शिक्षा

  • उमाकुण्डमा बाल विकास शिक्षकका लागि पाँचदिने आवासीय तालिम सुरु


    रामेछाप । उमाकुण्ड गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पाँचदिने आवासीय तालिम सुरु गरेको छ। सिद्धेश्वर माध्यमिक विद्यालय बाम्तीको सभाहलमा सुरु भएको तालिम पुस १९ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने उमाकुण्ड गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ङवा शेर्पाले जानकारी दिएका छन्। सञ्चालन भएको तालिमलाई औपचारिक उद्घाटन सिद्धेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मलप्रसाद त्रिपाठीको…

    Read More »
  • श्री बाल मा.वि. भिरकोटको स्वर्ण जयन्ती (golden Jubilee) विशेष कार्यक्रम आयोजना हुँदै


    रामेछाप । सुनापति गाउँपालिका–५ भिरकोटस्थित श्री बाल माध्यमिक विद्यालयले स्थापना भएको ५० वर्ष पूरा गरेको उपलक्ष्यमा “Golden Jubilee” अर्थात् स्वर्ण जयन्ती विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।विद्यालयको शैक्षिक इतिहास, योगदान र उपलब्धिलाई स्मरण गर्दै भव्य रूपमा स्वर्ण जयन्ती मनाउने तयारी गरिएको विद्यालयले जनाएको छ । उक्त अवसरमा विद्यालयबाट अध्ययन गरी हाल विभिन्न राजनीतिक क्षेत्र, देशका उच्च ओहदा, निजामती सेवा,…

    Read More »
  • लिखु तामाकोशीमा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको वार्षिक समीक्षा


    रामेछाप – लिखु तामाकोशी गाउँपालिका धोबीमा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। विगत एक वर्षमा हासिल उपलब्धि, चुनौती र आगामी कार्ययोजना मूल्याङ्कन गर्न आयोजित उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद दाहाल सभाध्यक्ष तथा अध्यक्ष केशव महत प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो । कार्यक्रममा सेतो गुराँस गाउँपालिका मेन्टर, स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रतिनिधि,…

    Read More »
  • सामुदायिक विद्यालयमा निःशुल्क विद्युत् माग


    रामेछाप । जिल्लाको मन्थली नगरपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले सामुदायिक विद्यालयको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन विद्युत् निःशुल्क उपलब्ध गराउन माग गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई उनीहरूले संयुक्त रूपमा अनुरोध पत्र बुझाउँदै देशभरका सामुदायिक विद्यालयको विद्युत् खर्च राज्यले व्यहोर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन्।प्रधानाध्यापकहरूको अनुसार प्रविधिमार्फत सिकाइको गहन अभ्यास भइरहेको वर्तमान शैक्षिक वातावरणमा विद्युत् अपरिहार्य भइसकेको…

    Read More »
  • दोरम्बा शैलुङ वादो कप कराँते: बागमती प्रदेश प्रथम


    रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकामा सम्पन्न तेस्रो राष्ट्रिय दोरम्बा शैलुङ वादो कप कराँते प्रतियोगिता–२०८२ को उपाधि बागमती प्रदेशले जितेको छ। गाउँपालिकाको वडा नं. ५ गुराँसेमा शुक्रबारदेखि सञ्चालन भएको प्रतियोगितामा बागमती प्रदेशले १६ स्वर्ण, १४ रजत र २४ कास्य पदक जित्दै समग्रमा प्रथम स्थान हासिल गरेको हो। प्रतियोगितामा कोशी प्रदेशले २ स्वर्ण, २ रजत र २ कास्य पदकसहित दोस्रो स्थान प्राप्त…

    Read More »
  • दोरम्बा शैलुङ वादो कप तेस्रो राष्ट्रिय कराँते प्रतियोगिता सुरु


    रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकामा दोरम्बा शैलुङ वादो कप तेस्रो राष्ट्रिय कराँते प्रतियोगिता–२०८२ सुरु भएको छ। गाउँपालिकाको वडा नम्बर ५ गुराँसेमा शुक्रबारदेखि प्रतियोगिता प्रारम्भ भएको हो ।दोरम्बा शैलुङ गाउँपालिकाको आर्थिक सहयोगमा, वडा न. ५ को सह-प्रायोजनमा दोरम्बा वादो कराँते डो गुराँसे र आईडब्लुएफएन कराँते डो संघको आयोजनामा तथा गुराँसे युवा क्लबको सह–आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो ।“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद”…

    Read More »
  • लिखुतामाकोशी चौथो राष्ट्रपति रनिङ शिल्ड : झट्टेश्वर मावी धोबीले उचाल्यो


    रामेछाप — लिखु तामाकोशी गाउँपालिकाद्वारा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा झट्टेश्वर माध्यमिक विद्यालय, धोबीले उचालेको छ । विद्यालयले विभिन्न ६६ विधामा उत्कृष्ट प्रदर्शन गर्दै २९ स्वर्ण, २० रजत र २० कास्य गरी जम्मा ६९ पदक हात पारेको हो। उत्कृष्टताका आधारमा झट्टेश्वर माविले रनिङ शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद ३० हजार प्राप्त गर्यो ।प्रतियोगितामा १५ स्वर्ण, १५ रजत तथा १४…

    Read More »
  • लिखु तामाकोसीमा मावि स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


    रामेछाप — लिखु तामाकोसी गाउँपालिकामा मावि स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि सुरु गरिएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित खेलकुद विकास समितिको आयोजनामा झट्टेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता प्रारम्भ भएको हो। लिखुतामाकोशि गाउँपालिका खेलकुद बिकास समिती अध्यक्ष सुसियल तामाङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य एवम् बागमती प्रदेश सभा सदस्य मा. तारानारायण…

    Read More »
  • गोकुलगंगा छैठौँ राष्ट्रपति रनिङ शिल्ड शारदा मावि ठोसेले उचाल्यो


    रामेछाप । गोकुलगंगा गाउँपालिका छैठौँ राष्ट्रपति रनिङ शील्ड शारदा मा. वि.ले उचालेको छ । शारदा मावि ठोसेले ८ स्वर्ण, ७ रजत, ५ कास्य सहित कूल २० पदक जितेर पहिलो भएको छ । शार।दा माविले गोकुलगंगा माविलाई पराजित गर्दै शिल्ड जिल्न सफल भएको छ । पराजित गोकुलगंगा माविले भने ८ स्वर्ण, ५ रजत, ९ कास्य सहित कुल जम्मा २२ ल्याई दोस्रो…

    Read More »
  • गोकुलगंगा गाउँपालिकामा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारि


    रामेछाप । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नारासहित गोकुलगंगा गाउँपालिकामा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा शुभारम्भ भएको छ । खेलकुद विकास समितिको आयोजनामा तथा कमलादेवी माध्यमिक विद्यालय र वडा नं. ५ को व्यवस्थापनमा हिजो (शुक्रबार) सुरु गरिएको कार्यक्रममा माध्यमिक तहका विद्यार्थी खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ ।कमलादेवी माध्यमिक विद्यालय पधानाध्यापक रविराज खड्काको अध्यक्षतामा…

    Read More »
Back to top button