ईलेक्ट्रिक भ्यान दुर्घटना हुँदा ६ जना घाइते

रामेछाप । मन्थलीबाट काठमाडौँ जाँदै गरेको ईलेक्ट्रिक भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बा.प्र. ०३–००१ ज ५२५ नं. को ईलेक्ट्रिक भ्यान अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खस्दा ६ जना घाइते भएका हुन् ।
शनिवार दिउँसो २ बजेको समयमा काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका– ११, बिपी राजमार्ग अन्तर्गत पात्लेखेतमा दुर्घटना भएको थियो । दुर्घटनामा परी रामेछाप जिल्ला मन्थली नगरपालिका– ८ बस्ने श्रवण कुमार माझी, निजको श्रीमती शर्मिला माझी, निजको छोरी सोडिमा माझी, सोही स्थान बस्ने मनीषा माझी, निजको भाइ आशिष माझी र सोही स्थान घर भई हाल काभ्रेपलान्चोक बनेपा न.पा. ७ गोदामचोक बस्ने सचिता गिरी घाइते भएका हुन् ।
घाइतेहरूको उपचार धुलिखेल अस्पतालमा भई रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । रामेछाप रामेछाप नगरपालिका–५ बस्ने चालक मीन बहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button