शैलुङ स्प्रिङ वाटर इन्ड्रस्टिको अर्को बद्मासी

शैलुङ स्प्रिङ वाटर इन्ड्रस्टिका सञ्चालक रामबाबु गिरीले एउटा गल्ती ढाकछोप गर्ने नाममा अर्को गल्ती गरेका छन् । ढाँटको खेतीमार्फत उपभोक्ताको आँखामा छारो हाल्दै गुणस्तरहिन पानी बजारमा बिक्री बितरण गर्दै आएका गिरीले पत्रकारको आँखामा समेत पट्टी बाँधिदिने दुस्प्रयास गरेका छन् ।
शैलुङ स्प्रिङ वाटर इन्ड्रस्टिले अनुज्ञा पत्र नै नलिई ‘अक्वा शैलुङ प्रशोधित पिउने पानी’ बजारमा ल्याएको छ । बजारमा शैलुङ स्प्रिङ वाटर इन्ड्रस्टिले उत्पादन गरेको ‘अक्वा शैलुङ प्रशोधित पिउने पानी’ मा भएको बद्मासिको विषयमा पटक पटक कुरा उठ्ने गरेको छ । तर पनि अहिलेसम्म सुधार आएको छैन ।
‘अक्वा शैलुङ प्रशोधित पिउने पानी’ को नाममा गुणस्तरहित पानी प्याकिङ्क गरेर बिक्री वितरण गर्दै आएको छ । अक्वा शैलुङ प्रसोधित पिउने पानीको नाममा भएको बद्मासिको नाममा पटक–पटक आवाज उठेपनि सम्बन्धित निकाय कान थुनेर बसेको छ । सम्बन्धीत निकाय अनुगमन गर्दा ‘अक्वा शैलुङ प्रशोधित पिउने पानी’ गुणस्तहिन भएको थाहा पाएर पनि कानुनी दायरामा ल्याउन हिचकिचाइ रहेको छ ।
अक्वा शैलुङ प्रशोधित पिउने पानीको सिलप्याक गरिएकोे बोटलभित्रको पानीमा किरा कुदिरहेको घटना सेलाउन नपाउँदै अक्वा शैलुङ खानेपानी पुनः विवादमा आएको छ ।
किरा परेको पानी समेत निर्वाध रुपमा बेच्दा समेत नियमनकारी निकाय मौन बस्नुलाई उपभोक्ताले समेत महत्वका साथ हेरिरहेका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जारी गर्ने अनुज्ञा पत्र बिनानै ८ वर्षदेखि पानी बिक्री विरतण गर्दै आएको छ । गुणस्तरहिन पानी बजारमा बिक्री वितरण भइरहँदा पनि नियामक निकाय मौन बस्नुलाई उत्पादक कम्पनी र नियामक निकायबिच मिलेमतो त छैन भन्ने प्रश्न उपभोक्ताहरुले उठाउन थालेका छन् ।
खाद्य तथा पेय पदार्थ बजारमा लानु पूर्व अनुज्ञा पत्र अनिवार्य लिन पर्ने व्यवस्था छ । अक्वा शैलुङ प्रशोधित पिउने पानीले म्ँत्त्तऋ बिना नै ८ वर्षदेखि पानी बिक्री वितरण गर्दै आइरहेको छ ।
शैलुङ स्प्रिङ वाटर इन्ड्रस्टिका संचालक रामबाबु गिरीले आफूले अनुज्ञा पत्र लिएको बताए पनि उनले अनुज्ञा नलिएको खुल्न आएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख पुष्पलाल राइले शैलुङ स्प्रिङ वाटर इन्ड्रस्टिको अनुज्ञा पत्र प्रक्रियामा रहेको जानकारी दिए । शैलुङ स्प्रिङ वाटर इन्ड्रस्टिले यसअघि पनि गुणस्तरहिन पानी बिक्री बितरण गर्दा मुद्दा परेपछि सञ्चालक रामबाबु गिरीले कारबाही भोगिरहेको पनि उनले बताए । कारबाही गरेपछि उनले पानीमा केही सुधार गरेपनि अझै पूर्णरुपमा सुधार भने नगरेको राइले बताए ।
शैलुङ स्प्रिङ वाटर इन्ड्रस्टिका सञ्चालक गिरीले आफूले अनुज्ञापत्र लिएको भनि पत्रकारहरुलाई समेत ढाँटेको खुलासा भएको छ । मानव स्वास्थ्यसँग जोडिएको विषयमा खेलावाड गर्नु यो सामान्य बद्भासी मात्र नभएर अक्षम्य अपराध हो ।



