Trending

अवरोध हटेपछि रामेछाप बजार सडक कालोपत्रे हुने बाटो खुल्यो

रामेछाप — लामो समयदेखि अवरोधका कारण रोकिएको सेलेघाट–रामेछाप–साँघुटार सडक अन्तर्गत रामेछाप बजार क्षेत्रको सडक कालोपत्रे गर्ने काम अब अघि बढ्ने भएको छ।
सडक विस्तारका क्रममा मापदण्ड क्षेत्रभित्र पर्ने अधिकांश घरटहरा भत्काइसकिएको भए पनि दुई घरधनीको असहमतिका कारण काम प्रभावित हुँदै आएको थियो। सम्बन्धित पक्षबीच सहमति नजुट्दा निर्माण कार्य अघि बढ्न सकेको थिएन।
रामेछाप नगरपालिका–८ को वडा कार्यालयमा वडाध्यक्ष सन्तोष कुमार तामाङको अध्यक्षतामा सरोकारवालासहित भएको छलफलपछि विवाद समाधान भएको हो। बैठकबाट घरधनी नरबहादुर तामाङ र उद्धवकुमार श्रेष्ठ मुआब्जा लिएर भत्किनुपर्ने संरचना हटाउन सहमत भएका छन्।
उक्त सहमतिसँगै स्थानीयस्तरमा देखिएको अवरोध हटेको छ। अब सडक कालोपत्रे गर्ने काम तीव्र पारिने र करिब दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको सम्बन्धित पक्षले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button