लहरे माने अलपत्र

रामेछाप । सुनापति गाउँपालिकामा निर्माणाधीन लहरे माने अलपत्र अवस्थामा छ । २०७८ सालदेखि निर्माणाधीन लहरे माने संघीय सरकारको तर्फबाट ७० प्रतिशत र स्थानीय तह बाट ३० प्रतिशतको लगानीमा सुरु गरिएको थियो । पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यले संघीय सरकारबाट रु २ करोड ८० लाख र स्थानीय तहबाट १ करोड २० लाख गरी कुल ४ करोड लागतमा लहरे माने ठेक्का लगाइएको थियो । संघीय सरकारबाट आउने बजेट बेलामा नआएको कारण लहरे माने यति बेला अलपत्र बेनको हो ।
संघीय सरकारले बहुबर्षे योजनाको रूपमा सुरु गरेको लहरे मानेलाई समयमा बजेट नपठाउँदा सोचेजती गतिमा निर्माणको काम गर्न नसकिएको सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुबेदीले बताए। उनले भने – यो वहुवर्षीय ठेक्का हो । यो निरन्तर भइरहेको छ भन्ने बुझ्नु पर्छ । लहरे माने हेर्न जानु भयो भने काम नभएको देख्नु हुन्छ । संघीय सरकारबाट आउने बजेट नआएकोले कार्यान्वयनको चरणमा केही रोकावट भएको भने पक्कै हो ।
माने नै मानेहरू लहरा जस्तै बनिरहेको कारण यसलाई लहरे माने भनिए पनि सुनापति गाउँपालिकाले यस क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास गरिरहेको प्रमुख प्रशासकीय अधिकृत सुबेदी बताउँछन् । लहरे मानेको निर्माण कार्य चालु आर्थिक वर्षमा सक्ने लक्ष्य पालिकाले लिएको छ।
संघीय सरकारले २ करोड ८० लाख लहरे मानेका लागि पठाउनु पर्ने भए पनि अहिले सम्म १ करोड ८३ लाख मात्रै पठाएको सुवेदी बताउँछन् । सुवेदीका अनुसार पालिकाबाट विनियोजन हुनुपर्ने १ करोड २० लाख पालिकाले विनियोजन गरिसकेको छ । सुनापती गाउँपालिका वडा नं. ३ मा निर्माणाधीग उक्त लहरेमानेमा १ सय ८ मानेहरू निर्माण गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button