बाढीपीडितका लागि रामेछाप नगरपालिकाद्वारा प्रधानमन्त्री कोषमा ४० लाख सहयोग
गन्तब्य
रामेछाप । भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा पुगेको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै रामेछाप नगरपालिकाले राहत स्वरूप चालिस लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, बाढी प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन तथा उद्धार, पुनर्निर्माण र पुनर्स्थापनाको कार्यमा सहयोग पुर्याउने उद्देश्यले सो…
Read More »प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा ठगी गर्ने रामेछापका भगवान कार्की पक्राउ
अन्य
मन्थली (रामेछाप), भदौ १४ — बाढी प्रभावितका लागि राहत संकलन गर्ने बहानामा कृत्रिम बौद्धिकता (Chat GPT) को प्रयोग गरी नक्कली बैंक स्टेटमेन्ट बनाएर रकम ठगी गर्न खोज्ने एक युवकलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२, ठोसेका ३२ वर्षीय भगवान कार्की रहेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार कार्कीले गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा…
Read More »रसुवा बाढी: २८ प्रहरी अझै बेपत्ता, विभिन्न जिल्लामा २७० शव फेला
गन्तब्य
काठमाडौँ —रसुवामा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका प्रहरीमध्ये २८ जना अझै सम्पर्कमा आएका छैनन्। नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार बाढी प्रभावित क्षेत्रमा तैनाथ प्रहरी चौकीहरूका दर्जनौँ सुरक्षाकर्मी अझै बेपत्ता रहेका हुन्। प्रहरीको तथ्याङ्क अनुसार इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ मध्ये १३ जना मात्र सम्पर्कमा आएका छन्। यस्तै, प्रहरी चौकी रसुवागढीका ९ मध्ये १ जना, स्याफूबेँसीका ८ मध्ये ५…
Read More »ग्वार्को चोकमा बस दुर्घटना: एक जनाको मृत्यु, १८ घाइते
गन्तब्य
ललितपुर, साउन २२ — ललितपुर महानगरपालिका–१७ स्थित ग्वार्को चोकमा बिहीबार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस ग्वार्कोस्थित फ्लाईओभरको भित्तामा ठोक्किएर अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ। करिब ३० जना सवार उक्त बस दुर्घटना पर्दा दोलखा सैलुङ गाउँपालिका घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने…
Read More »‘कि बहुमत पुर्याऊ, कि मलाई नै समर्थन गर’ – मुख्यमन्त्री बानियाँ
अन्य
ललितपुर, बागमती प्रदेशमा चुलिँदै गएको राजनीतिक गतिरोध र अन्योल अन्त्यका लागि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाका दलहरूसामु दुईवटा स्पष्ट विकल्प अघि सारेका छन्— ‘कि तत्काल बहुमत पुर्याएर नयाँ सरकार गठन गर, होइन भने मेरै सरकारलाई समर्थन गरेर निकास देऊ।’सत्ता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि सिर्जित अन्योलबारे छलफल गर्न सोमबार जाउलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा आयोजित सर्वदलीय बैठकमा मुख्यमन्त्री बानियाँले यस्तो…
Read More »माननीय डा. कृष्णहरि बुढाथोकीज्यूलाई होतराज ढकालको खुल्ला पत्र
अन्य
सादर नमस्कार, तपाईं हाल रामेछाप जिल्लाबाट प्रतिनिधि सभामा सम्पूर्ण जिल्लावासीको प्रतिनिधित्व गरिरहनुभएको छ र व्यवस्थापिका संसद्को महत्त्वपूर्ण अर्थ समितिको सभापतिजस्तै गरिमामय पदमा हुनुहुन्छ। समय-समयमा जिल्लाका विभिन्न स्थानमा तपाईंको उपस्थिति देखिने गरेको, विकास निर्माणका आयोजनाहरूको अवलोकन, जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखहरूसँगको संवाद, तथा केही पालिका प्रमुख एवं वडाध्यक्षहरूसँग समस्या र समाधानका विषयमा छलफल भइरहेको खबर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा देख्न-सुन्न पाइन्छ।…
Read More »बानियाँ सरकार सङ्कटमा: एमालेका ६ मन्त्रीद्वारा सामूहिक राजीनामा, समर्थन पनि फिर्ता
गन्तब्य
हेटौँडा — बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का छ जना मन्त्रीहरूले मंगलबार पदबाट सामूहिक राजीनामा दिएका छन्। एमालेले मन्त्रीहरू फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको बागमती प्रदेश सरकार स्पष्ट अल्पमतमा परेको छ।एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियाँलाई सम्बोधन गर्दै बुझाएको संयुक्त राजीनामा पत्रमा पार्टीको निर्णय र विद्यमान राजनीतिक परिस्थितिलाई ध्यानमा…
Read More »बाजुरामा यात्रुवाहक जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ घाइते
गन्तब्य
बाजुरा — बाजुराको हिमाली गाउँपालिका-५, क्युडीस्थित कुवाडी-क्युडी भित्री कच्ची सडकखण्डमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन्।धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सु.प्र.प्र. ०१-००१ ज १४७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो। उक्त जिप हिमाली गाउँपालिका-२, नातीखोला बस्ने अन्दाजी २५ वर्षीय जनवीर बुढाले चलाएका थिए।दुर्घटनामा…
Read More »संसद्का पदाधिकारी र सांसदका स्वकीय सचिवालयको सुविधा हेरफेर, राजपत्रमा सूचना प्रकाशित
गन्तब्य
काठमाडौँ । नेपाल सरकारले सङ्घीय संसद्का पदाधिकारी तथा सांसदहरूका स्वकीय सचिवालयसम्बन्धी व्यवस्था र सुविधामा हेरफेर गरेको छ। मन्त्रिपरिषद्को निर्णयबमोजिम कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३’ को अनुसूची-२ परिमार्जन गरेको हो।राजपत्रमा प्रकाशित नयाँ व्यवस्थाअनुसार संसद्का पदाधिकारी तथा सांसदहरूले पाउने स्वकीय सचिवालयका कर्मचारीको श्रेणी र सङ्ख्या…
Read More »स्कुटरको ठक्करबाट मन्थलीमा मृगको मृत्यु, दुई जना घाइते
अन्य
रामेछाप । जिल्लाको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–सालु- देउराली भित्री सडक खण्डमा सोमबार बिहान स्कुटरको ठक्करबाट एउटा जंगली मृगको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परि स्कुटरमा सवार दुई जना घाइते भएका छन्।मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटरअघि एक्कासि मृग आएपछि अनियन्त्रित भई दुर्घटना भएको हो।दुर्घटनामा परी स्कुटर चालक रामेछाप नगरपालिका–८ सल्लेका १८ वर्षीय सन्जिब तामाङ र…
Read More »