समाचार
किसानलाई सहज कर्जा दिलाउन बागमतीको नयाँ पहल
युवराज श्रेष्ठ । मकवानपुर । काठमाडौं । कृषि क्षेत्रमा लगानी अभाव र बैंकबाट ऋण लिन हुने कठिनाइलाई मध्यनजर गर्दै बागमती प्रदेश सरकारले १० करोड रुपैयाँको “कर्जा सुरक्षण कोष” स्थापना गरेको छ। किसान तथा कृषि उद्यमीलाई सहज रूपमा ऋण उपलब्ध गराउने उद्देश्यसहित प्रदेश सरकारले उक्त कोष स्थापना गरेको हो। प्रदेश सरकारका अनुसार व्यवसायिक कृषि, पशुपालन, मत्स्यपालन, फलफूल खेती, तरकारी उत्पादन तथा…
Read More »वर्षको राष्ट्रिय पुस्तकालय दिवसको तयारी, मूल आयोजक समिति गठन
काठमाडौं– निरन्तर शिक्षाका लागि पुस्तकालय भन्ने मूल नाराकासाथ यस वर्षको राष्ट्रिय पुस्तकालय दिवस मनाइने भएको छ । आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयारी बैठक आयोजना गरि पुस्तकालयसंग सरोकारवालाहरूको उपस्थितिमा मन्त्रालयका सचिव डा। दीपक काफ्लेको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको हो । यस्तै विगतका वर्षमा झैँ यस वर्ष पनि भाद्र १५ गते १७औं पुस्तकालय दिवस मनाउनका लागि विभिन्न उपसमितिहरू…
Read More »पुष्पकमल दाहाल प्रचण्डको चेतावनी सरकारले बहुमतको घमण्ड नदेखाओस्
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई जबरजस्ती बहुमतको घमण्ड नदेखाउन चेतावनी दिएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले सरकारले गम्भीरताका साथ नलिई जबरजस्ती बहुमतको घमण्ड देखाए दुर्भाग्य हुने चेतावनी दिएका हुन् । उनले आफूहरू संविधान संशोधनको विरोधमा नरहेपनि अहिलेसम्म प्राप्त उपलब्धिहरू कटौती गरिए राम्रो नहुने बताएका हुन् । सरकारको प्रकृति, विगतको पृष्ठभूमि…
Read More »प्रहरीले अवैध लागूऔषधसहित पाँच जना पक्राउ
काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । जसमा सुनसरीको भोक्राहानरसिंह गाउँपालिका(६ प्रभुदेवा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका(३ झुम्का बस्ने १९ वर्षीय रुपेश चौधरी र १९ वर्षीय उत्सव चौधरी रहेका छन् । इलाका…
Read More »निरन्तर वर्षा जारीका कारणले, कस्तो छ सडकको अवस्था ?
काठमाडौँ । देशभर बर्षा भइरहेको अवस्थामा नेपाल प्रहरीले देशका मुख्य सडकको अवस्था बारे जानकारी दिएको छ । प्रहरीका अनुसार देशका ९ सडक खण्ड अहिले पुर्णरुपममा अवरुद्ध रहेका छन् भने पाँच सडक खण्ड एकतर्फी रुपमा संचालनमा रहेका छन् । अवरुद्ध रहेका सडकमा चतरा बराह क्षेत्रको भित्री सडक, दोलखाको चरिकोट सडक खण्ड, म्याग्दीको बेनी(दरवाङ सडक, कालिगण्डकी कोरिडोर, घोराही(तुलसीपुर सडक खण्ड, भेरी कोरिडोर…
Read More »गुल्मीमा अविरल वर्षासंगै आएको पहिरोमा परेर चार जनाको मृत्यु
गुल्मी । गुल्मीको मुसिकोटमा सोमबार रातिदेखि परेको अविरल वर्षासंगै आएको पहिरोमा पुरिएर चार जनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका वडा नं–१ बिसौनामा पहिरोले २ वटा घर पुरिँदा ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । पहिरोमा परेर ४६ वर्षीय गोरे विक, ६७ वर्षीय हुकम विक, ६६ वर्षीय मसुरी विक तथा साढे २ वर्षीय रियन्सी विकको…
Read More »फेरी काठमाडौं नदी आसपासका क्षेत्रमा डुबान
काठमाडौं । काठमाडौं हिजो (सोमबार) रातीदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरू फेरी डुबानमा परेका छन्। काठमाडौं महानगरपालिका महानगर प्रहरी बल विपद् व्यवस्थापन विभागका महाशाखा प्रमुख एवं नगरप्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले सानोभर्याङ,जडिबुटी,बल्खु तरकारी बजार,माइतीघर मण्डला क्षेत्र लगायत नदी किनाराका क्षेत्र डुबानमा परेको जानकारी दिए। उनले उक्त क्षेत्रका स्थानीयहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जानकारी दिए। महानगरपालिकाका अनुसार…
Read More »अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई सेवा प्रभावित
काठमाडौँ। अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । वर्षा कारण भिजिबिलिटी कम हुँदा उडान र अवतरण प्रभावित बनेको हो । आज बिहानका लागि तय भएका भरतपुर, लुक्ला, सुर्खेतलगायतका उडान प्रभावित भएका छन् । आज बिहान मौसम प्रतिकूल हुँदा केही विमानहरू आकाशमै होल्ड गर्नुपरेको थियो भने केहीलाई डाइभर्ट गरिएको थियो । इस्तानबुलबाट आएको…
Read More »नेपाली बजारमा सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो
काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । मंगलबार सुन तोलाको २३ सयले घटेर तोलाको एक लाख ४७ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार सुनको मुल्य तोलाको १ लाख ५० हजार पुगेको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।…
Read More »प्रधानमन्त्री तथा मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अपराह्न ५ बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा समसामयिक विषयका साथै मन्त्रालयले सम्पादन गरिरहेका काम, आइपरेका समस्या तथा समाधानका उपायका विषयमा छलफल हुनेछ । बैठकमा विभिन्न मन्त्रालयले ल्याउने प्रस्तावमा छलफल गरी निर्णय हुने बताइएको छ ।
Read More »