरी फेरि प्यालेस्टिनी विद्रोही समूह हमास लक्षित आक्रमण थालेको छ । दुई पक्षबीच यसअघि भएको युद्धविरामको अवधि सकिएलगत्तै इजरायलले दक्षिणी गाजामा हवाई आक्रमण गरेको हो । इजरायली सेनाले हमास समूहले युद्धविरामका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाएको बीबीसीले जनाएको छ । हमासद्वारा सञ्चालित आन्तरिक तथा राष्ट्रिय सुरक्षा मन्त्रालयले दक्षिणी गाजा पट्टीमा धेरै हवाई आक्रमण…
Read More »भारतमा १७ दिनदेखि सुरुङभित्र फसेका ४१ जना मजदुरको उद्धार
एजेन्सी । भारतको उत्तराखण्डको एक सुरुङभित्र फसेका मजदुरहरूको उद्धार भएको छ । १७ दिनदेखि सुरुङभित्र फसेका ४१ जना मजदुरको आज मङ्गलवार बेलुकी उद्धार भएको हो । उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार गरिएका मजदुरहरूलाई भेट्नुभएको छ । उद्धार शुरु भएसँगै सुरुङ आसपासमा खुशी मनाइएको छ । मजदुरहरूलाई फूलमाला र ताली बजाएर स्वागत गरिएको छ । सुरुङभित्र फसेका मजदुरको उद्धारका…
Read More »रुसी सेनामा सम्बद्ध रहेका तीन नेपालीको मृत्यु
काठमाडौँ । रुसी सेनामा सम्बद्ध रहेका तीन जना नेपालीको मृत्यु भएको छ । युक्रेससँगको युद्धका क्रममा उनीहरुको ज्यान गएको मस्कोस्थित नेपाली राजदूतावासले जनाएको छ ।नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान रहेका छन् ।उनीहरुको गत १५ नोभेम्बर (कार्तिक २९) गते मृत्यु भएको हो । रुसी सेनाले नेपालीहरुलाई आफ्नो सहयोगीको…
Read More »चीनमा फैलियो ‘रहस्यमय’ रोग’
बेइजिङ । चीन पुनः रहस्यमय रोगको चपेटामा परेको छ । जसलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले पनि चेतावनी दिएको छ । यससँगै डब्ल्यूएचओले यस रोगको बारेमा चिन्ता व्यक्त गर्दै चीनसँग सम्बन्धित जानकारी मागेको छ।यस्तो अवस्थामा चीनको स्वास्थ्य मन्त्रालयबाट विज्ञप्ति आएको छ । यसका अनुसार यो संक्रामक फोक्सोको रोगको पछाडि धेरै रोगजनक ब्याक्टेरिया छन्। यससँगै चीनको स्वास्थ्य मन्त्रालयले यसको पछाडि कुनै…
Read More »सुरुङमा फसेका ४१ कामदारको अझै भएन उद्धार
नयाँ दिल्ली । भारतमा तीन साता अगाडी सुरुङमा फसेका ४१ कामदारको उद्धारकार्य जारी रहेको छ । भारतीय सेनाले आइतबार विशेष उपकरणसहित सुरुङभित्र फसेका ४१ कामदारलाई बाहिर निकाल्ने प्रयास गरेका छन् । कामदारलाई सुरुङबाट बाहिर निकाल्ने प्रयास तेस्रो सातामा प्रवेश गरेको छ । बारम्बारको असफलतापछि उनीहरूलाई बाहिर निकाल्नका लागि तीन दिशाबाट खन्ने काम जारी राखिएको छ । भारतीय हवाई सेनाले तत्परताका…
Read More »इजरायलमा मृत्यु भएका थप ३ नेपालीको शव पहिचान
कात्तिक १२ , काठमाडौं । इजरालयमा प्यालेस्टाइनी समूह हमासको आक्रमणमा पारिएका थप ३ जना नेपालीको शव पहिचान भएको छ । इजरायलको तेल अबिबस्थित नेपाली दूतावासले हमासको आक्रमणमा मारिएका थप ३ नेपाली विद्यार्थीको शव पहिचान भएको जानकारी आएको बताएको छ । दूतावासका अनुसार पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको पहिचान भएको छ ।हमासको आक्रमणमा इजरायलमा १० नेपाली मारिएका थिए ।…
Read More »शक्ति राष्ट्रका लागि किन महत्वपूर्ण छ आर्कटिक ?
काठमाडौं । आर्कटिक अर्थात् उत्तर ध्रुवीय क्षेत्र धेरै पुस्तादेखि विश्वका लागि वैज्ञानिक अनुसन्धान र शान्तिको नमुना बनेको छ । तर, अहिले अवस्था फेरिएको छ । युक्रेनमा रुसी आक्रमणको तातो अहिले विश्वको उत्तरी क्षेत्रमा महसुस भइरहेको छ । तीन महाद्वीपमा फैलिएको यो विशाल क्षेत्रमा आठ देश र उत्तरी ध्रुव पर्दछन्। आर्कटिकमा रसियासँगको सहयोग अब ब्याक बर्नरमा राखिएको छ। रुसी राष्ट्रपति पुटिन…
Read More »