४ दिन पछि वाक्सा भेटियो, चोरी सामान भेटिएन

रामेछाप जिल्लाको दोरम्बा शैलुङगाँउ पालिका वडा नं –६ ढडेन टोलको एक घरमा चोरी भएको छ ।

ढिलो गरी प्राप्त समाचार अनुसार सो वडाको बेन वहादुर थापा मगरको घरमा यहि फागुन २८ गते राति चोरी भएको हो ।
पिडित मगरका अनुसार घरमा कोहि नभएको मौका छोपी घर भित्रको बाक्सा र लता कपडा चाेरी भएकाे छ ।
वाक्सा भित्र ६० हजार नगद रु १५ हजार वरावरको गरगहना र ७० हजार वरावरको लुगाफाटो सहित १ लाख ४५ हजार वरावरको धनमाल रहेको पनि मगरले वताए ।
उहाले भन्नुभयो– “मेरी श्रीमति लालुमाया थापा मगर डाँडा टोल माइतिमा गएकी थिइन म पनि रोजगारीको शिलसिलामा काठमाण्डौंमा थिए । २९ गते श्रीमति घर आएर हेर्दा चोरी भएको थाहा भएको थियो, त्यस पछि मलाई श्रीमतिले फोन गरेर भनिन अनि म घर पुगेर अर्को दिन चोरी भएको जानकारी गुन्सी प्रहरी चौकीलाई गराई घट्नामा संम्लग्नलाई पहिचाहन गरी कार्वाहि गर्न माग राखि उजुरी दर्ता गराएको थिए ।”
सो घटनाका वारेमा उजुरी परेपछि चोरी भएको ४ दिन पछि वाक्सा फोडेर नगद र गरगहना तथा महगाँ खालका कपडाहरु वाहेक नजिकैको जंगलछेउको वाटोमा यत्रतत्र फालिएको अबस्थामा भेटिएको थियो ।
सो घटनाका वारेमा थप अनुसन्धान भैरहेको रामेछाप प्रहरी प्रमुख होम बहादुर पराजुलीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button