समाचार

  • स्थानीयलाई वडा कार्यालयबाट नुन वितरण


    जुम्ला। जिल्लाका स्थानीय तहले वडाबाट अनुदानको नुन वितरण गरेपछि यहाँका नागरिकलाई सहज भएको छ । यो सुविधा वडाबाट प्राप्त भएपछि पाँच केजीको नुन खरिद गर्न रु एक हजार खर्चेर सदरमुकाम खलङ्गा पुग्नुपर्ने बाध्यताको पनि अन्त्य भएको छ । तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाका अनुसार यहाँस्थित साल्ट ट्रेडिङ कर्पोरेसनले यहाँका स्थानीय तहलाई वडाबाट नुन वितरण गर्न वडामा दर्ता भएका घरलगतअनुसार प्रतिव्यक्ति…

    Read More »
  • लुम्बिनी लायन्स क्लबको कन्सल्ट्यान्ट कोचमा शक्ति गौचन नियुक्त


    काठमाडौं। लुम्बिनी लायन्स क्लबले क्रिकेटर शक्ति गौचनलाई कन्सल्ट्यान्ट कोचको रुपमा नियुक्त गरेको छ । हिल्टन काठमाडौँमा शनिबार आयोजित एक विशेष कार्यक्रममा लुम्बिनी लायन्सले गौचनलाई नियुक्त गरेको हो । उक्त कार्यक्रममा क्रिकेटरहरु, खेलाडीहरु र पत्रकारहरु र खेल प्रेमीहरु उपस्थित थिए । यसबारे बोल्दै कोच गौचनले भने, “लुम्बिनी लायन्स क्लबमा कन्सल्ट्यान्ट कोचको रुपमा आबद्ध हुन पाउँदा म निकै उत्साहित छु । यो…

    Read More »
  • दाङमा माइक्रोबस दुर्घटनाः ६ जना घाइते


    दाङ। दाङमा माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट रुकुम पश्चिमका लागि छुटेको माइक्रोबस तुलसीपुर–७ डाँडापातुमा अनियन्त्रित भएर सडक नजिकैको घरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइते हुनेमा चालक रुकुम पश्चिमको मुसिकोट नगरपालिका–४ का कुमार सन्यासी सहितसल्यानको सारदा नगरपालिका–७ की वर्षीया कल्पना चलाउने, उनकी ८ बर्षकी छोरी निर्मला चलाउने, बागचौर नगरपालिका–की सपना चलाउने,…

    Read More »
  • उपभोक्तामैत्री व्यापार व्यवसायमा प्रवर्धनकका लागि काठमाडौँ महानगरको अनुगमन


    काठमाडौँ । असोज १० गतेदेखि काठमाडौँ महानगरपालिका दैनिक उपभोग्य वस्तुसँग सम्बन्धित व्यापार व्यवसायको अनुगमन गरिरहेको छ । अनुगमन जानुअघि व्यापार व्यवसाय गर्ने व्यक्ति/कम्पनी/निकायलाई जरुरी सार्वजनिक सूचना जारी गर्दै खुद्र तथा थोक बिक्रीस्थल (पसल) बाट बिक्री वितरण गरिने वस्तु तथा सेवाहरुको सम्बन्धमा देहाय बमोजिम गर्न/गराउन अनुरोध गरिएको छ । महानगरले मूल्य सूची बनाएर पसलको अग्रभागमा सबैले देख्ने गरी राख्नुपर्ने, अङ्कित अधिकतम…

    Read More »
  • बाढीपहिरोमा परी २४४ जनाको मृत्यु


    काठमाडौँ । बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २४४ पुगेको छ भने आझै १९ जना अझै बेपत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार बाढी पहिरोबाट १७९ जना घाइते भएका छन् । त्यसैगरी बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १७४ जनाको उद्धार गरिएको छ । सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतक परिवारलाई जनही दुई लाखका दरले सहायता रकम उपलब्ध गराएका छन् । मन्त्रालयका…

    Read More »
  • बिपि राजमार्गको विकल्पमा भकुन्डेबेंसी – तिमाल – खैरेनी हुँदै लुभु – सित्खा सडक भोलि देखि संचालनमा आउने


    काभ्रे । काभ्रेको भकुन्डेबेंसीबाट तिमाल खैरेनीहुँदै लुभु मध्यपहाडी लोकमार्ग भएर रामेछापको सित्खा पुलबाट रामेछाप, सिन्धुली, ओखलढंगा सोलुखुम्बु लगाएत तराईका जिल्लाहरुमा आवतजावत गर्नका लागी आइतबार विहानबाट छोटो दुरीको वैकल्पिक सडक भोलि देखि संचालनमा आउने भएको छ ।इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार लुभु सम्मको सडक संचालनमा आएको जानकारी दिए । त्यस्तै खाडाँदेवि गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष एवम् प्रवत्ता पुस्कर…

    Read More »
  • अब भने मन्थली – काठमाण्डौं हवाई उडान नियमित


    रामेछाप । अब भने मन्थली – काठमाण्डौं हवाई उडान नियमित सञ्चालनमा आउने भएको छ । नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख हिरन शाहका अनुसार शुक्रवार नागरिक उड्डयन प्राधिकरणले काठमाण्डौं बाट रामेछाप नियमित उडान तालीका उपलब्ध गराएकोे जानकारी दिए । शाहका अनुसार नियमित उडान तालीका हालका लागी भने एक महिनाको उपलब्ध भएको छ ।कार्यालय प्रमुख शाहका अनुसार आइतबार बाट काठमाण्डौं – मन्थली…

    Read More »
  • ४१ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा


    काठमाडौँ । सरकारले बाढीपहिरो प्रभावित विभिन्न ४१ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले बाढीपहिरोबाट बढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।“बाढीपहिरो प्रभावित क्षेत्रमा अहिले पनि उद्धार तथा राहत वितरण जारी छ,…

    Read More »
  • खुर्कोटको लागि बेलीब्रिज आज आईपुग्दै


    रामेछाप । रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्कोटको लागि बेलीब्रिज शनिवार बिहान सम्म आईपुग्ने भएको छ । असोज १२ गतेको अविरल वर्षासँगै आएको बाढीले बगाएको खुर्कोटको पुलका लागि शनिवार बिहान सम्म बेलीब्रिज आईपुग्ने भएपछि बेलीब्रिज बनाउने कार्य चाडै सुरु हुने भएको छ ।हेटौँडाबाट बेलीब्रिजका सामान लिएर ट्रकहरू हिँडेका छन् । सामान सहित ट्रक हिँडेको हुँदा तत्कालै बेलीब्रिज बन्ने भएको ।…

    Read More »
  • सर्वोच्चका दुई न्यायाधीश सिफारिश


    काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको छ । शुक्रबार बसेको न्याय परिषद्को बैठकले सर्वोच्चमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो । न्याय परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको छ । सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका पाण्डे गृहमन्त्री रमेश लेखकका साडु भाई हुन् । उनी उच्च अदालत तुलसीपुरका…

    Read More »
Back to top button