नेकपा एमाले रामेछापको अध्यक्षका लागि दुई जनाको उम्मेद्वारी

रामेछाप । एमाले रामेछापको नवौ जिल्ला अधिवेशनको दोस्रो दिन बिहिबार उमेद्वारी दर्ता सम्पन्न भएको छ । अध्यक्षका लागि पुरुषोत्तम कडरिया र प्रेम बहादुर तामाङले उमेद्वारी दिएका छन् ।
उपाध्यक्षमा होतराज ढकाल, ज्ञान बहादुर खड्का , ध्रुवकुमार कार्की र रमेश कुमार वाग्लेको उमेद्वारी परेको छ । त्यस्तै सचिवमा वर्तमान उपसचिव प्रकाश कुमार कार्की र रामबाबु घिमिरे, उप सचिवमा राजेन्द्र कुमार कार्की, दिनेश सुवेदी, मिलन कुमार घिसिङ, दिपक कार्की, जय गुरुङ र महिला उप सचिवमा मखमलि श्रेष्ठ, अनिता तामाङ राई, मन्जु माया कार्की र कमला शर्मा क्षेत्रीको उमेद्वारी परेको छ ।
एमालेको विधान अनुसार अध्यक्ष, उपाध्यक्ष, सचिव १ जना, उप–सचिव २ जना मध्ये एक जना महिला अनिवार्य सहित ५ जना पदाधिकारी गरि ९० जनाको जिल्ला कमिटी हुने व्यवस्था छ ।
एमाले रामेछापका नवौ जिल्ला अधिवेशन बुधबार पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले उद्घाटन गर्दै सुरु गरिएको हो । निर्वाचन समितिले बिहिबार राति ११ बजे अन्तीम नामावली प्रकाशन गर्ने कार्यक्रम छ। भोली (शुक्रवार) बिहान ८ बजे बाट निर्वाचन प्रक्रिया सुरु हुने जिल्ला निर्वाचन कमिटीका अध्यक्ष नवराज पथिकले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button