सान्नेफेदीमा बोलेरो दुर्घटना हुदाँ १५ जना घाइते

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४ सान्नेफेदीमा बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा परि १५ जना घाइते भएका छन् । (आज) बुधवार दिउँसो अन्दाजी २ : ४५ बजेको समयमा त्रिवेणी तर्फबाट सान्ने तर्फ जाँदै गरेको बा ६ च ९१६२ नम्बरको बोलेरो दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो ।
घाइतेहरूलाई जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोली सहितले उद्दार गरी मन्थली अस्पताल रामेछापमा ल्याएर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको हो ।
बोलेरो गुडिरहेको अवस्थामा ब्याक हुँन गई सडकबाट पल्टिएको प्रहरीले जनाएको छ । बोलेरो चालक मन्थली नगरपालिका वडा नं ७ मुगीटार बस्ने ३६ वर्षीय अरुण माझीलाई प्रहरीले नियन्त्रण लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
घाइतेहरूकोे विवरण खुल्न बाँकी रहेको छ ।
खाँडादेवी गाउँपालिका क्षेत्रमा पछिल्लो समय सडक दुर्घटना बढेको छ । नयाँ वर्ष २०८१ को पहिलो दिन १ गते पनि खाँडादेवी मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको गाडी दुर्घटना हुँदा १० जना घाइते भएका थिए ।
त्यस्तै, केही दिन अघि खाँडादेवी हुँदै काठमाडौँ जाने (खाँडादेवी–सित्खा सडक मार्ग) क्रममा मोटरसाइकल दुर्घटनामा एक युवाको घटना स्थलमै ज्यान गएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button