गन्तब्य
नेपाली कांग्रेस रामेछापको जिल्ला सभापतिमा दीपक खड्काको दाबी
मन्थली—नेपाली कांग्रेस रामेछापका सचिव दीपक खड्काले पार्टीको आगामी १५ औँ जिल्ला अधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। १४ औँ महाधिवेशनअन्तर्गत खुल्लातर्फ सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि चुनिएपछि उनले युवा टिमको नेतृत्व गर्दै सभापतिमा लड्ने घोषणा गरेका हुन्। शनिबार मन्थलीमा पत्रकार सम्मेलन गर्दै नेता खड्काले अग्रज नेताहरूसँग सहमतिको प्रयास गरिने र सहमति जुट्न नसके उम्मेदवारी दर्ताबाट पछि नहट्ने स्पष्ट पारे।…
Read More »कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि खुला मञ्चमा सुरु, सवारी व्यवस्थापनका लागि ८ स्थान तोकिए
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी आइतबारदेखि काठमाडौँको खुला मञ्चमा औपचारिक रूपमा सुरु हुने भएको छ । काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारबाट काठमाडौँको खुला मन्चमा सुरु हुँदैछ । कांग्रेस प्रवक्ता देवराज चालिसेले दिएको जानकारी अनुसार आइतबार दिउँसो २ बजे महाधिवेशनको भव्य उद्घाटन हुनेछ आइतबार २ बजे कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए…
Read More »मैत्रीपूर्ण फुटबलमा सुनापति च्याम्पियन: रोमाञ्चक फाइनलमा दोरम्बा शैलुङलाई पराजित गर्दै उपाधि हात पार्यो
रामेछाप। स्थानीय तहहरूबीच आपसी मित्रता, सद्भाव र सहकार्य प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले आयोजित एकदिवसीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता–२०८३ सम्पन्न भएको छ। रामेछापका तीन स्थानीय तहहरू—खाँडादेवी गाउँपालिका, सुनापति गाउँपालिका र दोरम्बा शैलुङ गाउँपालिकाकाबीच खेलकुदका माध्यमबाट सम्बन्ध प्रगाढ बनाउन यो प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगिताअन्तर्गत लिग चरणका खेलहरू निकै प्रतिस्पर्धात्मक बनेका थिए। लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै दोरम्बा शैलुङ गाउँपालिकाले सुनापति गाउँपालिकासँग २–२…
Read More »सिन्डिकेट र घेराबन्दी तोड्दै रामेछापमा विनिता खड्काको सनसनीपूर्ण जित, ल्याइन् सर्वाधिक मत
रामेछाप । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयनका क्रममा रामेछापबाट नेतृ विनिता खड्काले सानदार जित हासिल गरेकी छन्। पार्टीभित्र र बाहिरको व्यापक घेराबन्दी तथा ‘राजनीतिक सिन्डिकेट’लाई चिर्दै उनले सर्वाधिक ८११ मतका साथ महाधिवेशन प्रतिनिधिको यात्रा तय गरेकी हुन्। गत १३ गते सम्पन्न भएको निर्वाचनपछि विभिन्न शक्तिहरूबाट मतगणना रोक्न ठूलै चलखेल भएको थियो। पर्दापछाडिको त्यही चलखेलका कारण मतगणना प्रक्रिया नै ढिला हुन…
Read More »नवलपरासीको दाउन्नेमा बस दुर्घटना : ६ जनाको मृत्यु, १० घाइते
काठमाडौँ — पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दाउन्नेस्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १० जना घाइते भएका छन् । बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेको ओरालोमा रहेको एस मोडमा नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस अनियन्त्रित भई सडकबाट नालामा पल्टिएको हो । प्रहरीका अनुसार बस दुर्घटनामा परेर मृत्यु…
Read More »दोरम्बा शैलुङमा दोस्रो पालिका स्तरीय कराँते प्रतियोगिता असोज २२ र २३ गते हुने
रामेछाप — रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा आगामी असोज २२ र २३ गते ‘दोरम्बा शैलुङ वादो कप–२०८३’ दोस्रो पालिका स्तरीय कराँते प्रतियोगिता आयोजना हुने भएको छ। स्थानीय स्तरमा रहेका प्रतिभावान खेलाडीहरूको खोजी, प्रोत्साहन तथा समग्र खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले दुई दिने प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ। दोरम्बा शैलुङ–६, रिस्ठेस्थित कालिका माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना हुने यस प्रतियोगितामा पालिकाभित्रका…
Read More »कल्पना सुनुवार नेपाली काङ्ग्रेसको प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
रामेछाप — नेपाली काङ्ग्रेस रामेछाप बाट १५ औँ महाधिवेशन अन्तर्गत जनजाति महिलातर्फ प्रदेश प्रतिनिधि पदमा रामेछापकी कल्पना सुनुवार निर्विरोध निर्वाचित भएकी छन्। उक्त पदमा तोकिएको समयभित्र अन्य कसैको पनि उम्मेदवारी नपरेपछि सुनुवार सर्वसम्मत रूपमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। सामाजिक एवं सांस्कृतिक क्षेत्रमा सक्रिय सुनुवार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रामेछापको जिल्ला अध्यक्ष तथा रामेछाप कलाकार समाज रामेछापको…
Read More »भविष्यको राजनीति, युवा नेतृत्व र खड्काको भिजन
रामेछाप । ‘हाम्रो बहस कुन एआई एप चलाउने भन्नेमा मात्र सीमित हुनु हुँदैन, यसले किसानको लागत घटाउँछ कि घटाउँदैन र युवाका लागि देशभित्रै नयाँ रोजगारी सिर्जना गर्छ कि गर्दैन भन्नेमा सोझिनुपर्छ,’ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा आसन्न १५ औँ महाधिवेशनमा रामेछापबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै गरेकी युवा नेता एवम् प्रविधि विश्लेषक बिनिता खड्का भन्छिन् । प्रविधिको वैश्विक लहर नेपाल भित्रिरहँदा…
Read More »गुम्बा हलभित्रै झल्कियो रामेछापको कला, संस्कृति र पर्यटन
रामेछाप । अविरल वर्षाका कारण मन्थलीको सडकमा तय गरिएको बृहत् झाँकी र ¥याली रोकिए पनि रामेछापको समृद्ध कला, संस्कृति र पर्यटकीय सम्भावना भने गुम्बा हलभित्रै झल्किएको छ । सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवस २०२६ को अवसर पारेर आइतबार मन्थलीस्थित गुम्बा हलमा आयोजना गरिएको सांस्कृतिक प्रदर्शनी तथा पर्यटन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा जिल्लाको विविधतायुक्त मौलिकता पोखिएको हो ।उद्योग, वाणिज्य, पर्यटन…
Read More »रामेछापबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा लोकगायक प्रकाश कटुवालको उम्मेदवारी
मन्थली । ‘सिरानी टाङमुनी’, ‘यो रक्सीको गन्ध’ र ‘चोर बिरालो पल्क्यो’ जस्ता चर्चित लोक तथा दोहोरी गीतका गायक प्रकाश कटुवाल साङ्गीतिक मञ्चसँगै सक्रिय राजनीतिमा होसिएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा कटुवालले रामेछापबाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिने तयारी गरेका हुन्। रामेछापको उमाकुण्ड गाउँपालिका–३ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भइसकेका भोलि १३ गते हुने जिल्ला अधिवेशनमा खुलातर्फबाट महाधिवेशन प्रतिनिधि पदमा…
Read More »