• खाँडादेवी रनिङ शिल्ड – भिमेस्वरको दबदबा, प्रयागेश्वर नजिकैको प्रतिस्पर्धी


    अन्य

    रामेछाप । खाँडादेवी गाउँपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भिमेस्वर माध्यमिक विद्यालयले पदक तालिकामा अग्रता कायम गरेको छ। आइतबारसम्म सम्पन्न खेलहरूमा भिमेस्वर माविले ८ स्वर्ण, ३ रजत र ४ कास्यसहित कुल १५ पदक जित्दै सबै विद्यालयलाई पछि पारेको हो।कुल ३० स्वर्ण पदकका लागि भइरहेको प्रतिस्पर्धामा प्रयागेश्वर माध्यमिक विद्यालय भने भिमेस्वरलाई कडा चुनौती दिइरहेको छ। प्रयागेश्वरले ६ स्वर्ण, ६ रजत…

    Read More »
  • “रामेछापमा एमालेको नयाँ उम्मेदवार, प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता”


    गन्तब्य

    रामेछाप — नेकपा (एमाले) ले रामेछाप जिल्लाबाट आगामी निर्वाचनका लागि उम्मेदवार घोषणा गरेपछि नेता तथा पूर्व अनेरास्ववियु केन्द्रीय अध्यक्षले आफ्नो उम्मेदवारीप्रति जनसमर्थनको अपिल गरेका छन्।करिब १५ वर्षअघि अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका उहाँ पार्टी केन्द्रीय कमिटीमा एकताको कालसहित चार पटक निर्वाचित भइसकेका अनुभवी नेता हुन। आफ्ना राजनीतिक यात्रा संघर्ष, निरन्तरता र सक्रियताले भरिएको उल्लेख गर्दै उनले आफू धुलो–मैलोबाट उठेको गाउँको मान्छे…

    Read More »
  • निर्वाचन आयोगद्वारा गगन थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापति मान्यता


    गन्तब्य

    काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। शुक्रबार आयोगले थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेको हो।काठमाडौँको भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट बहुमत प्रतिनिधिहरूको समर्थनसहित गगन थापा सभापतिमा चयन भएका थिए।आयोगले महाधिवेशनसम्बन्धी सम्पूर्ण कागजात, निर्णय र प्रमाणहरू अध्ययन गरेपछि थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिक र आधिकारिक मान्यता…

    Read More »
  • गगन–विश्वलाई महाधिवेशन प्रतिनिधिको साथ भृकुटीमण्डपमा देखियो कांग्रेसको असन्तोष र परिवर्तनको संकेत


    गन्तब्य

    काठमाडौं।नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टीभित्रको शक्ति सन्तुलन मात्र होइन, भविष्यको राजनीतिक दिशा पनि संकेत गरेको छ। आइतबार सुरु भएको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बहुसंख्यक महाधिवेशन प्रतिनिधिको खुला साथ देखिनु यस कार्यक्रमको मुख्य सन्देश बनेको छ। भीड, नाराबाजी र प्रतिनिधिहरूको सक्रिय उपस्थितिले कांग्रेसभित्र परिवर्तनको चाहना कति गहिरो छ भन्ने स्पष्ट पारेको छ।कांग्रेसमा कूल ४,७४३ महाधिवेशन प्रतिनिधिमध्ये करिब…

    Read More »
  • एकता दिवसका अवसरमासेनाको पदयात्रा


    गन्तब्य

    रामेछाप ।३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाली सेनाले रामेछापमा पदयात्रा आयोजना गरी एकता र राष्ट्रनिर्माणको सन्देश प्रवाह गरेको छ । नेपाली सेनाको खड्गदल गण रामेछापको आयोजनामा आइतबार जिल्लाकै ऐतिहासिक किल्ला तिल्केस्थान गढीसम्म पदयात्रा निकालिएको हो ।रामेछापको भंगेरीस्थित झगरेचौरबाट सुरु भएको पदयात्रा डुकुरसिं डाँडाँ हुँदै तिल्केस्थान गढीमा पुगेर समापन भएको थियो । सैनिक ब्याण्ड र बाजागाजासहित निकालिएको…

