मन्थलीमा २५ सयभन्दा बढी फलफूलका विरुवा निःशुल्क वितरण

रामेछाप । फलफूल खेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले डिभिजन वन कार्यालय रामेछापले चालु आर्थिक वर्ष २०८१÷८२ मा विभिन्न जातका फलफूलका विरुवा निःशुल्क वितरण थालेको छ।
हालसम्म रामेछाप नगरपालिका र मन्थली नगरपालिकामा वितरण कार्य सम्पन्न भइसकेको छ भने खाँडादेवी र दोरम्बा शैलुङ गाउँपालिकामा वितरणको तयारी भइरहेको डिभिजन वन कार्यालयका वन अधिकृत भरत कुमार श्रेष्ठले जानकारी दिए ।
यसैक्रममा बिहीबार मन्थलीमा मात्र २ हजार ५ सयभन्दा बढी विरुवा वितरण गरिएको चिसापानी सवडिभिजन वन कार्यालयका वन अधिकृत सहयोग क्षेत्रीले बताए। “प्रत्येक व्यक्तिलाई तीनवटासम्म विरुवा वितरण गरिएको छ,” उनले भने । सुख्खा क्षेत्र मन्थलीको वातावरण अनुकूल हुने प्रजातिहरू छनोट गरिएको उनको भनाइ छ।
कार्यक्रम अन्तर्गत आँप, कटहर, लिची, एभोकाडो, कागती लगायतका विरुवा वितरण गरिएको हो। त्यस्तै, हिमाली क्षेत्र उमाकुण्ड गाउँपालिकाको बाम्ती र गुप्तेश्वरमा टिम्मुरका विरुवा वितरण गरिएको पनि वन कार्यालयले जनाएको छ।
यो कार्यक्रम डिभिजन वन कार्यालय रामेछापद्वारा सञ्चालित “सामुदायिक तथा कबुलियती वन, नीजि जग्गाधनी तथा व्यक्तिहरूलाई विरुवा वितरण कार्यक्रम” अन्तर्गत हो। यस अभियानले वन संरक्षणका साथै कृषिमा आम्दानी वृद्धि हुने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button