अन्य
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा ठगी गर्ने रामेछापका भगवान कार्की पक्राउ
मन्थली (रामेछाप), भदौ १४ — बाढी प्रभावितका लागि राहत संकलन गर्ने बहानामा कृत्रिम बौद्धिकता (Chat GPT) को प्रयोग गरी नक्कली बैंक स्टेटमेन्ट बनाएर रकम ठगी गर्न खोज्ने एक युवकलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२, ठोसेका ३२ वर्षीय भगवान कार्की रहेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार कार्कीले गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा…
Read More »‘कि बहुमत पुर्याऊ, कि मलाई नै समर्थन गर’ – मुख्यमन्त्री बानियाँ
ललितपुर, बागमती प्रदेशमा चुलिँदै गएको राजनीतिक गतिरोध र अन्योल अन्त्यका लागि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाका दलहरूसामु दुईवटा स्पष्ट विकल्प अघि सारेका छन्— ‘कि तत्काल बहुमत पुर्याएर नयाँ सरकार गठन गर, होइन भने मेरै सरकारलाई समर्थन गरेर निकास देऊ।’सत्ता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि सिर्जित अन्योलबारे छलफल गर्न सोमबार जाउलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा आयोजित सर्वदलीय बैठकमा मुख्यमन्त्री बानियाँले यस्तो…
Read More »माननीय डा. कृष्णहरि बुढाथोकीज्यूलाई होतराज ढकालको खुल्ला पत्र
सादर नमस्कार, तपाईं हाल रामेछाप जिल्लाबाट प्रतिनिधि सभामा सम्पूर्ण जिल्लावासीको प्रतिनिधित्व गरिरहनुभएको छ र व्यवस्थापिका संसद्को महत्त्वपूर्ण अर्थ समितिको सभापतिजस्तै गरिमामय पदमा हुनुहुन्छ। समय-समयमा जिल्लाका विभिन्न स्थानमा तपाईंको उपस्थिति देखिने गरेको, विकास निर्माणका आयोजनाहरूको अवलोकन, जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखहरूसँगको संवाद, तथा केही पालिका प्रमुख एवं वडाध्यक्षहरूसँग समस्या र समाधानका विषयमा छलफल भइरहेको खबर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा देख्न-सुन्न पाइन्छ।…
Read More »स्कुटरको ठक्करबाट मन्थलीमा मृगको मृत्यु, दुई जना घाइते
रामेछाप । जिल्लाको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–सालु- देउराली भित्री सडक खण्डमा सोमबार बिहान स्कुटरको ठक्करबाट एउटा जंगली मृगको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परि स्कुटरमा सवार दुई जना घाइते भएका छन्।मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटरअघि एक्कासि मृग आएपछि अनियन्त्रित भई दुर्घटना भएको हो।दुर्घटनामा परी स्कुटर चालक रामेछाप नगरपालिका–८ सल्लेका १८ वर्षीय सन्जिब तामाङ र…
Read More »रामेछापमा पशुपतिनाथ मन्दिर पुनर्निर्माण, मेयर र पृतनापतिद्वारा संयुक्त उद्घाटन
रामेछाप — रामेछाप नगरपालिका वडा नं. ८ स्थित रामेछाप बजार नजिकै जीर्णोद्धार गरिएको नवनिर्मित पशुपतिनाथ मन्दिरको उद्घाटन गरिएको छ । नवनिर्मित मन्दिरको रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने र नेपाली सेनाको मध्यपूर्वी पृतनाका पृतनापति उपरथी भुवन खत्रीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।विभिन्न सरकारी निकायको बजेट र स्थानीय दाताहरूको चन्दा संकलनबाट करिब १ करोड रुपैयाँको लागतमा मन्दिरको भव्य पुनर्निर्माण गरिएको हो…
