टिफर दुर्घटना हुँदा चालकको मृत्यू

रामेछाप । रामेछाप जिल्ला मन्थली न.पा.७ पोडेदहमा आज सोमबार सडक बाट टिपर खस्दा चालकको मृत्यु भएको छ भने सह चालक गम्भिर घाइते भएका छन् ।
मृत्यु हुनेमा रामेछाप गोकुलगंगा गा.पा.३ दिगी घर भएका चालक २० वर्षीय ‘दीपेन्द्र’ भन्ने पवित्र बस्नेतको रहेका छन् । घाइते बस्नेतको उद्दार गरी मन्थली अस्पतालमा पु¥याउन साथ चिकित्सकको टोलीले बस्नेत लाई मृत घोषणा गरेको थियो । दोलखाको तामाकोशी गा.पा.६ च्यामा घर भएका सह–चालक मनोज फुयाँलको मन्थली अस्पतालमा उपचार भई र थप उपचारको लागी बजे काठमाण्डौ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रामेछाप जनाएको छ ।
मुगिटारबाट मन्थली तर्फ आउदै गरेको बा.प्र.०१–००६ ख ३८३९ नं.को टिफर मन्थली न.पा.७ पोडेदह स्थित सडक बाट अं. ५० मिटर तल खसेको थियो ।
टिफर के कारणले दुर्घटना भएको हो भन्ने बारे आवश्यक अनुसन्धान भईरहेका जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button