११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मेलुङ गाउँपालिकाले जेष्ठ महिलालाई सम्मान

दोलखा । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मेलुङ गाउँपालिकाले जेष्ठ महिलालाई सम्मान गरेको छ । १४ जना जेष्ठ महिलाको घरमा पुगि जुस, हर्लीक्स लगाएत खानेकुरा सहित सम्मान गरिएको थियो । सम्मान हुने जेष्ठ महिलाको स्वास्थ्य जाचँ समेत गरिएको थियो । गाउँपालिकाले दिवसको अवसर पारेर प्रत्येक वडाका २ जनाका दरले नागपरिकताको आधारमा छनौट गरि सम्मान गरीएको गाउँपालिका उपाध्यक्ष गायत्री आचार्यले बताइन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष हिरा थोकर, उपाध्यक्ष गायत्री आचार्य, वडा अध्यक्ष , स्वास्थ्यकर्मी, कर्मचारी सहितको उपस्थितिमा सम्मान कार्यक्रम गरेको हो । जेष्ठहरुलाई सम्मान गर्दै महिलाहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारी, गरिबी निवारण, जीविकोपार्जनमा सुधार, सामाजिक सुरक्षा, पूर्वाधार तथा प्रविधिमा पहुँचका विषयमा लक्षित कार्यक्रमहरू पालिकाले प्रभावकारी ढंगले काम गरिरहेको गाउँपालिका अध्यक्ष हिरा थोकरले बताउए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button