पूर्व गाविस अध्यक्षको सालिक अनावरण

रामेछाप । साबिकको चनखु गाउँ विकास समितिका पूर्व गाविस अध्यक्ष रामबहादुर कार्कीको सालिक अनावरण गरिएको छ । हालको मन्थली नगरपालिका वडा नम्बर १० साबिक चनखु गाविस अध्यक्ष कार्कीको बुधवार पुण्य तिथिको अवसर पारेर सालिक अनावरण गरिएको हो ।
पारिवारिक लगानीमा निर्मित कार्कीको सालिक नेपाली काँग्रेस रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का तथा नेपाली काँग्रेस बागमती प्रदेश सदस्य अर्जुन केसीले संयुक्त रूपमा अनावरण गरे । कार्कीले वि. सं. २०४९ सालमा ६८ वर्षको उमेरमा नेपाली काँग्रेसबाट गाविस अध्यक्ष भएर गाविसको नेतृत्व सम्हालेका थिए । वि. सं.१९८१ साल भाद्र १९ गते जन्मिएका कार्कीको २०७७ साल चैत्र ०४ गते ९६ वर्षको उमेरमा निधन भएको थियो ।
तत्कालीन समयमा काँग्रेसमा कार्कीले पु¥याएको योगदान अमूल्य रहेको पूर्व पार्टी सभापति खड्का र प्रदेश सदस्य केसीले बताए । कार्कीको योगदानको चर्चा गर्दै काँग्रेस नेताहरूले उनले पु¥याएको योगदानको मूल्याङ्कन हुन नसकेको भन्दै दुःख समेत व्यक्त गरे ।

कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेश सदस्य जितबहादुर मगर जिल्ला कार्यसमिति उपसभापति नवराज थोकर, सचिव विनोद कार्की, पूर्व पार्टी प्रवक्ता नारायण बोगटी, महाधिवेशन प्रतिनिधिहरू भरत चौलागाई, झपडराज भण्डारी, युवराज भट्टराई ,लगायत नेपाली काँग्रेसका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button