चौथो सुनापती गाउँपालिका अध्यक्ष कप- खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु, ११ टिम सहभागी


रामेछाप । चौथो सुनापती गाउँपालिका अध्यक्ष कप- खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सुनापती खेलकुद विकास समितिको आयोजनामा आइतबार (आज) देखि सुरु भएको छ।
सुनापती गाउँपालिका वडा नं. ३, हिलेदेवीको खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गरेका थिए ।‌ प्रतियोगितामा ११ टिम सहभागि रहेको आयोजकले जनाएको छ ।‌
प्रतियोगितामा आकर्षक नगद पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगितामा विजेताले टिमले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छ भने उपविजता टिमले १ लाख रुपैयाँ हात पार्ने छ। त्यसैगरी, तृतीय हुने टिमलाई ५० हजार र सान्त्वना पुरस्कार २५ हजार रुपैयाँ र उत्कृष्ट खेलाडीले नगद ५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङ , उपाध्यक्ष गीता बिष्ट, प्रमुख प्रशाकीय अधिकृत सुरेश कुमार श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै आइतबार भएको खेलमा आयोजक टिमले (सुनापति गाउँपालिका खेलकुद विकास समिति) आरवि सप्लायर्स कामालाई हराएको छ । आयोजक टिमले आरवि सप्लायर्स कामालाई सोझो सेटमा हराएको हो ।
पहिलो चरणको खेल तालिका अनुसार आइतबार एक खेल मात्रै भएको थियो भने सोमबार ५ देखि ६ खेल हुने सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीले बताए । केसीका अनुसार सोमबार समाज कल्याण मगर समाज र सुर्योदय समाज सेवा, मैरे सुनापति–२ र मण्डन देउपुर नगरपालिका काभ्रे, बेथान युवा समाज र सुनापति–५, मैरे सुनापति–२ र लामाज ग्रुप बिच प्रतिस्पर्धा हुने छ । सोमबार बिहान ८ बजेदेखि खुल सुरु गरिने आयोजकले जानकारी दिएको छ ।
असोज १२ गते सम्म चल्ने प्रतियोगितामा समाज कल्याण मगर समाज, सुर्योदय समाज सेवा, मैरे सुनापति २, मण्डन देउपुर नगरपालिका काभ्रे, लामाज ग्रुप, आरवि सप्लायर्स कामा, सुनापति गाउँपालिका खेलकुद विकास समिति, मुगिखोला युवा क्लब, बेथान युवा समाज, सुनापति ५ र जिएनइविएस गरी ११ टिमले भाग लिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button