रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा ५ पुर्व अध्यक्षको समर्थन प्रकाश कुमार श्रेष्ठलाई

रामेछाप — रामेछाप उद्योग वाणिज्य संघको १५औं वार्षिक साधारणसभा तथा ९ औं जिल्ला अधिवेशन नजिकिँदै गर्दा नेतृत्व चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। संघले उद्योगी–व्यवसायीबीच आपसी समझदारी, सहमति र सहकार्यका आधारमा नयाँ कार्यसमिति चयन गर्ने प्रयास गरे पनि अध्यक्ष पदमा भने सहमति जुट्न सकेन।
संघका अनुसार सहमतिकै प्रयासका कारण १५ सदस्यीय कार्यसमितिमध्ये पदाधिकारी र सदस्यसहित १४ जना निर्विरोध चयन भइसकेका छन्। तर अध्यक्ष पदका विषयमा विभिन्न विकल्पमा छलफल हुँदा पनि एकमत हुन नसकेपछि मतदानमार्फत नेतृत्व चयन गरिने भएको हो।
अध्यक्ष पदका लागि वरिष्ठ उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ र महासचिव कुमार श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन्।
यसैबीच, संघका पूर्वअध्यक्षहरू लोकबहादुर श्रेष्ठ, नारायणदास श्रेष्ठ, पशुपति बहादुर खड्का, श्याम थापा र केशवप्रसाद घिमिरेले आइतबार संयुक्त रूपमा अपिल जारी गर्दै संघका सदस्यहरुलाई अनुरोध गरेका हुन् । नव निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। साथै, उनीहरूले चैत २० गते हुने अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्दै मतदान गर्न सम्पूर्ण उद्योगी, व्यवसायी तथा सदस्यहरूलाई आग्रह गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button