सुरक्षा/अपराध
सप्तरीमा गोली प्रहारबाट कबिर बाबा मन्दिरका पुजारीको हत्या
सप्तरी, २ कात्तिकः सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको आज बिहान हत्या भएको छ । त्रिहत्तर वर्षीय पुजारी रामदुलार साहको बिहान २ः०० बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारीका परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिए । गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए । अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युमा…
Read More »डीएसपी भट्टलाई पूर्ण शान्ति पुरस्कार
काठमाडौँ– नेपाल प्रहरीका डीएसपी (प्रहरी नायब उपरीक्षक) भोलाकुमार भट्टले पूर्ण शान्ति पुरस्कार पाएका छन् । ७० औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा रामेछापका प्रहरी प्रमुख भट्ट पूर्ण शान्ति पुरस्कार बाट पुरस्कृत भएका ह्ुन ।प्रहरी प्रधान कार्यालय नक्सालमा (आज) शुक्रबार भएको कार्यक्रममा भट्टलाई गृहमन्त्री ओमप्रकाश अर्यालले भट्टलाई पूर्ण शान्ति पुरस्कार प्रदान गरेका थिए ।रामेछाप आउनु अघि भट्ट काठमाडौं उपत्यका अपराध अनुसन्धान…
Read More »सुरक्षाकर्मीको गोलि लागेका घाइते २ जना कैदीको मृत्युु, ३ को अवस्था गम्भीर
रामेछाप । सुरक्षाकर्मीको गोलि लागेर उपचारका क्रममा रामेछाप अस्पतालमा २ जना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्ला भरतपुरका बिगुरु धोबी र मोरङका राज किशोर यादव रहेका छन् । घाईते १२ जनाको उपचार रामेछाप अस्पतालमा भइ रहेको छ, घाइते ३ जनाको अवस्था भने गम्भीर रहेको अस्पतालले जनाएको छ ।आज बिहान बिहिवार सेनाको गोलि लागि १४ जना कैदी घाईते…
Read More »नुहाउने क्रममा मुगिटारका कँडेल तामाकोशी नदिमा बेपत्ता
रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं ७, मुगिटार स्थित प्रसाईँ टोल निवास श्रीवंश कँडेल बेपत्ता भएका छन । तामाकोशी नदिमा नुहाउन जाने क्रममा बेपत्ता भएका हुन । भाई रामचन्द्र कँडेलका अनुसार दाजु म संगै खाना खायौं, खाना खाएपछी एक्छिन पछि सुत्न जान्छु भनि घर गएका दाजु नुहाउन जानू भएछ, तेहि डुब्नु भएछ। बेपत्ता ७६ बर्षिया कंडेल आज मंगलबार बिहान…
Read More »लामो समय देखि टहरामा बस्दै आएको ट्राफिक प्रहरी कार्यालय रामेछापले पायो आधुनिक भवन
रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापको सुविधा सम्पन्न भवन सञ्चालनमा आएको छ ।आज शुक्रवार मन्थली ट्राफिक चोकमा वाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेले भवन उद्घाटन गरेका हुन् ।गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापको भवन निर्माणको लागि बागमती प्रदेश सरकारले रु ३ करोड ८४ लाख ३१ हजार १२३ रुपैयाँ ८८ पैसाको…
Read More »त्रिशूली किनारमा टुङ्गिएको एक साहसी प्रहरीको यात्रा
रामेछाप । न त कुनै युद्ध थियो, न त कुनै आक्रमण। तर राष्ट्रको सुरक्षार्थ ड्युटीमा खटिएका एक प्रहरी अधिकृत बाढीको उर्लदो छालमा हराए। उनी थिए—नेपाल प्रहरीका सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठ। रामेछापको लिखुतामाकोशी गाउँपालिका–४, बिजुलिकोट धारापानीका स्थायी बासिन्दा। कर्तव्यनिष्ठ, मिलनसार र निर्भीक भनेर चिनिने श्रेष्ठ भोटेकोशी बाढीमा बेपत्ता भएदेखि देशभरका सुरक्षाकर्मी र आम नागरिकले उनको खोजी गरिरहेका थिए।अन्ततः उनको जीवनयात्राको…
Read More »बीपी राजमार्गमा एक महिना राति यातायात चलाउन रोक
काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रे–सिन्धुलीखण्डमा आगामी आइतबारदेखि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालयले राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म आइतबार साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाइएको जनाएको हो ।कार्यालयले शुक्रबार सूचना जारी गरी मनसुन सक्रिय भएको अवस्थामा बीपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटनाको जोखिम न्यूनीकरण…
Read More »प्रहरीको दुर्व्यवहार विरुद्ध महासंघ र युनियनको विज्ञप्ति
रामेछाप । रामेछाप जिल्ला बाट प्रकाशित अक्षता राष्ट्रिय दैनिकका सम्पादक नवीन केसीलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै नेपाल पत्रकार महासङ्घ रामेछाप शाखा र प्रेस युनियन रामेछाप शाखाले विज्ञप्ति निकालेको छ । प्रेस स्वतन्त्रता विरुद्ध प्रहरीले शरीर खानतलासी गरी दुव्र्यवहार गरेको भन्दै महासंघ र युनियनले ध्यानाकर्षण गराएको छ ।महासंघकी सचिब तुल्सीदेवी श्रेष्ठ र नेपाल प्रेस युनियन रामेछापका सचिब सागर बोहराद्वारा हस्ताक्षर गरिएको…
Read More »नाबालिकालाई यौन धन्दामा लगाउने रामेछापका गोरे नेवा खड्गी र सिन्धुली राजु शाही पक्राउ
काठमाडौं । नाबालिकालाई जबरजस्ती यौन धन्दामा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुली कमलामाईका ४२ वर्षीय राजु शाही छन् ।मानव बेचबिखन नियन्त्रण ब्युरोका अनुसार उनीहरूले काठमाडौं महानगरपालिका– ३२, कोटेश्वरमा खाजाघर एण्ड गेष्ट हाउस खोलेका थिए । सोही गेष्ट हाउसमा उनीहरूले बालिका तथा युवतीलाई जबरजस्ती यौन धन्दामा लगाउँदै आएका…
Read More »सशस्त्रका एसपी साहुको शैक्षिक प्रमाणपत्र नक्कली भेटियो
कठकाठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल (एपीएफ) का तत्कालीन प्रहरी उपरीक्षक (एसपी) वीरसिंह साहुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बढुवाका लागि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आरोपमा उनीविरुद्ध आज (शुक्रबार) विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो । साहुले प्रहरी निरीक्षक पदमा बढुवाका लागि बीए तहको नक्कली प्रमाणपत्र पेश गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी…
Read More »