पर्यटन पवद्र्धनमा होटेल व्यवसायीको क्षेत्रमा सहयोग गर्न तयार छु : कान्छाराम

रामेछाप । पर्यटन पवद्र्धनमा होटेल व्यवसायीको महत्त्वपूर्ण भूमिका हुने प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम)ले बताएका छन् । होटेल तथा पर्यटन व्यवसायी सङ्घ बागमती प्रदेशको चौथो साधारण सभाको उद्घाटन गर्दै नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका प्रतिनिधि सभा सदस्य कान्छारामले पर्यटन प्रवर्द्धनमा होटेल व्यवसायीको भूमिकाले महत्वपुण हुने भएको हुदाँ मैले कहाँ गएर के गर्नु पर्छ सहयोग गर्न तयार छु । सिजनमा लुक्ला जान मन्थली एयरपोर्ट प्रयोग गर्न वैदेशिक पर्यटक मन्थली आउँछन् तर मन्थली बस्ने वातावरण बन्न सकेको छैन । किन मन्थली बस्न सकेन यस विषयमा बहस गर्न जरुरी छ । काठमाण्डौं र सिन्धुली लगायतको होटेलमा बस्ने तर मन्थलीमा फोहोर फ्याल्ने मात्र काम भएको छ । मन्थलीले अन्य फाइदा लिन सकेको छैन । यस विषयमा रामेछापका होटेल व्यवसायीले गम्भीर भएर छलफल गर्नु पर्छ । किन रामेछापको होटेल प्रयोग नगरी सिन्धुली आएर वास बस्छन् पर्यटक, त्यसको अनुसन्धान गर्न जरुरी छ । रामेछापका होटेल व्यवसायमा के कमजोरी छ । अब सुधार गरेर जान जरुरी छ । त्यसका लागी हामी जनप्रतिनिधि र तपाईँहरू बसेर छलफल गरौँ, बहस गरौँ, एक रात पर्यटन रामेछापमा कम्तीमा बस्ने वातावरण बनाऊँ प्रतिनिधि सभा सदस्य कान्छारामले भने ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका बागमती प्रदेश सदस्य आनन्द कुमार श्रेष्ठले होटेल व्यवसायीको क्षेत्रमा सरकारले के कस्ता सहयोग गर्न सकिन्छ आफूहरू तयार रहेको बताए । व्यवसायीहरूले राज्यले गरेन भनेर मात्र सरकार र राज्यलाई दोष दिन नहुने भन्दै व्यवसायीले पनि सरकारलाई सुझाव दिन पर्ने र घुच्च्याउन पर्ने बताए । साथै केही कानुनी जटिलता भएको भन्दै भर्खर भर्खर आफूहरू कानुन परिमार्जन गर्ने र कानुनी जटिलता सुल्झाउने ठाउँमा पुगेको भन्दै त्यस्ता जटिल्ताहरु सुधार गर्दै लैजाने बताए ।


प्रहरी प्रशासनले होटलहरुलाई समय सीमा लगाएर होटल व्यवसायी हरुलाई व्यवसाय गर्न असहज भएको होटेल तथा पर्यटन व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुके वताए । कार्यक्रमा सम्बोधन गदै चुकेले रातको समयमा पाहुनाहरु आउने र प्रशासनले होटल खोल्न नदिने हुदाँ पर्यटक तथा पाहुनाहरुलाइ स्वागत गर्न नसकिएको बताए । यस विषयमा सरकारको तर्फ सहयोग प्रमुख अतिथि कान्छाराम तामाङलाई अनुरोध समेत अनुरोध गरे ।

होटेल तथा पर्यटन व्यवसायी सङ्घ बागमती प्रदेशका अध्यक्ष दामोदर नेपालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश लगायत देश भर बाट झन्डै दुई सय होटेल व्यवसायीहरूको सहभागिता रहेको रामेछापका अध्यक्ष कवीन्द्र लामाले बताए । पञ्चे बाजा सहित मन्थली बजार परिक्रमा गरी सम्पन्न साधारण सभाले रामेछापको पर्यटन पर्वद्धनमा केही सहयोग पुग्ने र वाग्मती प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२४ लाई समेत सहयोग पुग्ने अध्यक्ष लामाले बताएका छन् । कार्यक्रममा पत्रकार माहासंघ रामेछापका अध्यक्ष बद्री नयाघरे, रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष नविन कुमार थापामगर, मन्थलि नगरपालिकाका प्रमुख लव श्रेष्ठ लगाएतले संघका बारेमा महत्वपुर्ण भुमिका राखका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button