Read More »प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप बढे निर्णायक आन्दोलनमा उत्रिने महासंघको चेतावनी
हेटौंडा — नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा ले सरकार निरंकुश र अधिनायकवादी बाटोतर्फ उन्मुख भइरहेको आरोप लगाउँदै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यमाथि भइरहेको हस्तक्षेपविरुद्ध महासंघ निर्णायक आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएकी छन्।नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशको पाँचौं साधारण सभाको उद्घाटन कार्यक्रममा शुक्रबार हेटौंडामा बोल्दै शर्माले निरंकुश शासन व्यवस्थाको पहिलो निशाना स्वतन्त्र सञ्चारमाध्यम हुने गरेको उल्लेख…
Read More »कलेज पढ्ने बिद्यार्थीको सहयोग विद्यालयका भाइबहिनीलाई
रामेछाप ।रामेछापको उच्च हिमाली भेगमा अवस्थित शैलुङ गाउँपालिका, जहाँको प्राकृतिक सौन्दर्य जति लोभलाग्दो छ, चिसो उति नै कष्टकर हुन्छ । यही ठिही र सिरेटोको बीचमा रहेको वडा नं. ३ स्थित श्री हरेराम आधारभूत विद्यालय ढाँडेका बालबालिकाहरूका लागि यो वर्षको हिउँद एउटा सुखद स्मृति बनेर आएको छ । काठमाडौँको तिनकुनेमा रहेको पद्मश्री कलेजमा सुचना प्रविधि धार अन्तर्गत ७ औँ सेमेस्टरमा अध्ययनरत…
Read More »मन्थली नगरकप भलिबल: पुरुषतर्फ चिसापानी, महिलातर्फ भटौली च्याम्पियन
रामेछाप — मन्थली नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न मन्थली नगर कप रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता तथा दोस्रो मन्थली नगरकप महिला भलिबल प्रतियोगिता २०८२ मा विभिन्न वडाका टोलीबीच प्रतिस्पर्धा सम्पन्न भएको छ।पुरुषतर्फ मन्थली–८ चिसापानीले उत्कृष्ट प्रदर्शन गर्दै नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र जित हात पारेको छ भने मन्थली–७ भटौली दोस्रो स्थान हासिल गर्दै ७५ हजार…
Read More »रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा ५ पुर्व अध्यक्षको समर्थन प्रकाश कुमार श्रेष्ठलाई
रामेछाप — रामेछाप उद्योग वाणिज्य संघको १५औं वार्षिक साधारणसभा तथा ९ औं जिल्ला अधिवेशन नजिकिँदै गर्दा नेतृत्व चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। संघले उद्योगी–व्यवसायीबीच आपसी समझदारी, सहमति र सहकार्यका आधारमा नयाँ कार्यसमिति चयन गर्ने प्रयास गरे पनि अध्यक्ष पदमा भने सहमति जुट्न सकेन।संघका अनुसार सहमतिकै प्रयासका कारण १५ सदस्यीय कार्यसमितिमध्ये पदाधिकारी र सदस्यसहित १४ जना निर्विरोध चयन भइसकेका छन्।…
Read More »अवरोध हटेपछि रामेछाप बजार सडक कालोपत्रे हुने बाटो खुल्यो
रामेछाप — लामो समयदेखि अवरोधका कारण रोकिएको सेलेघाट–रामेछाप–साँघुटार सडक अन्तर्गत रामेछाप बजार क्षेत्रको सडक कालोपत्रे गर्ने काम अब अघि बढ्ने भएको छ।सडक विस्तारका क्रममा मापदण्ड क्षेत्रभित्र पर्ने अधिकांश घरटहरा भत्काइसकिएको भए पनि दुई घरधनीको असहमतिका कारण काम प्रभावित हुँदै आएको थियो। सम्बन्धित पक्षबीच सहमति नजुट्दा निर्माण कार्य अघि बढ्न सकेको थिएन।रामेछाप नगरपालिका–८ को वडा कार्यालयमा वडाध्यक्ष सन्तोष कुमार तामाङको अध्यक्षतामा सरोकारवालासहित…
Read More »