    Read More »
  • उत्कृष्ट १० जना कृषक तथा उद्यमी सम्मानित


    कृषि

    रामेछाप ।स्थानीय उत्पादनको प्रवद्र्धन, किसान र उद्यमीको मनोबल अभिवृद्धि तथा आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माण गर्ने उद्देश्यसहित मन्थली नगरपालिकाले आयोजना गरेको दुईदिने नगरस्तरीय कृषि तथा लघु उद्यम विकास प्रदर्शनी मेला २०८२ आइतबार भव्य रूपमा सम्पन्न भएको छ । मेलाको समापनसँगै कृषि, पशुपन्छी तथा लघु उद्यमका विभिन्न विधामा उल्लेखनीय योगदान दिएका १० जना कृषक तथा उद्यमीलाई सम्मान गरिनु यस कार्यक्रमको मुख्य आकर्षण…

    Read More »
  • बालविकासको मुखुण्डोभित्र सेतो गुराँसको दादागिरी


    गन्तब्य

    रामेछाप । निस्वार्थ कर्मद्वारा सेवाको आकर्षक र भावनात्मक नारा अघि सार्दै सामाजिक सेवाको क्षेत्रमा अग्रणी भएको दाबी गर्दै आएको सेतो गुराँस राष्ट्रिय बालविकास सेवा पछिल्लो समय गम्भीर विवादको घेरामा परेको छ ।संस्थाले विभिन्न परियोजनाको नाममा नियुक्त गरेका कर्मचारीहरूलाई कुनै स्पष्ट कारण, पूर्वसूचना वा वैधानिक प्रक्रिया पूरा नगरी योजनाबद्ध र अन्यायपूर्ण ढङ्गले सेवाबाट हटाइएको भन्दै पीडित पक्षले आवाज उठाएका छन् ।त्यति…

    Read More »
  • मन्थली नगरपालिकाले गर्यो दुई प्रअ सम्मानित


    गन्तब्य

    मन्थली नगरपालिकाको १८औँ नगरसभा सफलतापूर्वक सम्पन्न भएको छ। नगरसभाको अवसरमा नगरभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि तथा शैक्षिक प्रशासनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उत्कृष्ट कार्यसम्पादन गर्ने प्रधानाध्यापकहरूलाई सम्मान गरिएको छ।नगरपालिकाले स्वीकृत गरेको प्रधानाध्यापक व्यवस्थापन सम्बन्धी कार्यविधि अनुसार नियुक्त भई कार्यरत प्रधानाध्यापकहरू मध्येबाट कार्यसम्पादनका आधारमा मूल्याङ्कन गरी भैरवी माध्यमिक विद्यालय, मन्थली–५, रामेछापका प्रधानाध्यापक दिनेश कुमार कार्की उत्कृष्ट प्रधानाध्यापकका रूपमा छनोट भएका हुन् ।…

    Read More »
  • नेकपा एमाले रामेछापमा सचिवालय गठन विवादपछि स्थगित, बिधि प्रक्रिया बाट टुङ्गो लगाउन असन्तुष्ट पक्षको माग


    गन्तब्य

    रामेछाप । नेकपा एमाले जिल्ला कमिटी रामेछापमा सचिवालय गठनलाई लिएर उत्पन्न विवादपछि हाललाई गठन प्रक्रिया स्थगित गरिएको छ भने पुनः विवाद उत्पन्न भएमा लोकतान्त्रिक विधिअनुसार सचिवालय गठन गर्ने सहमति भएको छ। जिल्ला कमिटीले विधि–विधान विपरीत आफ्ना आसेपासेलाई प्राथमिकता दिँदै गत पौष १९ गते जारी गरेको सर्कुलरप्रति व्यापक गुनासो र विरोध देखिएपछि पौष २१ गतेका लागि तय गरिएको सचिवालय बैठक स्थगित…

    Read More »
  • कोशी प्रदेशमा नयाँ मन्त्रिपरिषद् गठन, १० मन्त्रीले गरे शपथग्रहण


    गन्तब्य

    विराटनगर — कोशी प्रदेश सरकारमा नयाँ मन्त्रिपरिषद् गठन भएको छ। मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै १० जना नवनियुक्त मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएका हुन्। प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा मन्त्रीहरूले शपथ लिएका हुन्। पुनर्गठित सरकारमा सत्तासाझेदार नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सहमति अनुसार मन्त्रालयको बाँडफाँट गरिएको छ। मन्त्रिपरिषद्‌मा दुवै दलबाट चार–चार जना…

    Read More »
Back to top button