ब्यानर न्युज
नेकपा रामेछापले थाल्यो चुनावी प्रचार
रामेछाप । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रामेछापले आइतबारदेखि आगामी निर्वाचनका लागि औपचारिक चुनावी प्रचार कार्यक्रम थालेको छ। पार्टीले पहिलो दिन लिखु तामाकोशी गाउँपालिकाको वडा नं. ६ खिम्ती र ७ तिल्पुङ्मा घरदैलो कार्यक्रम सञ्चालन गरेको जनाएको छ।तत्कालीन नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सांसद श्याम कुमार श्रेष्ठ (कुशल) फेरी उम्मेद्वारको रूपमा अघि आएका छन्। यससँगै नेकपाले समानुपाती दुई उम्मेद्वारलाई पनि साथमा…
Read More »मेन्टरमाथि अधिकृतहरूको अमानवीय ‘सिन्डिकेट’
रामेछाप । बालबालिका संरक्षणको नारा बोक्ने ’सेतो गुराँस’ भित्रै मेन्टर महिलाहरूमाथि भइरहेको चरम मानसिक हिंसा, निकृष्ट चरित्र हत्या र श्रम शोषणको घटनाले सामाजिक संस्थाको मुकुण्डो उघारिदिएको छ । हाकिमहरूको स्वेच्छाचारी व्यवहार र अकारण पारिश्रमिक कट्टा गर्ने हर्कतले कार्यस्थल नै पीडादायी बन्दा कर्मचारीहरू न्यायका लागि प्रशासनको ढोका ढकढक्याउन बाध्य भएका छन् । रामेछापको मन्थलीस्थित कार्यालयमा कार्यरत जिम्मेवार पदाधिकारीहरूले आफ्नै मातहतका कर्मचारीको…
Read More »च्याम्पियन बन्यो भिमेश्वर प्रशुन केडेल
रामेछाप । खाँडादेवी गाउँपालिकास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भिमेश्वर प्रशुन केडेल माध्यमिक विद्यालय, राजगाउँ च्याम्पियन बनेको छ । माकादुमको खेल मैदानमा तीन दिनसम्म चलेको प्रतियोगितामा सर्वाधिक पदक जित्दै सो विद्यालयले च्याम्पियनको उपाधि हात पारेको हो ।रामेछापको खाँडादेवी गाउँपालिकाको केन्द्र माकादुममा शनिबारदेखि सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकाभित्रका १२ वटा माध्यमिक विद्यालय सहभागी थिए । सीमित खेल पूर्वाधारबीच पनि विद्यार्थीहरूले देखाएको उत्साह,…
Read More »डोको विस्थापनदेखि शब्दको उज्यालोसम्म जगदीश
रामेछाप । मन्थलीमा आयोजित जगदीश घिमिरे स्मृतिको साहित्यिक उत्सवको सुरुमा मन्तव्य राख्ने क्रममा जगदीश घिमिरे प्रतिष्ठानका अध्यक्ष एवम् स्व. जगदीश घिमिरेकी धर्मपत्नी दुर्गा घिमिरेले भावुक हुँदै भनिन्, जगदीश घिमिरेले रामेछापका अधिकांश महिला दिदीबहिनीहरूको पिठ्युँमा बोकेको डोको र डोकोभित्र रहेको गाग्री विस्थापन गरे । अध्यक्ष घिमिरेका शब्दमा, “जगदीश रामेछापका लागि विकासको ज्योति थिए, उनी साहित्यको दुनियाँमा नेपाली भाषी लेखक तथा पाठकको…
Read More »खाँडादेवी गाउँपालिकास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु
रामेछाप । खाँडादेवी गाउँपालिकास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गाउँपालिकाको केन्द्र माकादुममा सुरु भएको छ । प्रतियोगितामा गाउँपालिकाभित्रका १२ वटा विद्यालयको सहभागिता रहेको छ ।प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले स्थानीय सरकार सञ्चालन ऐनले प्रत्येक वडामा राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्न खेलकुद मैदानको व्यवस्था गर्नुपर्ने उल्लेख गरे पनि भूगोलको अवस्था, बजेट अभाव र आन्तरिक आम्दानीको स्रोत…
