भरुवा बन्दुक खेलाउँदा छर्राले लागी एक जना घाइते

रामेछाप । बन्दुकको छर्रा लागी एक जना घाइते भएका छन् । जिल्लाको रामेछाप नगरपालिका वडा नं. ६ च्यास्कु निवासी राम बहादुर तामाङले भरुवा बन्दुक खेलाउँदा उक्त हतियार पड्कँदा बन्दुकको छर्रा बारुदले निजको पेटमा लागी घाइते भएका थिए । उनलाई उपचारको लागि जिल्ला अस्पताल रामेछापडाँडा ल्याई सामान्य उपचार गरिएको थियो । तामाङलाई सामान्य उपचार पश्चात् थप उपचारको लागी पाटन अस्पताल काठमाण्डौमा लगिएको प्रहरीले जनाएको छ । उक्त १ नाल भरुवा बन्दुक र हतियारमा प्रयोग हुने बारुद जस्तो देखिने धुलो पदार्थ समेत प्रहरीले बरामद गरी जिल्ला प्रहरी कार्यालय रामेछाप ल्याई उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button