चैनपुरमा कार दुर्घटना हुँदा बुबाको मृत्यु, आमा–छोरा घाइते

सिन्धुली । जिल्लाको सुनकोसी गाउँपालिका–६ चैनपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
विराटनगरबाट काठमाडौ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई विपी राजमार्गस्थित सडकबाट करिब ५० मिटर तल खसेको छ ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार दुर्घटनामा मोरङको विराटनगर उपमहानगरपालिका–१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलको मृत्यु भएको छ । उनकी श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र ३१ वर्षिय छोरा निशान्त अर्जेल घाइते भएका छन् । सुनिताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको आत्मीय सामुदायिक अस्पताल खाल्टेमा उपचार भइरहेको छ।



