बीपी स्मृतिमा कांग्रेसभित्रै फरक चुलीस् गगनले सुरु गरे -ग्रीन रनु- संस्थापनइतरको प्रज्ञामा छुट्टै भेला

काठमाडौं — नेपाली कांग्रेसका संस्थापक एवम् नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा मंगलबार पार्टीभित्र फरक–फरक दृश्य र गतिविधि देखिएका छन्। एकतर्फ महामन्त्री गगनकुमार थापाले ललितपुरको यूएन पार्कबाट ुग्रीन रनुको शुभारम्भ गरिरहँदा अर्कोतर्फ पार्टीको संस्थापनइतर पक्षले नेपाल प्रज्ञा प्रतिष्ठानमा छुट्टै कार्यक्रम आयोजना गरेको छ।

ुजलवायु जनचेतना जगाउन जुटौँु भन्ने नाराका साथ आयोजना गरिएको ुग्रीन रनुमा हजारौँको सहभागिता रहेको थियो। कार्यक्रममा थापाले क्यानभासमा पेन्टिङ कोरेर वातावरण संरक्षणको सन्देश दिनुका साथै सहभागीहरूलाई बिरुवासमेत वितरण गरेका थिए।

देशभर विभिन्न कार्यक्रम गरी मनाइएको ४४औँ स्मृति दिवसका अवसरमा कांग्रेसका शीर्ष नेताहरूले बीपीले अघि सारेका लोकतान्त्रिक मूल्य–मान्यता, संविधानवाद, नागरिक स्वतन्त्रता र राष्ट्रिय एकताको भावनालाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन्। नेताहरूले बीपीको प्रजातान्त्रिक समाजवाद र राजनीतिक दर्शन आजको राष्ट्रिय राजनीतिमा झन् उत्तिकै सान्दर्भिक र मार्गदर्शनयोग्य रहेको उल्लेख गरेका छन्।

प्रत्येक वर्ष साउन ६ गते कांग्रेस र उसका भ्रातृ संगठनहरूले देशभर विभिन्न वैचारिक तथा सामाजिक कार्यक्रम गरी बीपी स्मृति दिवस मनाउँदै आएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button