Read More »बालविकासको मुखुण्डोभित्र सेतो गुराँसको दादागिरी
रामेछाप । निस्वार्थ कर्मद्वारा सेवाको आकर्षक र भावनात्मक नारा अघि सार्दै सामाजिक सेवाको क्षेत्रमा अग्रणी भएको दाबी गर्दै आएको सेतो गुराँस राष्ट्रिय बालविकास सेवा पछिल्लो समय गम्भीर विवादको घेरामा परेको छ ।संस्थाले विभिन्न परियोजनाको नाममा नियुक्त गरेका कर्मचारीहरूलाई कुनै स्पष्ट कारण, पूर्वसूचना वा वैधानिक प्रक्रिया पूरा नगरी योजनाबद्ध र अन्यायपूर्ण ढङ्गले सेवाबाट हटाइएको भन्दै पीडित पक्षले आवाज उठाएका छन् ।त्यति…
Read More »मन्थलीमा स्थानीय उत्पादनको बजारीकरण
रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा स्थानीय कृषक र लघु उद्यमीका उत्पादनले बजार पाएकाछन् । खेतबारीमा पसिना बगाएर उब्जाइएका तरकारी, फलफूलदेखि सीप र मेहनतबाट तयार गरिएका लघु उद्यमका सामग्रीलाई उपभोक्तासम्म प्रत्यक्ष पु¥याउने उद्देश्यसहित मन्थली नगरपालिकाले नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु गरेको हो । मन्थली–१ स्थित हाटे चौरमा शनिबारदेखि सुरु भएको मेला आइतबारसम्म सञ्चालन हुँदैछ ।ग्रामीण कृषि अर्थतन्त्रको मेरुदण्ड…
Read More »गोकुलगङ्गाका विद्यालय र कार्यालयहरुमा इ–हाजिरी
रामेछाप । जिल्लाको गोकुलगङ्गा गाउँपालिकाले स्थानीय तहमा डिजिटल सुशासनको अभ्यासलाई अघि बढाउँदै गाउँपालिकाअन्तर्गतका वडा कार्यालय र स्वास्थ्य चौकीमा इ–हाजिरी प्रणाली लागू गरेको छ। गत मंसिर १ गतेदेखि लागू गरिएको उक्त प्रणालीले कर्मचारी उपस्थिति व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने विश्वास पालिकाको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईका अनुसार हाल वडा कार्यालय र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरूको इ–हाजिरी नियमित रूपमा प्रयोगमा…
Read More »एमाले रामेछाप जिल्ला कमिटीको पूर्ण बैठक सम्पन्न
रामेछाप । नेकपा (एमाले) रामेछाप जिल्ला कमिटीको पूर्ण बैठक आज सम्पन्न भएको छ । जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरीयाको अध्यक्षता तथा पार्टी केन्द्रीय कमिटी सदस्य माधव प्रसाद ढुंगेलको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।बैठकमा पार्टी केन्द्रीय कमिटी सदस्य गीता कार्की, बागमती प्रदेश अध्यक्ष कैलाश प्रसाद ढुंगेल, प्रदेश लेखा अध्यक्ष श्यामकृष्ण श्रेष्ठलगायत बागमती प्रदेश कमिटीका सदस्यहरूको उपस्थिति रहेको थियो ।बैठकले…
Read More »गुराँसेमा रहेको सामुदायीक भवन – गाउँका सम्पूर्ण कार्यक्रम एकै ठाउँमा
रामेछाप । ग्रामीण जीवनशैलीमा सामाजिक र सांस्कृतिक कार्यक्रमहरू केवल औपचारिकता मात्र होइनन्, ती समुदायलाई एकआपसमा बाँध्ने बलिया सेतु पनि हुन्। यस्ता कार्यक्रम सहज, व्यवस्थित र सबैका लागि समान पहुँचमा हुनु आवश्यक हुन्छ। यही आवश्यकता बुझेर दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ५ गुराँसेले निर्माण गरेको सामुदायिक भवन गाउँकै सामाजिक केन्द्रको रूपमा स्थापित भएको छ। यहाँ अहिले गाउँभरि हुने बिहे, भोजभतेर, काजकिरिया,…
Read More »