हराइएका दुई बालक फेला आफन्तलाई लगाईयो जिम्मा

रामेछाप । गोकुलगंगा गा.पा.६ फर्पुका बस्ने दुई बालकलाई प्रहरीले आफन्तलाई जिम्मा लगाएको छ । आज बुधबार नै सम्पर्क बिहिन आकाश तामाङ र राजकुमार तामाङ आफुखुसी घरबाट हिडी सम्पर्क बिहिन भएका थिए । जिल्ला प्रहरी कार्यालय रामेछापलाई खोजतलास गरी पाउँ भनी अभिवाकले दिएको निवेदनका आधारमा खोजतलास गर्ने क्रममा आज बुधबार दिउँसोनै मन्थली बजारमा हिडिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो । निज बालकहरुलाई आज नै कार्यालयबाट आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।