समाचार

  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


    २१ मसिर ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार बस्नेछ । आज बिहान ९ बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । एनसेल खरिद बिक्री प्रक्रियामा देखिएको विवादका विषयमा पनि बैठकमा छलफल गर्ने प्रधानमन्त्रीको तयारी छ ।

    Read More »
  • एउटै गाउँबाट साढे दुई करोडको बीउ आलु बिक्री


    गल्याङ, २१ मङ्सिर । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाँस्थित जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडबाट यो वर्ष रु दुई करोड ६० लाखको बीउ आलु निर्यात भएको छ । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष रुमलाल कँडेलले दुइ सय ८४ जना कृषकले भण्डारण गरेको चार सय टन आलुको बीउ निर्यात गरेको राससलाई जानकारी दिए । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडमा दुई सय ८४…

    Read More »
  • लोकमार्ग कालोपत्र भएपछि एक साताको यात्रा चार घण्टामा


    ढोरपाटन (बागलुङ), २१ मङ्सिर । डेढ दशक अगाडि रोल्पा र रुकुम पूर्वको सिमानासँग जोडिएका बागलुङको निसीखोलाका धेरै गाउँबाट सामान्य प्रशासनिक कामका लागि एक साता लगाएर बागलुङ बजार आउनुपर्ने बाध्यता थियो । सडक सञ्जालले यहाँका कुनै पनि गाउँ जोडिएका थिएनन् । तर अहिले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गसँगै थुप्रै ग्रामीण सडकले जोडिएको छ यो ठाउँ । सडक सञ्जालको पहुँच र लोकमार्ग…

    Read More »
  • शैक्षिक सुधारमा पूर्वशिक्षामन्त्रीको जोड


    तनहुँ, २१ मङ्सिर : नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वशिक्षामन्त्री गोविन्दराज जोशीले शैक्षिक क्षेत्रमा अपेक्षित सुधार नहुँदा युवा वर्गको विदेश पलायन नरोकिएको बताउँदै त्यसमा व्यापक सुधार अपरिहार्य भएकामा जोड दिए । तनहुँको भानु नगरपालिका–११ मानेचौकास्थित त्रिभुवन क्याम्पसको रजत महोत्सवको बुधबार उद्घाटन गर्दै पूर्वमन्त्री जोशीले गुणस्तरीय एवं व्यावसायिक शिक्षा आजको अहिलेको आवश्यकता भएको बताए । उनले बेरोजगारी बढेपछि युवा पलायन भएका भन्दै…

    Read More »
  • संघीय सरकारले प्रदेशको हातखुट्टा बाँधेर दौड प्रतियोगितामा सहभागी गराइरहेको छ (भिडियो सहित)


    रामेछाप । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले संघीय सरकारले प्रदेश सरकारलाई धान खेतमा चरा धपाउन राखिएको बुख्याचा जस्तै बनाएको आरोप लगाए । बुधवार रामेछाप सदरमुकाम मन्थलीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत पत्रकार साक्षात्कार कार्यक्रम गर्दै मन्त्री श्रेष्ठले यस्तो आरोप लगाएका हुन् ।संविधानले प्रदान गरेको अधिकार प्रदेशले उपभोग गर्न नपाउँदा अहिले प्रदेश र स्थानीय सरकार संघीय…

    Read More »
  • गोलन्जोर गाउँपालिकामा पुस १३ देखि १५ गते सम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने


    सिन्धुलि । गोलन्जोर गाउँपालिकामा पुस १३ देखि १५ गते सम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । गोलन्जोर गाउँपालिका वडा नं. ६ हैवार बेसीको खेल मैदानमा प्रतियोगिता हुने भएको हो ।गाउँपालिका अध्यक्ष शंकर राज बराल, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुस्कर) , प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार पैकरा , शिक्षा शाखा प्रमुख तथा खेलकुद विकास समिति सदस्यहरू, सामुदायिक र संस्थागत…

    Read More »
  • मनाङमा हिउँमा बसेका चौंरी


    मनाङको ङिस्याङ गाउँपालिका–५ भ्राकामा भएको हिमपात । हिउँमा बसेका चौंरी । तस्बिर ः नवीन लामिछाने/रासस

    Read More »
  • उपप्रधानमन्त्री श्रेष्ठलाई कम्तीमा ५ दिनसम्म अस्पतालमै राखिने


    काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई तीन देखि पाँच दिनसम्म अस्पतालमै राखिने भएको छ। मुटुमा समस्या देखिएपछि गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा एन्जियोप्लास्टी सर्जरी सकिएपछि चिकित्सकहरूले उनलाई कम्तीमा पाँच दिनसम्म अस्पतालमा राख्नुपर्ने बताएका छन् । अहिले सघन उपचार कक्षमा रहेका उनलाई तीन देखि पाँच दिनसम्म अस्पतालमै राख्नुपर्ने सल्लाह दिएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जानकारी दिएको छ। असोजको अन्तिम साता उहाँ…

    Read More »
  • महिलाको आर्थिक दुर्बलताः पीडा सहेरै पनि हिंसा लुकाउनुुपर्ने बाध्यता


    रामपुर (पाल्पा), २० मङ्सिर : लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान देशव्यापी रुपमा चलिरहेको छ । हिंसा न्यूनीकरणको उद्देश्यका साथ बर्सेनि यो अभियान चलिरहे पनि हिंसाका घटना बाहिर आउन नसक्नु यतिखेर गम्भीर चुनौतीका रुपमा देखिएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउँदै गर्दा हिंसाका घटना पनि उत्तिकै बढिरहेका छन् । श्रीमान्–श्रीमतीबीचको बेमेल, सासू–ससुरा, नन्द–अमाजूबाट महिला हिंसाको सिकार बन्न पुगेका छन्…

    Read More »
  • ‘आजीवन राजनीति गर्‍यो, पैसा खर्च गर्नेले निर्वाचन जित्छ, यो अवस्था बदल्नुपर्छ’


    काठमाडौँ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको कार्यकाल सकेर २० जना सांसद आगामी फागुन २० गतेदेखि बाहिरिँदै छन् । सभामा रिक्त हुने पदका लागि आगामी माघ ११ गतेका लागि निर्वाचन हुने भएको छ । राष्ट्रिय सभालाई प्रबुद्ध व्यक्तिको सभाका रूपमा हेर्ने गरिएको छ । नेपालको संविधानले तीन तहका सरकार र तिनको कार्य व्यवस्था गरेको छ । सङ्घीय सरकारले नीति…

    Read More »
Back to top button