सुत्केरी हुन नसकेपछि दोरम्बाकी सपनाको सेनाको हेलिकप्टरबाट उद्धार

रामेछाप । सुत्केरी हुन नसकेर छटपटाइरहेकी रामेछापको दोरम्बाकी सपना तामाङलाई हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाडौँ लगिएको छ । गाउँपालिकाको वडा नं २ की सुत्केरी हुन नसकेर पीडामा परेकी ४१ वर्षीया तामाङलाई रामेछाप प्रदेश (ख) का सांसद युवराज चौलागाईँको विशेष पहलमा नेपाली सेनाको हेलिकप्टर मार्फत थप उपचारका लागि शुक्रवार काठमाडौँको प्रसूति गृहमा पठाइएको हो । समयमै सुत्केरी हुन नसकेर मरणासन्न अवस्थामा पुगेकी तामाङलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि काठमाडौँको प्रसूति गृह पठाइएको सांसद चौलागाईले बताए । प्रसव पीडाले छटपटाइरहेकी तामाङको उद्धारका लागि आफूले बागमती प्रदेश सरकारको तर्फबाट निःशुल्क हेलिकप्टरको व्यवस्था गरिदिन बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेललाई आग्रह गरेपछि महिलाको उद्धार भएको उन बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button