समाचार

  • केपी शर्मा ओली अस्पतालमा, बिरामीको लाइन हटाउन प्रधानमन्त्रीको चासो


    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालहरुमा उपचारका लागि बिरामीको लाइन लाग्ने अवस्थाको अन्त्य गराउने विषयमा चासो दिएका छन्। स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारका विषयमा बिहीबार साँझ सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई विना लाइन र भञ्झट सहजरुपमा उपचार सेवा दिने प्रबन्ध गर्न के गर्नुपर्छरु भनेर सोधेका हुन्। प्रधानमन्त्री ओलीले चिकित्सक र स्वास्थ्यकर्मीलाई उचित सुविधा…

    Read More »
  • मुख्यमन्त्री यामलाल कँडेलले उपयोगी वृक्षरोपण गर्न आग्रह


    कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले मानव उपयोगी वृक्षरोपण गर्न आग्रह गरेका छन् । मध्यपश्चिम विश्वविद्यालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतस्थित बृहत् वृक्षरोपण कार्यक्रममा उनले सबै बिरुवा मानव उपयोगी नहुने भएकोले वृक्षरोपण गर्दा ध्यान दिनुपर्छ भने। ‘वनस्पति, फलफूल र औषधिजन्य गुण भएका बिरुवा लगाऔँ जुन मानव स्वास्थ्यका लागि लाभदायक होस्’ उनले भने, ‘पर्यावरणीय सुन्दरताका साथै स्वस्थ वातावरण दिगो विकासमा सहयोग पुर्याउँछ…

    Read More »
  • बाजुरामा घरको भर्‍याङबाट लडेर एक जनाको मृत्यु


    बाजुरा । बाजुरामा घरको भर्‍याङबाट लडेर एक जनाको मृत्यु भएको छ। बुढीनन्दा नगरपालिका–७ खड्कावाडा बस्ने ४५ वर्षीय रणबहादुर खड्काको बिहीबार मृत्यु भएको हो। उनको आफ्नै घरको माथिल्लो तलाबाट तल झर्ने क्रममा काठको भर्‍याङबाट ९सिडी० लडेर टाउकोमा चोट लागेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

    Read More »
  • सरकारले आज कोसी प्रदेशमा सार्वजनिक बिदा


    काठमाडौं । कोसी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभर शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। कोसी सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको बताए।

    Read More »
  • उडन लागेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पार्किङ फर्काइयो


    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ। उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो। आज बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गमा पुगेर फर्किएको विमानका यात्रु राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिनिता कठायतले जानकारी दिए। ‘विमानका यात्रुको बोर्डिङ सकेर विमान धावनमार्गमा ‘टेकअफ’को अन्तिम ‘प्वाइन्ट’मा पुगिसकेको थियो, एक्कासी विमान फर्काएपछि…

    Read More »
  • राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनियमदर


    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरको मूल्य बढेको छ। मूल्य बढेर अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो बन्दा केही विदेशी मुद्राको मूल्य भने घटेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ। अमेरिकी डलरको…

    Read More »
  • मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्बजनिक


    काठमाडौँ । सरकारले यहि साउन २२ र २३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषदका निर्णयहरु सार्बजनिक गरेका हुन् ।

    Read More »
  • रामचन्द्र पौडेलले मन्त्रिपरिषदको वरियता हेरफेर


    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको वरियता हेरफेर गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले मौजुदा मन्त्रिपरिषद्‍मा वरियता हेरफेर गरेका हुन् । उपप्रधानमन्त्री र अन्यमन्त्रीहरुको स्थान यथावत रहेपनि कांग्रेसबाट प्रतिनिधित्व गर्ने दुई मन्त्रीको वरीयाता भने हेरफेर भएको छ । कांग्रेस सहमहामन्त्रीसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको १४औं स्थानमा बढुवा भएको छ भने स्वास्थ्य…

    Read More »
  • काठमाडौँ महानगरको जनही महिला भलिबल टिमलाई एक लाख नगदसहित सम्मान


    काठमाडौँ । काठमाडौँ महानगरले सेन्ट्रल एशियन भलिवल एशोसिएसन (काभा) महिला भलिवल नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई सम्मान गरेको छ । बिहिबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सहित महानगरका पदाधिकारीले भलिबल खेलाडीलाई जनही एक लाख नगदसहित सम्मान गरेको हो । विहिबार उपविजेता नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिष्टलाई प्रोत्साहन गर्न नगदसहितको सम्मान प्रदान गर्दै नगर प्रमुख बालेनले, खेल…

    Read More »
  • फिल्म ‘नरसिंहाः अवतार’को निर्माण घोषणा गरेका छन्


    काठमाडौं। निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म ‘नरसिंहाः अवतार’को निर्माण घोषणा गरिएको छ । निर्माणपक्षले फिल्मको घोषणा गरिएसँगै थिम पोस्टर पनि सार्वजनिक गरेको छ। थिम पोस्टरले युद्धको सङ्केत गरेको छ। थिम पोस्टरमा रातो र निलो रङ प्रयोग छ। दायामा रातो ९आगो० र दायातर्फ निलो समुद्रको रङ छ। यसले फिल्मको कथा युद्ध र शान्तिको हुने संकेत गरेको छ। साथै…

    Read More »
Back to top button