उपभोक्ताको स्वास्थ्यसँग खेल्दै शैलुङ पानी

रामेछाप । उपभोक्ताको स्वास्थ्यलाई ख्यालनै नगरी वर्षौ देखि बजारमा बेचिँदै आएको छ ’अक्वा शैलुङ प्रसोधित पिउने पानी’ । जिल्लाको मन्थली नगरपालिका वडा नं. १ मा आफ्नो अड्डा जमाएर उपभोक्ताको स्वास्थ्य माथी खेलवाड गर्दै आएको ’अक्वा शैलुङ प्रसोधित पिउने पानी’ ले आज सम्म आफुले बेचेको पानीको गुणस्तर जाँच समेत गराएको छैन ।
’अक्वा शैलुङ प्रसोधित पिउने पानी’ नाम मात्रैको प्रसोधित पिउने पानी हो भन्दा कुनै फरक पर्दैन । केही समय अगाडी ’अक्वा शैलुङ प्रसोधित पिउने पानी’को सिलप्याक गरेको बोटलको भित्र किरा कुदिरहेको अवस्थामा भेटिएको थियो । उपभोक्ताको स्वास्थ्यलाई ख्याल नै नगरी आफ्नो फाईदा मात्र हेर्ने यो पानी कम्पनी निर्वाध रुपमा चलिरहेको छ । गल्ती माथी गल्ती गर्दा पनि नियमक निकाय मौन छ । रमिता हेरिरहेको छ ।
अनुगमनको जिम्मेवार निकाय घरेलु तथा साना उद्योग कार्यालय पनि यो विषयमा मौन देखिन्छ । आफ्नो कार्यालयसँग अनुमती नलिई सामान राख्दा साना व्यापारीको सामान जफत गर्दै हिँड्ने घरेलु कार्यालय शैलुङ पानीले फोहोर पानी बेच्दा समेत आँखामा पट्टी बाँधेर बसेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रणबाट पिउन मिल्ने प्रमाणित नगरीछ्यापछ्याप्ती बजारमा शैलुङ पानी बेच्दा पनि यो पानीलाई न विक्रिका लागी रोक्न सकेको छ घरेलुले न त उत्पादन नै ।
शैलुङ पानी बजारमा ल्याउने शैलुङ स्प्रिङ वाटर ईन्ड्रस्टिको घरेलु तथा साना उद्योग कार्यालयले बारम्बार अनुगमन गरेको छ । थाहा नै नपाएको र अनुगमन नभएको हुन्थ्यो भने घरेलु जानकार छैन भन्न पनि सकिन्थ्यो । किरा परेको पानी बेच्दा समेत मौन रहने घरेलु तथा साना उद्योग कार्यालय उपभोक्ताको हितमा छ भनेर भन्न सकिने अवस्था देखिँदैन ।
२०७२ साल देखी बजारमा ल्याईएको थियो अक्वा शैलुङ पानी। उत्पादन सुरु गरेको ८ वर्ष सम्न पनि शैलुङ पानीले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाट अनुज्ञा पत्र लिएको छैन । सरसरती हेर्दा यो पानी उत्पादक आफै सरकार हो, राज्य हो जस्तो देखिन्छ । अबैध तरिकाले नागरिकको स्वास्थ्यमा खेलवाड गर्ने शैलुङ पानी उत्पादन गरि बजारमा बेचिएको ८ वर्ष वित्दा समेत नियमन गर्ने निकायले कारवाही गर्न सकेको छैन । नियमन निकाय मौन रहनु भनेको मिलेमतोमा नागरिकको स्वास्थ्य माथी खेलवाड गर्नु हो भन्ने प्रष्ट छ ।
खाद्य तथा पेय पदार्थ बजारमा लानु पूर्व अनुज्ञा पत्र अनिवार्य लिन पर्ने व्यवस्था छ । अक्वा शैलुङ्ग प्रशोधित पिउने पानीले DFTQC नम्बर बिना बजारमा ८ वर्ष अघि देखी पिउने पानीका नाममा नागरिकलाई विष पिलाईरहेको छ ।
शैलुङ स्प्रिङ वाटर ईन्ड्रस्टिका संचालक रामबाबु गिरीले आफूले अनुज्ञा पत्र लिएको बताउछन् । तर बजारमा बिक्री वितरण भएको पानीको बोतलमा DFTQC नम्बर कहिँ भेटिदैन । यदी संचालक गिरिले भनेको सही थियो भने बजार पठाईएको पानीका बोतल बाहिर प्रष्ट DFTQC नंबर देखिने थियो ।
पिउने पानी नागरिकको स्वास्थ्यमा प्रत्यक्ष जोडिन्छ । पानी सजिव जीवन आधारका लागि महत्त्वपूणर् कुरा हो । तर, यही पानीमा बेईमानी र मनोमानीले गर्दा बेला-बेलामा समस्या पनि निम्तिने गर्छ । विशेष गरी खानेपानीको गुणस्तरको विषय सधैंजसो बहसमा आईरहन्छ । मिनरल वाटरका नाममा दूषित पानी बिक्री भइरहँदा समेत सरोकारवालाहरू किन मौन छन् भन्ने सवाल उठेको छ । जनस्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिने यस्ता संवेदनशील विषय बेलाबेला समाचारका मसाला मात्र हुने तर सरोकारवाला निकायबाट आवश्यक सुधार नहुने परिपाटीले ठुलै समस्या आइरहेका छन् र आउनेछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button