समाचार

  • लमजुङमा सामूहिक भोज खाएका १ को मृत्यु, २९ बिरामी


    लमजुङ। लमजुङमा सामूहिक भोज खाएकामध्ये एक जनाको मृत्यु भएको छ भने २९ जना बिरामी भएका छन् । बेँसीसहर नगरपालिका– ४ पुरानोकाट घर भई हाल सुन्दरबजार नगरपालिका–९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिए । प्रहरी निरीक्षक चापागाईँका अनुसार सुन्दरबजार नगरपालिका–८ स्थित क्षेत्रबहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको…

    Read More »
  • ६ किलो सुनसहित विदेशी नागरिक पक्राउ


    काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट साढे छ किलो सुनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ । भन्सार कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको टोलीले शनिबार राति दुबईबाट ल्याइएको छ किलो पाँच सय ९० ग्राम सुनसहित इजिप्टका नागरिक मोहमद मोगामद लसिमलाई पक्राउ गरेको हो । विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले दुबईबाट फ्लाई दुबईको उडान नम्बर एफजेड ५९७ बाट…

    Read More »
  • मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र सुधारमा सहयोग पुग्ने


    काठमाडौँ, २३ मङ्सिर । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट नेपालको अर्थतन्त्रको वर्तमान अवस्थालाई लयमा ल्याउन केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल बताए । उनले सो समीक्षाले देशमा हाल देखिएको आर्थिक सङ्कटको अवस्थामा सुधार गरी लगानीकर्ताको मनोबल बढाउन पनि सहयोग पुग्ने र यसबाट अर्थतन्त्र लयमा ल्याउन थोरै भए…

    Read More »
  • भ्रष्टाचार निवारणका लागि अहिलेको प्रयत्न र परिणाम पूर्ण छैन : प्रधानमन्त्री दाहाल


    काठमाडौँ, २३ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुआयामिकरूपमा रहेको भ्रष्टाचारलाई सरकारी, सार्वजनिक, निजी क्षेत्र र नागरिक समाजसँगको सहकार्य एवं सहयोगमा निवारण गर्न सरकार प्रयत्नशील रहेको बताए । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८० का सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भ्रष्टाचार हुनुका कारण पहिचान गरी निवारणका निम्ति सरकारले राज्यका सबै संयन्त्रलाई परिचालित गरेको बताए । आफ्नो…

    Read More »
  • बूढीगण्डकी परियोजना सफल बनाउनुपर्छ : अध्यक्ष ओली


    गोरखा, २३ मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई जसरी पनि सफल बनाउनुपर्ने बताए । पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ सम्मृद्धिका लागि सङ्कल्प यात्रा, २०८० अन्तर्गत आज गोरखा आइपुगेका अध्यक्ष ओलीले सदरमुकाममा आयोजित सर्वपक्षीय भेलालाई सम्बोधन गर्नुहुँदै बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्न नहुने बताए । “बूढीगण्डकी आयोजना निर्माण…

    Read More »
  • रारामा चार महिनामा चार हजार पर्यटक


    मुगु, २३ मङ्सिर । कर्णालीको उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको रारामा चार महिनायता चार हजार पर्यटकले भ्रमण गरेका छन् । गत साउन १ गते देखि कात्तिक मसान्तसम्म आन्तरिक पर्यटक चार हजार चार सय ९०, सार्क मुलुकका २६ अन्य विदेशी ९५ जनासहित चार हजार छ सय ११ पर्यटकले रारा भ्रमण गरेका रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । यस वर्ष रारामा पर्यटक…

    Read More »
  • किसानले पाएनन् दूधको २२ करोड भुक्तानी


    चितवन, २३ मङ्सिर । जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको रु २२ करोड रकम पाउन सकेका छैनन् । यहाँ रहेका एक सय १५ दुग्ध उत्पादक सहकारीले सो रकम भुक्तानी पाउन नसक्दा किसानले समेत दूधको मूल्य पाउन नसकेका हुन् । असोजदेखिको भुक्तानी रकम नपाउँदा किसान चिन्तित बनेको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेले बताए । उनले भने, “दुग्ध विकास…

    Read More »
  • हिउँमै भेडीगोठ


    ढोरपाटन (बागलुङ), २३ मङ्सिर । समुन्द्री सतहदेखि तीन हजार एक सय मिटरको उचाइ । वरपर सेताम्य हिउँ । चौबिसै घण्टा चिसो सिरेठो चलिराख्ने । माथिपट्टी नाङ्गा डाँडा, छेउमै घना जङ्गल । त्यही जङ्गलको एक तलपट्टी भेडीगोठ । करिब एक हजारको हाराहारीमा भेडा बाख्राको ठूला बथान । नजिकै मध्यपहाडी लोकमार्ग । दैनिक लोकमार्ग भएर दर्जनौं गाडी चर्को आवाजमा हरन बजाउँदै ओहोरदोहोर…

    Read More »
  • कृषि एम्बुलेन्स सञ्चालन गर्न सुझाव संकलन


    रामेछाप ।  जिल्लाको रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्न सरोकारवालाहरूसँग सुझाव संकलन गरेको छ । शुक्रवार(आज) नगरपालिकाको सभाहलमा नगरपालिकाका अगुवा कृषक तथा सरोकारवालाहरूसँग कृषि एम्बुलेन्स संचालन सम्बन्धी सुझाव संकलन गरिएको हो । कृषि उपज उत्पादन, बजारीकरण, ढुवानी, कृषि अनुदान, कृषि सामाग्री वितरण लगायतसँग सम्बन्धित जिज्ञासा तथा गुनासोहरू कृषक तथा सरोकारवालाहरूले राखेका थिए । सरोकारवालाहरूबाट आएको सुझाव अनुसार नै कृषि एम्बुलेन्स…

    Read More »
  • एक वर्ष पनि टिकेन आन्तरिक रेमिट्यान्स हटाउने निर्णय


    काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स कारोबार खुला गर्ने भएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत आन्तरिक रेमिट्यान्स कारोबार खुला गर्ने घोषणा गरेको हो । ‘स्थानीय विप्रेषण कारोवारको सीमासम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिनेछ,’ समीक्षामा भनिएको छ । राष्ट्र बैंक आफ्नो नीतिमा १ वर्ष पनि अडिग रहन सकेन । गत वर्षको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७९…

    Read More »
Back to top button