मन्थली अस्पतालमा हाड जोर्नी रोगको विशेषज्ञ शिविर

रामेछाप । मन्थली अस्पतालमा सञ्चालित हाड जोर्नी रोग सम्बन्धी विशेषज्ञ चिकित्सकहरू सहितको शिविरमा ८६ जनाले सेवा लिएका छन् । मन्थली अस्पताल वैशाख २८ गते शुक्रवार (हिजो) डा.इवामुरा मेमोरियल अस्पताल भक्तपुरको विशेषज्ञ चिकित्सकहरूले सेवा दिएका थिए ।
शिविरमा हाड जोर्नी रोग विशेषज्ञ सेवाहरूः– हड्डी खिइएको, बाथ तथा युरिक एसिड बढेर हुने दुखाई, घुँडा तथा जोर्नीको दुखाई, ढाड तथा कम्मरको दुखाई, हड्डी भाँचिएको र हाड जोर्नी सम्बन्धी निदान तथा उपचार गरिएको मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट समीर क्षेत्रीले बताए ।
शिविरमा आउनेहरू मध्ये धेरैको घुँडाको हड्डी खिएको पाइएको क्षेत्रीले बताए । उनले त्यस्ता बिरामीहरूलाई धेरै भारी काम नगर्न, आफ्नो तौल घटाउन, घुँडा खुम्च्याएर धेरै नबस्न, समय समयमा अस्पताल आउन र फिजियोथेरापी गर्न सुझाएको बताएका छन् ।
अस्पतालले शिविरमा उपचारका लागी आउने बिरामी स्वास्थ्य बिमाको सेवाग्राही भए बिमाबाट औषधि उपलब्ध गराएको थियो । गुणस्तरीय सेवा दिँदै सेवाग्राहीको मन जित्दै आएको मन्थली अस्पतालले विशेषज्ञ सहितको स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button