आठबिसकोटमा अटो दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

जाजरकोट । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

रुमकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडिबाट जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ह ०५२९ नम्बरको अटो शनिबार बिहान ११:१५ बजे नलगाड नगरपालिका–८ मालुवामा अनियन्त्रित भई सडकबाट करिब ६५ मिटर तल खसेको थियो।

दुर्घटनामा परी गम्भीर घाइते भएका जाजरकोटको नलगाड नगरपालिका–९ घरङ्गाका १७ वर्षीय सन्तोष विक र ५५ वर्षीय रमेश विकको उपचारका क्रममा नगर अस्पताल दल्लीमा मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूलाई चिकित्सकले दिउँसो १२:२० बजे मृत घोषणा गरेका थिए।

दुर्घटनामा परी नलगाड नगरपालिका–२ डाँडागाउँका ३५ वर्षीय प्रेम परियार, नलगाड–३ कड्केका २८ वर्षीय गोपाल परियार र अटो चालक रुकुम पश्चिम आठबिसकोट–११ का २२ वर्षीय करण परियार गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार घाइतेहरूको नगर अस्पताल दल्लीमा उपचार भइरहेको छ। दुर्घटनामा परेको अटो घटनास्थलमै रहेको र घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button