रामेछापमा कांग्रेस उपसभापति कार्कीको आक्रोशः “सरकारले मिडिया हाउस र सभापति थापाको घर घेरेर निरंकुशता देखायो“

मन्थली । नेपाली कांग्रेस रामेछापका उपसभापति एवं महाधिवेशन प्रतिनिधि लेखबहादुर कार्कीले नेपाल प्रहरीलाई बदनाम गराउने नियतले सरकारले राज्य आतंक सिर्जना गरेको आरोप लगाएका छन्। पछिल्लो समय पत्रकारहरूमाथि भइरहेको धरपकड र गिरफ्तारीप्रति कडा आपत्ति जनाउँदै उनले सरकारको यो कदम राज्य आतंकको पराकाष्ठा भएको उनले सामाजिक संजाल मार्फत टिप्पणी गरेका हुन्।

उपसभापति कार्कीले सरकारले मिडिया हाउस तथा नेपाली कांग्रेसका श्रद्धेय सभापति गगन थापाको निवासको गेटमै गाडी तेस्र्याएर अलोकतान्त्रिक व्यवहार देखाएको समेत बताएका थिए। “हिजो मिडिया र हाम्रा सभापतिको घर घेर्न लगाउने सरकार आज बिचौलियाहरूसँग आफ्नै नाम जोडिएपछि अत्तालिएको छ,“ कार्कीले भने, “यो प्रकरणलाई डाइभर्ट गर्न र आफू चोखिनका लागि सरकारले लाज ढाक्ने टालोको रूपमा यस्ता दुस्साहसपूर्ण कदम चालिरहेको छ।“

कार्कीले वर्तमान सरकारको निरंकुश चरित्र धेरै दिन नटिक्ने चेतावनीसमेत दिएका छन्। दुई तिहाइको दम्भ नदेखाउन सरकारलाई सचेत गराउँदै उनले २४० वर्ष पुरानो शाहवंशीय निरंकुशतासमेत ढलेको इतिहास अझै ताजै रहेको स्मरण गराए।

सरकारको स्वेच्छाचारी र मिडियाविरोधी कदमविरुद्ध लोकतान्त्रिक शक्तिहरू एक भएर प्रतिवाद गर्ने कार्कीको चेतावनी छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button