ब्यानर न्युज
मन्थली नगर पूर्ण खोप सुनिश्चित घोषणा
रामेछाप । रामेछापको सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाले स्वास्थ्य क्षेत्रमा एउटा महत्त्वपूर्ण कोशेढुङ्गा पार गरेको छ। नगरभित्रका जन्मिनेदेखि ५९ महिना (५ वर्ष) सम्मका कुनै पनि बालबालिका खोप पाउनबाट बञ्चित नभएको सुनिश्चित गर्दै मन्थलीलाई ’पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका’ घोषणा गरिएको छ।शनिबार आयोजित एक विशेष समारोहका बीच जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापा र जनस्वास्थ्य कार्यालयका प्रमुख विभुकुमार झाले संयुक्त…
Read More »अझै बेलिब्रिजकै भरमा सिङ्गो जिल्ला
रामेछाप । २०८१ असोज दोस्रो साता (१०–१२ गते) सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ । अविरल वर्षा र सुनकोशी नदीमा आएको अभूतपूर्व बाढीले रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्कोटको पक्की पुलको आधा भाग गल्र्यामगुर्लुम ढल्दा केवल एउटा कंक्रिटको संरचना मात्र भत्किएन, रामेछाप, दोलखा र ओखलढुङ्गाका लाखौँ नागरिकको राजधानी काठमाडौँसँगको सहज पहुँच पनि सँगै बग्यो ।एसियाली विकास बैंकको १७ करोड रुपैयाँभन्दा बढीको…
Read More »गाउँमै उद्यमको ढोका खोल्दै कुवुकास्थलीका स्थानीय
रामेछाप । कुनै समय ग्रामीण भेगमा घरायसी प्रयोजनका लागि डोको, डालो र नाम्लो बुन्नमा मात्र सीमित रहेको बाँसको उपयोग अचेल आधुनिक हस्तकलाका सामग्री निर्माणमा हुन थालेको छ। रामेछापको दुर्गम तथा विकट मानिने उमाकुण्ड गाउँपालिका वडा नम्बर ३ कुवुकास्थलीका स्थानीयहरू अहिले परम्परागत सीपलाई आधुनिकीकरण गर्दै व्यावसायिक उद्यमको बाटोमा अगाडि बढेका छन्।उद्योग तथा वाणिज्य कार्यालय रामेछापको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत कुवुकास्थलीमा सञ्चालित…
Read More »उमाकुण्ड गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषित
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित भएको छ । शनिबार आयोजित विशेष समारोहमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर र जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभुकुमार झाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरे ।भौगोलिक रूपमा विकट यस गाउँपालिकाले चालु आर्थिक वर्षको चैत १२ गतेभित्रै सबै वडालाई पूर्ण खोप सुनिश्चित गर्ने लक्ष्य राखेको थियो । सोही…
Read More »‘भाषा जोगाउनु देशको सीमा रक्षा गरेजस्तै हो’
रामेछाप । देशको भूगोल र सीमा जोगाउन जति संवेदनशील हुनुपर्छ, बहुजातीय मुलुकका विभिन्न भाषा र संस्कृति जोगाउनु पनि त्यत्तिकै आवश्यक रहेको रामेछापका सरोकारवालाहरूले औंल्याएका छन् ।नेवाः देय दबू संघीय समितिद्वारा शनिबार सदरमुकाम मन्थलीमा आयोजित ‘सरकारी कामकाजमा भाषा ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी योजना’ सम्बन्धी अन्तक्र्रियाका सहभागीले भाषा संरक्षणका लागि ऐनको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेकोमा जोड दिएका हुन् । बहुभाषिक…
Read More »रामेछापमा एसइईको ‘चार जिपिए’ उत्सव, बोर्डिङको निरन्तर दबदबा र ग्रामीण शिक्षाको बदलिँदो चित्र
रामेछाप । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाले रामेछापमा शिक्षा क्षेत्रको एउटा रोचक चित्र देखाएको छ । जिल्लाका १० विद्यालयबाट ४ जिपिए ल्याउने विद्यार्थी सार्वजनिक भएपछि शिक्षा क्षेत्रमा उत्साह मात्र होइन, विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा पनि बढेको छ । शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलका अनुसार जिल्लाका विभिन्न स्थानीय तहका विद्यालयबाट कुल ३६ जना विद्यार्थीले ४…
Read More »कालिका मा.बि. रिष्ठेमा श्रमबार सुरु
रामेछाप । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ६ रिष्ठेस्थित कालिका माध्यमिक विद्यालयले श्रमबार सुरु गरेको छ। प्रत्येक महिनाको अन्तिम शनिबार विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय, समाजसेवी र जनप्रतिनिधि लगायतको उपस्थितिमा श्रम गर्ने विद्यालयका प्रधानाध्यापक एन प्रसाद ढुंगेलले जानकारी दिए। ढुंगेलका अनुसार श्रमबारको दिन विद्यालयको वरिपरि सरसफाइ गर्ने, फूलबारी बगैँचा बनाएर हरियाली वातावरण बनाउने साथै विद्यार्थीहरूलाई श्रमसँग जोडिने सिकाइ सिकाउने लक्ष्य…
Read More »चुनौतीका चाङबीच सम्भावनाको खोजी
रामेछाप । विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भ पारेर सदरमुकाम मन्थलीमा आइतबार “स्थानीय पत्रकारितामा प्रेस स्वतन्त्रता र चुनौतीको अवस्था“ बिषयक महत्त्वपूर्ण बहस संचालन गरिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापको आयोजनामा भएको यस अन्तरक्रियामा सहभागीहरूले पत्रकारिता क्षेत्रले भोग्नुपरेका बहुआयामिक संकट र आगामी बाटोबारे गम्भीर विमर्श गरे।कार्यक्रममा पत्रकार महासंघको वर्ष २०८३ को भित्ते पात्रो सार्वजनिक मात्र गरिएन, जिल्लाको समग्र सञ्चार…
Read More »मन्थलीको सार्वजनिक सुनुवाइ: विकास निर्माणमा नागरिकको चासो
रामेछाप । रामेछापको मन्थली नगरपालिकाले चालू आर्थिक वर्ष २०८२/८३ को नौ महिनाको समीक्षा गर्दै आफ्नो वित्तीय र भौतिक प्रगतिको खाका सार्वजनिक गरेको छ। वडा नं. ८ मा आयोजित एकीकृत घुम्ती शिविर सहितको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाको समग्र वस्तुस्थितिबारे जानकारी दिइएको हो। यस अवधिमा नगरपालिकाको पुँजीगत खर्चको अवस्था भने तुलनात्मक रूपमा निकै कमजोर देखिएको छ, जहाँ विकास निर्माणका लागि छुट्याइएको बजेटको…
Read More »रामेछाप उद्योग वाणिज्य संघमा प्रकाश कुमार श्रेष्ठ निर्वाचित
रामेछाप — रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाशकुमार श्रेष्ठ फराकिलो मतान्तरसहित विजयी भएका छन् । शुक्रवार जिल्ला समन्वय समितिको प्राङ्गणमा सम्पन्न मतदानमा उनले निकटतम प्रतिद्वन्द्वी तथा निवर्तमान कार्यसमितिका महासचिव कुमार श्रेष्ठलाई ५२९ मतको अन्तरले पराजित गरेका हुन् ।निर्वाचनमा खसेको कुल १ हजार ३६२ मतमध्ये प्रकाशकुमार श्रेष्ठले ९३२ मत प्राप्त गर्दा कुमार श्रेष्ठ ४०३ मतमा सीमित भए । २७ मत बदर…
Read More »