केपी शर्मा ओली अस्पतालमा, बिरामीको लाइन हटाउन प्रधानमन्त्रीको चासो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालहरुमा उपचारका लागि बिरामीको लाइन लाग्ने अवस्थाको अन्त्य गराउने विषयमा चासो दिएका छन्।

स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारका विषयमा बिहीबार साँझ सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई विना लाइन र भञ्झट सहजरुपमा उपचार सेवा दिने प्रबन्ध गर्न के गर्नुपर्छरु भनेर सोधेका हुन्।

प्रधानमन्त्री ओलीले चिकित्सक र स्वास्थ्यकर्मीलाई उचित सुविधा दिएर भए पनि आवश्यक परेका बेला खटाउन आग्रह गरे। “सरकारी अस्पतालमा कार्यालय समयमा जाँच नगरे बिरामीलाई क्लिनिकमा बोलाउने प्रवृत्ति अन्त्य हुनुपर्छ”, प्रधानमन्त्री ओलीको भनाइ थियो।

बिरामीलाई भर्ना नगरी उपचारै नथाल्ने र पैसा तिर्न नसकेका कारण उपचार नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै उनले स्वास्थ्य बीमालाई व्यावहारिक र कार्यान्वयनयोग्य बनाउन आग्रह गरे।

छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, मुख्यसचिव, सम्बन्धित सचिवहरुलगायत सहभागी थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button