मोतियाविन्दु परीक्षणमा ७२ जनाको सल्यक्रिया

रामेछाप । जिल्लाको मन्थली नगरपालिका १ स्थित तामाकोशी अस्पतालमा २ दिने आँखा शिविर सम्पन्न भएको छ । शिविरमा १५० जना मोतियाविन्दु परीक्षणमा सहभागी भए । सहभागी मध्ये ७२ जनाको आँखा सल्याक्रिया गरिएको छ । ७२ जना मध्ये २८ जनाको अत्याधुनिक मेशिन द्वारा आँखाको सल्याक्रिया गरिएको थियो । क्याम्प प्रमुख तिलगंगा प्रतिष्ठान काठमाडौँका विशेषज्ञ डा. नम्रता गुप्ताको टोलीले मोतियाविन्दु शिविर संचालन गरेको थियो । शिविर तिलगंगा आँखा प्रतिष्ठान काठमान्डौ , रामेछाप सर्किजल आई सेन्टर मन्थली , तामाकोसी अस्पताल मन्थली र मन्थली बचत तथा ऋण सहकारी संस्था लि.को संयुक्त आयोजनामा भएको थियो । शिविर हिमालयन मोतीबिन्दु परियोजना काठमान्डौँको आर्थिक सहयोगमा मोतियाविन्दु शिविर संचालन गरिएको सर्किजल आई सेन्टर मन्थलीका प्रमुख उमेश तामाङ जानकारी दिए।




