समाचार
चौथो सुनापती गाउँपालिका अध्यक्ष कप- खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु, ११ टिम सहभागी
रामेछाप । चौथो सुनापती गाउँपालिका अध्यक्ष कप- खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सुनापती खेलकुद विकास समितिको आयोजनामा आइतबार (आज) देखि सुरु भएको छ।सुनापती गाउँपालिका वडा नं. ३, हिलेदेवीको खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गरेका थिए । प्रतियोगितामा ११ टिम सहभागि…
Read More »११० औँ महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
काठमाडौँ, ३ कात्तिकः नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्र्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्…
Read More »बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा घर हस्तान्तरण
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफूले पाउने सेवासुविधाबाट निर्माण गरिदिएको घर मकवानपुरको मनहरी गाउँपालिका–९ की मिठुमाया सुनारलाई हस्तान्तरण गरेका छन्। आईतबार एक कार्यक्रम आयोजना गरी उनले घरको साँचो हस्तान्तरण गरेका हुन् ।सो अवसरमा मुख्यमन्त्री बानियाँले समाजमा उपेक्षित तथा आर्थिक अभावको कारणबाट कठिनाइ भोगिरहेका विपन्न जनताका लागि सामाजिक न्याय दिलाउन आफूले पहल थालेको उल्लेख गरे । उनीहरूलाई सम्मानजनक जीवनयापन…
Read More »थप ५० रुग्ण ठेक्का तोड्न सार्वजनिक सूचना
काठमाडौँ, २ कात्तिकः सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौँदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, इटहरी, जनकपुर, पोखरा र सुर्खेतमातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका ५० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् । शुक्रबार १७…
Read More »हवाई टिकटमा ज्येष्ठ नागरिकका लागि ८० प्रतिशतसम्म छुटको व्यवस्था
काठमाडौँ, २ असोजः आज नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रा गर्ने ज्येष्ठ नागरिकका लागि ८० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । आज प्राधिकरणमा सम्पन्न बैठकले ७० वर्ष र सोभन्दा माथिका नागरिकलाई हवाई टिकटमा ५० देखि ८० प्रतिशतसम्मको छुट प्रदान गर्ने निर्णय गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक एवं इञ्जिनियर प्रदीप अधिकारीको अध्यक्षतामा वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष…
Read More »सप्तरीमा गोली प्रहारबाट कबिर बाबा मन्दिरका पुजारीको हत्या
सप्तरी, २ कात्तिकः सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको आज बिहान हत्या भएको छ । त्रिहत्तर वर्षीय पुजारी रामदुलार साहको बिहान २ः०० बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारीका परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिए । गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए । अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युमा…
Read More »यसपालि ६ दिन यमपञ्चक
काठमाडौँ । उज्यालो र उमङ्गको रमाइलो चाड दिपावली शनिवारदेखि सुरु भएको छ । सामान्यतः पाँच दिनको हुने यो पर्व यसपालि तिथिको भोग घटबढले एक दिन बढेर छ दिन भएको हो ।मधेशको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्व मैथिल परम्परानुसार ‘धनतेरस’ बाट सुरु भएर आउने बिहीबार ‘भैयादुज’ मनाइएसँगै सम्पन्न हुनेछ ।नेपाली बोलीमा तिहार भनिने यो पर्व पाँच दिनको…
Read More »तिहारको पहिलो दिन : आज काग तिहार मनाइँदै
काठमाडौँ, २ कात्तिकः प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिनुभयो । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई…
Read More »ढाका अन्तर्राष्ट्रिय विमानस्थलमा आगोलागी
काठमाडौं : बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो खण्डमा शनिबार आगलागी भएपछि उडान सञ्चालन बन्द गरिएको छ।बंगलादेशको अग्रणी पत्रिका द डेली स्टारका अनुसार आगो निभाउन ३६ वटा दमकल युनिट खटाइएको छ।पत्रिकाले अग्नि सेवा स्रोतलाई उद्धृत गर्दै दिउँसो विमानस्थलको गेट नम्बर आठ नजिकै कार्गो खण्डमा आगलागी भएको भनेको छ।यसैबीच इन्टर–सर्भिसेज पब्लिक रिलेसन्सका अनुसार बंगलादेश नागरिक उड्डयन प्राधिकरण, बंगलादेश अग्नि सेवा, बंगलादेश…
Read More »डीएसपी भट्टलाई पूर्ण शान्ति पुरस्कार
काठमाडौँ– नेपाल प्रहरीका डीएसपी (प्रहरी नायब उपरीक्षक) भोलाकुमार भट्टले पूर्ण शान्ति पुरस्कार पाएका छन् । ७० औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा रामेछापका प्रहरी प्रमुख भट्ट पूर्ण शान्ति पुरस्कार बाट पुरस्कृत भएका ह्ुन ।प्रहरी प्रधान कार्यालय नक्सालमा (आज) शुक्रबार भएको कार्यक्रममा भट्टलाई गृहमन्त्री ओमप्रकाश अर्यालले भट्टलाई पूर्ण शान्ति पुरस्कार प्रदान गरेका थिए ।रामेछाप आउनु अघि भट्ट काठमाडौं उपत्यका अपराध अनुसन्धान…
Read More »