Trending
डीएसपी भट्टलाई पूर्ण शान्ति पुरस्कार

काठमाडौँ– नेपाल प्रहरीका डीएसपी (प्रहरी नायब उपरीक्षक) भोलाकुमार भट्टले पूर्ण शान्ति पुरस्कार पाएका छन् । ७० औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा रामेछापका प्रहरी प्रमुख भट्ट पूर्ण शान्ति पुरस्कार बाट पुरस्कृत भएका ह्ुन ।
प्रहरी प्रधान कार्यालय नक्सालमा (आज) शुक्रबार भएको कार्यक्रममा भट्टलाई गृहमन्त्री ओमप्रकाश अर्यालले भट्टलाई पूर्ण शान्ति पुरस्कार प्रदान गरेका थिए ।
रामेछाप आउनु अघि भट्ट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा थिए । त्यहाँ उनी फरार अभियुक्त पक्राउमा खटिएका थिए । भट्टले रामेछाप प्रहरीको नेतृत्व सम्हालेपछि जिल्लामा ठूला अपराधका घटनाहरु भएका छैनन् । जेनजी आन्दोलनका बेला देशका धेरै जिल्लाहरुमा ठुलो क्षतिहरु भएका थिए । तर, भट्ट प्रमुख रहेको रामेछाप जिल्लामा कुनै पनि घटना भएका थिएन ।



