सामुदायिक विकास समाजको प्रगती सुन्न धुलिखेलमा जनप्रतिनिधिको मेला

रामेछाप । जिल्लाको मन्थली नगरपालिका,खाँडादेवी गाउँपालिका र सुनापती गाउँपालिका कार्यक्षेत्र बनाएर केही वर्षदेखी काम गर्दै आएको सामुदायिक विकास समाज रामेछापले परियोजना समिक्षा बैठक तथा उद्यम विकास रणनितीक योजना अभिमुखीकरण गोष्ठी काभ्रेको धुलिखेलमा गरिरहेको छ ।

३ वटा पालिकालाई कार्य क्षेत्र बनाएर काम गर्दै आएको यो संस्थाले जनप्रतिनिधीलाई लोभ्याएर आफ्नो पक्षमा उभ्याउन रामरौसका साथ धुलिखेलको सुविधा सम्पन्न होटलमा कार्यक्रम गरिरहेकोे हो । कृषि,रोजगार र उद्यमशिलताको क्षेत्रमा काम गर्दै आएको संस्थाले समुदायमा गर्नुपर्ने कामहरु नगरेर जनप्रतिनिधीलाई आफ्नो बनाउन धुलिखेलमा गोष्ठी गरेको स्थानियले बताएका छन् ।

विगत २ वर्षदेखी सुनापती गाउँपालिकामा काम गर्दै आएको यो संस्थाको हरेक कार्यक्रममा जनप्रतिधिले सरकारी सवारी साधन र आफनै तेल खर्च गरेर कार्यक्रममा सहभागीता जनाउने गरेका छ । सुनापती गाउँपालिकाका एक वडाअध्यक्षले भनेर्, यो संस्थाले गर्ने हरेक कार्यक्रममा हामी आफ्नो खर्च गरेर जाने गरेका छौँ । तर यो संस्थाको काम पनि खासै प्रभावकारी देखिँदैन ।’

किसान,वेरोजगार युवाहरु र उद्यममा सहभागी हुन चाहने नागरीकहरुको लागी काम गर्ने भनेर आएको यो संस्थाले ३ वटै पालिकालाई पाएक पर्ने ठाउँ भनेर धुलिखेलमा कार्यक्रम गरिरहेको हो । तर कुनै पनि पालिकालाई पायक पर्ने ठाउँ भने धुलिखेल पर्दैन । संस्थाले काम गरेको जस्तो देखाएर तलब र भक्ता पचाउन पल्केका यो संस्थाका संचालक र कर्मचारीले गर्नुपर्ने काम भने खासै गर्न सकेको छैन ।

धुलिखेलको सुविधा सम्पन्न होटल,रिसोर्टमा कार्यक्रम गरेर जनप्रतिनिधीलाई रिझाउन खप्पिस यो संस्थाका संचालक तथा कर्मचारीहरुले कामलाई भन्दा पनि बढी जनप्रतिनिधीलाई रिझाउने गरेका छन । यो संस्थाले गर्ने कुनै पनि कार्यक्रमको प्रभावकारीता खासै देखिएको छैन । कर्मचारी पाल्ने र संस्थका पदाधिकारी पसिने भन्दा अरु केही काम नभएको खाँडादेवीका एक स्थानियले नाम उल्लेख नगर्ने सर्तमा बताए । उनले भने,‘यो संस्थाले काम गर्ने भनेर कर्मचारी पनि खटाएको छ । हाम्रो गाउँघरमा एक जना कर्मचारी हरेक दिन डुल्छ । तर उसले नारा र बाली अनुसारको काम भने गर्न सकेको छैन ।’

गरिब किसानको नाममा आएको बजेट पचाउनकै लागी यो संस्थाले अनेक हतकण्डा रच्ने गरेको छ । समुदायकका नागरीक भन्दा पनि जनप्रतिधिीलाई रिझाएपछि काम तमाम हुन्छ भन्ने सोचले चलेको यो संस्थाले काम भने गर्नै सकेको छैन । ३ वटै पालिकाका जनप्रतिनिधीको लर्को लागेको गोष्ठी कार्यक्रममा किसानको रगत र पसिना चुस्न पल्केका संस्थाका पदाधिकारी,कर्मचारी रजनप्रतिधिनी खुशीले दंग थिए ।

मन्थली नगरपालिकाका उपप्रमुख ईश्वरी बस्नेतको जन्मदिन संस्थाले भव्य कार्यक्रम गरेर मनाइदिएको हो ।संस्थाले जन्म दिन मनाइदिएकाो खुशीयालीमा उपप्रमुख बस्नेत मक्क हुँदै गित गाउँदै थिइन् । कोही नाच्दै थिए । नागरीकको समस्यालाई वेवास्ता गर्दै उनिहरुको नाचगाान आधा रातसम्म चलेको थियो ।

मन्थली नगररपालिका,खाँडादेवी र सुनापती गाउँपालिकाका जनप्रतिनिधी तथा कर्मचारी पालिकाको पैसा खर्च गरेर सिडिएसको मेजमानी खानी धुलिखेल पुगे । जनताले तिरेको करको चरम दुरुपयोग गरेर मोजमस्तीमा लिप्त भएका जनप्रतिनिधी र कर्मचारीलाई यस्तो लापर्वाही गर्ने छुट कस्ले दियो ?

दातासँग भिक मागेर सामुदायिक विकास समाजले गरेको यो कार्यक्रमको चौतर्फी रुपमा विरोध भइरहेको छ । जिल्लाको ३ वटा पालिका मध्ये कुनै एउटा पालिको केन्द्रमा गर्न सकिने यो कार्यक्रम किन धुलिखेलको सुविधा सम्पन्न रिसोर्टमा गरियो भन्ने प्रश्न धेरैको छ । समुुदायमा काम गर्ने भनेर ललिपप देखाएको यो संस्थाले नागरीकलाई झन मार्कामा पारेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button