समाचार
सांसद महराको धनमाल चोरी
काठमाडौँ । काठमाडौँ महानगरपालिका घट्टेकुलोबाट राष्ट्रियसभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ । आज बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उनकी पत्नीले पसलअगाडि राखेको सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको सांसद महराले जानकारी दिए । “पत्नीले पसलको एउटा सटर खोलेर अर्को सटर खोल्ने क्रममा भुइँमा राखेको उक्त झोला अपरिचित व्यक्तिले तत्कालै उठाएर भागेको थियो”, उनले…
Read More »बालिकाको बलात्कारपछि हत्या गर्ने युवक पुर्पक्षका लागि जेल चलान
गुल्मी । गुल्मीमा १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने एक युवक पुर्पक्षको लागि कारागार चलान भएका छन् । चन्द्रकोट गाउँपालिका-४ शान्तिपुरकी १५ वर्षीया मनिषा रुचालको बलात्कारपछि हत्या गर्ने बाँकेको खजुरा गाउँपालिका-७ का रहिस खाँलाई पुर्पक्षको लागि कारागार चलान गरिएको हो । खाँलाई मंसिर ११ गते जिल्ला अदालत गुल्मीको थुनछेक बहसले पुर्पक्षको लागि जेल चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको…
Read More »दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ
काठमाडौं । मेडिकल व्यवसायी एवं गणतन्त्र विरोधी अभियान्ता दुर्गा प्रसाईंका स्वकीय सचिवलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले प्रसाईंका स्वकीय सचिव विनञ्जय थापासहित १५ जनालाई पक्राउ गरेको हो। उनीसहित १५ जना अहिले प्रहरी हिरासतमा छन्। यसअघि प्रहरीले विवादास्पद अभिव्यक्ति दिने धर्मगुरू श्रीनिवास आचार्यलाई पनि पक्राउ गरेको थियो। उनी त्रिशूल बोकेर प्रदर्शनमा…
Read More »कृषि पढ्ने विद्यार्थी घटेपछि पाठ्यक्रम परिमार्जन गर्ने तयारी
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा कृषि विषय अध्ययन गर्ने विद्यार्थी घट्दै गएका छन् । पछिल्ला वर्षहरूमा कतिपय आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त निजी क्याम्पसमा विद्यार्थी शून्य भएका हुन् । विश्वविद्यालयको कृषि सङ्कायमा विगतमा चार हजार पाँच सयसम्म विद्यार्थीले कृषि स्नातकका लागि आवेदन दिने गरेका थिए । पछिल्ला वर्षहरूमा क्रमशः घट्दै गएर यस वर्ष एक हजार तीन…
Read More »११ किलोमिटर लामो नहर सफा गर्न जुटे करिब एक हजार किसान
टीकापुर । कैलालीको जानकी गाउँपालिका- ७ का किसानले ११ किलोमिटर लामो नहर सफा गर्न थालेका छन्। त्यस क्षेत्रका करिब एक हजार किसानले भुर्षा सिँचाइअन्तर्गतको नहर सफाइ गर्न थालेका हुन्। उनीहरूले दैनिक डेढ किलोमिटरभन्दा बढी सफाइ गर्ने गरेका छन्। चार सय ८५ हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्याउने उक्त नहर झारजंगल र पटानी हुँदा खेतमा पानी अभाव हुन थालेपछि किसान आफैँले नहर सफा…
Read More »आचार्य समाजद्वारा जाँजरकोट रुुकुमका भूकम्पपीडितलाई सहयोग रकम संकलन जारी
काठमाडौं । आचार्य बन्धु समाज नेपालले जाँजरकोट रुकुमका भूकम्पपीडितका लागि सहयोग गर्न आन्तरिक रुपमा रकम संकलन तीब्र बनाएको छ । समाजले रकम संकलनका लागि आचार्य बन्धु समाज नेपालको खाता बिबरणहरु सार्बजनिक गरेको छ ।अहिलेसम्म समाजमा भूकम्पपीडितका लागि सहयोग गर्नेहरुको नामावली रकमसहित समाजले सार्बजनिक गरेको छ । बिश्वभरका कौडिन्य गोत्रीय आचार्यहरुबाट संकलित भूकम्पपीडितको रकम सार्बजनिक गरेको हो । केहीदिनमा नै नेपाल…
Read More »स्थानीय ठेकेदारद्वारा अनेरास्ववियुका सह-संयोजकमाथि खुकुरी प्रहार
काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन (अनेरास्ववियु) ताप्लेजुङका सह–संयोजक विवेक बानियाँमाथि खकुरी प्रहार भएको छ । उनलाई आज बिहान फुङ्लिंग नगरपालिकास्थित पाथिभरा होटल अगाडी स्थानीय ठेकेदार प्रेम मावोले खुकुरी हानेका हुन् । लेनदेनको विषयमा एमाले नेता तथा कार्यकर्ताहरूको अगाडि नै बानियाँमाथि खुकुरी प्रहार भएको बताइएको छ । बानियाँको जिल्ला अस्पताल ताप्लेजुङ्गमा उपचार भइरहेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको…
Read More »प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इन्जिनियर देवेन्द्रनारायण चौधरी, सब-इन्जिनियर हर्षलाल चौधरी, योजना शाखाका सहायक पाँचौँ तहका सुनिलकुमार चौधरीसहित नौ जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार तत्कालीन…
Read More »पूर्वी नाकाबाट निर्यातभन्दा पाँच गुणा बढी तरकारी आयात
झापा । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोजमा भारतबाट रु ४७ करोड ९७ लाख ६० हजार मूल्य बराबरको २३ हजार नौ सय ८८ मेट्रिक टन ताजा तरकारी आयात भएको छ ।…
Read More »भड्डु प्रहार गरी श्रीमतीले गरिन् श्रीमानको हत्या
दैलेख । दैलेखको नौमुलेमा भड्डुले प्रहार गरेर एक महिलाले श्रीमानको हत्या गरेकी छन्। नौमूले गाउँपालिका–४ कालिका गाउँकी ३५ वर्षीया सीता योगीले श्रीमान ३८ वर्षीय भीमबहादुर योगीको हत्या गरेकी हुन्। ‘पहिले श्रीमानले हात छोडेछन्, ढेडो पकाएको भड्डुले श्रीमतीले हानी घाइते बनाएकी सीताले दाउराले पनि टाउकैमा हानिन्।’ ‘योगीका छोराले बताए, अत्याधिक रगत बगेर श्रीमान्को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्जार्ज प्रहरी…
Read More »