Trending

रजगाउँ बाट सच्चाँईको अधिवेशन सकेर फर्कदै गरेको सुमो दुर्घटना १ जनाको मृत्यु ७ जना घाइते

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं. ४ स्थित रजगाउँ माडी मुहानमा सच्चाँईको अधिवेशन सकेर फर्कदै गरेका यात्रुवाहक सुमो दुर्घटनामा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मन्थली नगरपालिका ३ माथिल्लो कठजोरकी ५३ वर्षिया गितामाया जोगीको मृत्यु भएका दुर्घटनामा परी ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घाइते हुनेहरुमा मन्थली नगरपालिका –२ तल्लो कठजोरकी ४० वर्षिय कोपिला श्रेष्ठ, तल्लो कठजोरकै सन्चिता श्रेष्ठ, मन्थली नगरपलिका ३ माथिल्लो कठजोरकी ७० वर्षिय तिलमाया श्रेष्ठ, ५० वर्षिय कृष्णमाया खड्का, ५३ वर्षिय गितामाया जोगी, ५५ वर्षीय कोपिला जोगी, ७८ वर्षिय चेतकुमारी श्रेष्ठ र चालक ४९ वर्षिय रमेश बुढाथोकी रहेका छन् । घाइतेहरु सवैलाई मन्थली अस्पतालमा उपचार पछी काठमाडौँ रेफर गरिएको छ ।
रजगाउँ बाट सच्चाँईको अधिवेशन सकेर मन्थली तर्फ फर्कदै गरेको ना १ ज ५५५८ नम्बर सुमो सडकबाट करिव ५० मिटर तल खसी दुर्घटना भएको थियो । शुक्रबार अपराह्न साँढे ४ बजेको समयमा दुर्घटनो जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख भोला कुमार भट्ट जनकारी दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button